समयमै उपचार गरे क्यान्सर सामान्य रोग जस्तै हो भन्ने उदाहरण बनेकी बबि शाक्यलाई नेपाल क्यान्सर सहयोग समूहले शुक्रबार एक कार्यक्रमकावीच अभिनन्दन गरेको छ । क्यान्सर सरभाइबरहरूको उपस्थितिमा ललितपुरको नेपाल क्यान्सर हस्पिटल एण्ड सिसर्च सेन्टर प्रालीकोमा कार्यक्रममा शाक्यलाई सम्मान गरिएको हो ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोग समूहहरु द्वारा संयुक्तरुपमा आयोजित कार्यक्रम क्यान्सर विजेताहरुले आफ्ना अनुभव साथीहरुमाझ साटासाट गर्दै मनाए ।
कार्यक्रममा २५ बर्षदेखि क्यान्सर सँग लडदै बिजयी गर्नुहुने बबी शाक्य लाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक स्वरूपा श्रेष्ठले अभिनन्दन गर्नुभएको हो ।
बबी शाक्य भन्छिन " समयमै उपचार गरे क्यान्सर सामान्य रोग जस्तै हो । त्यती बेला छोरा छोरी ले एस एल सि दिएको हेर्ने उनको चाहाना थियो तर अहिले छोरा छोरी मास्टर गर्दै छन "। आफ्नो जिबन लाई बोनस मा पाएकोले यो सबै देखेको बताइन ।
आत्माबल बलियो बनाउन सकेमा क्यान्सरमात्र नभई जस्तोसुकै जटिल रोगलाई पनि जित्न सकिने शाक्यले बताइन । शाक्यले उपचारको क्रममा साथ र सहयोग गर्ने डाक्टर र् अस्पताल कर्मचारीहरुलाई लाई बिशेष रुपले धन्यबात गरिन ।
सोही क्रममा अस्पतालकी निर्देशक स्वरूपा श्रेष्ठले क्यान्सर विजेताहरु लाई शुभकामना दिदै आगामी दिनमा पनि उहाजस्तै थप क्यान्सर बिरामीलाई साथ र् सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन । नेपाली को उपचार नेपाल मै सम्भवछ भन्दै नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको वहाँले कार्यक्रममा बताइन ।
कार्यक्रममा हस्पिटलका कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले क्यान्सरपछि पनि जीवन छ भनेर प्रेरणा लिन बबि शाक्य उदाहरणीय पात्र भएको भन्दै समयमै क्यान्सर रोगको पहिचान र उपचार भए क्यान्सर रोगबाट छुटकरा पाउन सकिने धारणा राख्नुभयो । कार्यक्रममा हस्पिटललका मेडिकल डाइरेक्टर डा. विजेशराज घिमिरेले समयमै पहिचान भए क्यान्सर रोगको निदान सम्भव भएकाले निश्चित उमेर पुगेपछि बेलामा बेलामा क्यान्सर रोगको परिक्षण गराउनुपर्ने बताउनुभयो ।