काठमाडौं - आइरन मानव शरीरका लागि आवश्यक मिनीरल्स हो । यो शरिरीक विकासको लागि आवश्यक हुन्छ । आइरनको कमीले शरीरमा रक्तअल्पताको समस्यालाई निम्त्याउन सक्छ । मुख्यतया यस्ता मानिसहरुमा आइरनको कमी हुन सक्छ ।
गर्भवति महिला ,
शिशु र बालबालिका ,
लगातार रक्तदान गर्ने व्यक्ति ,
क्यान्सर भएका व्यक्ति ,
जठरांत्रिय विकार भएका व्यक्ति , वा जठरांत्रिय चिरफार गरेको व्यक्ति ,
हृद्यघात भएका व्यक्ति ,
कलेजो र मृगौलाको धेरै पुरानो रोग भएका व्यक्ति,
हामीले खाने दैनिक आहारमा यस्ता खानेकुराहरु समावेश गर्दा उच्च आइरन पाउन सकिन्छ ।
उच्च आइरन पाइने खाने कुराः
चामल, आइरन भएको पाउरोटी, रोटी
कलोजो ,
दाल , सीमी, राजमा र मटर
फर्सि ,
तील ,
स्क्वासको विउ ,
तोफु,
हरिसागपात , ब्रोकोली , आलु,
रातो मासु ,
माछा ,
सुकेका फल जस्तै आरु , सुकेको बयर , किसमीस