- रगेश कर्ण
काठमाडौं - टाउको दुखाई धेरैजसो मानिसमा हुने समस्या हो । करीब ७० प्रतिशत मानिसलाई आफ्नो जिवनकालमा कुनै न कुनै समय टाउको दुखेको महशुस हुने गर्दछ ।
टाउको दुखाई अती सामान्य कारण देखि कुनै घातक कारणले पनि हुने गर्दछ । अति सामान्य कारण रुघाखोकि, ज्वरो, पिनास, coffee wideral headed, Alcohol wideral headed कारण टाउको दुख्ने गर्छ ।
टाउको दुखाई बारम्बार दोहोरीरहन्छ । टाउको दुखेकै कारण अन्य व्यक्तिसँग बोल्न मन लाग्दैन जसका कारण डिप्रेशन र एन्जाइटि उत्पन्न गराउँछ । भने त्यस्तो अवस्थामा माइग्रेन, टेन्सन डाइबेटिक र क्लसर हेडिक भएको हुनसक्छ । यो कारणहरु घातक नभएपनि यसले मानिसको प्रत्यक्ष जिवनमा प्रभाव पारिरहेको हुन्छ ।
टाउको दुख्नुको घातक कारणहरु अन्तर्गत मस्तिष्कघात, ब्रने टुयमर, ब्रेन ज्वरो, मस्तिष्कको क्षयरोग पर्दछ ।
लक्षणहरु
पहिलो टाउको दुखाई अत्याधिक दख्नु
दुखाई बारम्बार दोहोरीरहनु र प्रत्येक दुखाई बढ्दै गएको महशुस हुनु
पहिलो पटक टाउको दुखाई ५० बर्ष पछि सुरु हुनु
टाउको दुखाई सँगै एक भाग नचल्ने वा झमझम गर्नु
टाउको दुखाई सँगै ज्वरो आउने, दुब्लाउँदै जाने र तारन्तार वान्ता भएमा यसले घातक कारणलाई संकेतलाई गर्छ । यस्तो अवस्थामा तत्काल चिकित्सकको परामर्श लिनुपर्छ ।
समस्या पत्ता लगाउने तरिका
सामान्यतय लक्षणको बिश्लेषण, व्यक्तिको बिस्तृत परिक्षण, टाउकोको एम.आर.आई, सिटिस्क्यान र रगतको परिक्षण गरी समस्या पत्ता लगाउन सकिन्छ ।
उपचार
टाउको सामान्य कारणले दुखेको छ भने घरमा नै आराम गर्ने, टाउको दुखाई कम गर्ने औषधिको सेवन गरेर दुखाई कम गर्न सकिन्छ ।
अन्य अवस्थामा चिकित्सकको परामर्श अति आवश्यक हुन्छ ।
माइग्रनेको समस्या भएमा औषधि सेवन गर्नुका साथै जिवनशैली र खानपान बदल्नुपर्ने हुन्छ ।
घातक कारण भएमा तत्काल चिकित्सकसँग परामर्श लिनुपर्छ ।
केहि बिशेष परिस्थीतिमा मात्र शल्यक्रिया गरिन्छ ।
बच्ने उपाय
माइग्रेन भएमा, शंका लागेमा वा अन्य रोग लागेमा जिवनशैली र खानपान बदल्नाले यसलाई केहि हदसम्म नियन्त्रण गर्न सकिन्छ ।
जिवनशैली परिवर्तन अन्तर्गत अनिन्द्रा बस्नु हुदैन, समयमा सुत्नुपर्छ ।
चर्को घाम, धेरै आवाज आउने ठाउँ, भिडभाड, अत्याधिक तनाव र वादविवादबाट टाढा बस्नुपर्छ ।
नशारोग बिशेषज्ञ डा. कर्ण बसुन्धरास्थित न्युरो क्लिनीकमा कार्यरत छन् ।