खानामा अत्याधिक मात्रामा चिल्लो पदार्थको प्रयोग तथा शारीरिक तथा मानसिक व्यायाम कमीका कारण मोटोपनाको समस्या दिनप्रतिदिन विकराल बनिरहेको छ ।
मोटोपना मानवीय व्यवहारका कारण सिर्जित उपहार हो । यस्ता खानेकुराले मोटाबोलिजमलाई बढाएर शरिरबाट बोसो निकाल्न हर्मोनलाई अत्यधिक सक्रिय गराउँछ । बोसो जमेको ठूलो भुँडीले केवल तपाइँको छविमा आँच पूराउने मात्र हैन विभिन्न खाले स्वास्थ्य समस्याको जोखिम समेत बढाउँछ । वास्तवमा बोसो थुप्रिँदै जाँदा पेट बढ्न थाल्छ । त्यसैले पेटमा जमेको बोसो तथा बढेको भुँडी घटाउनतर्फ लाग्नैपर्छ । मोटोपन घटाउने घरेलु उपाय निम्न छन् ।
१. कागती पानी
दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ । यसले पेटको बोसो घटाउने मात्र होइन पाचन क्रिया पनि नियमित गर्छ ।
२. खैरो चामलको भात
यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने बढि सेतो चामलको भात खाने बानी त्याग्नुहोस् । यसका अलावा आफ्नो खानामा गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार, मकैको च्याँख्लाको भात, ब्राउन राइस, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् ।
३. गुलियोबाट टाढा
यदि तपाईं मोटोपन कम होस् भन्ने चाहनुहुन्छ भने चिनिजन्य परिकार मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।
४. पानी धेरै पिउने
मोटोपन काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । एकैचोटी धेरै पानी पिने र लामो समय पानी नपिउने नगरि नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।
५. काँचो लसुन
बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको २(३ पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले मोटोपन घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।
६. मांसाहारी भोजनबाट टाढा
मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।
७. धेरै सागसब्जी र फलफूल खाने (शाकाहारी जीवनशैली)
शाकाहारी जीवनशैली अपनाउनुहोस् । खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ । हरेक विहान तथा बेलुकी फलफूल खाने गर्नुहोस् । यसले भोक कम गर्ने मात्र नभै सरीरमा आवश्यक एन्टीअक्सिडेन्ट, भिटामिन तथा लवणको आपूर्ति गर्दछ ।
८. खानामा तौल बढाउने खालका मसलाको प्रयोग नगर्ने
खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।
९. बदामको प्रयोग
बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।
१०. शारारिक ब्यायाम
दैनिक शारारिक ब्यायाम गरेर शरिरको बोसो घटाएर मोटोपन कम गर्नुहोस ।