-समुद्धाके.सी.
काठमाडौं- "बदलिदो बिश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य " भन्ने मुल नाराको साथ आज २३ औं विश्व मानसिक स्वास्थ्य दिवस देशभर बिभिन्न कार्यक्रम गरेर मनाईएको छ । यसै बिचै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पनि विश्व मानसिक स्वास्थ्य दिवस मनाएको छ ।
उक्त्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा स्वास्थ्य तथा राज्य मन्त्री सुरेन्द्र कुमार यादवको सहभागिता रहेको थियो भने विभिन्न सरकारी तथा गैरसरकारी संस्था तथा मानसिक रोग विषशेज्ञ डाक्टरहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. बासुदेब कार्कीले प्रत्येक चार जना व्यक्ति मध्ये एक जनालाई मानसिक रोग भएको रआउदा दिनहरुमा बिभिन्न चेतनामुलक कार्य गरी २०२० सम्म नेपालमा रहेको मानसिक रोगलाई जराबाटै निउनिकरण गर्ने बताएका छन् । ९० प्रतिशत भन्दा बढि आत्महत्या गर्ने व्यक्ति मानसिक रोगि रहेको बताए ।
आखिर के हो त मानसिक स्वास्थ्य ?
मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको , त्यस्तो अवस्थालाई जनाउँछ , जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न , जीवनका सामान्य तनावको सामना गर्न , उत्पानदशील एवं प्रभावकारी तरिकाले काम गर्न र पविार तथा समुदायमा योगदान दिन सक्षम हुन्छ ।
मनोसामाजिक , आर्थिक , जैविक , बातावरयीय आदि कारणहरुबाट व्क्तिको मनका भावना , बीचार वा सोचाईहरुमा आउने बिचलनले गर्दा मानिसमा देखिने भावनात्मक , संवेगात्मक , सामाजिक तथा व्यवहार परिवर्तनलाई मानसिक स्वास्थ्य समस्या भनिन्छ ।
मानसिक स्वास्थ्य समस्याले व्यक्तिको भावना सोचाई र व्यवहारमा परिवर्तन आउँछ र जसका कारण व्यक्तिको दैनिक क्रियाकलाप व्यबहार तथा सम्वन्धमा असर पुग्दछ । यस्तो समस्या जुनसुकै लिङ्ग तथा उमेर समूहलाई पनि हुन सक्छ ।
मानसिक स्वास्थ्य समस्या हुदा के के लक्षण देखिन्छन् ?
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुमा भावनात्मक लक्षणहरु जस्तै: दुःखी महसुस गर्ने , धेरै डराउने , बिना कारण उदास हुने ,स्मरण शक्तिमा कमि आउने , चिन्ता लागिरहनु , शरीरिक लक्षणहरु जस्तै: अत्याधिक थकान महसुस हुनु , दुब्लाउदै जाने, शिथिल तथा कमजोर हुने , निद्रा गडबडि , खानामा रुचि घट्ने , लगायत व्यवहारिक समस्या जस्तै: शंका गर्ने बर्बराउने , आफनो स्वास्थ्य प्रति बेवास्ता गर्ने रिसाउने ,आक्रामक हुने र समाजलाई मान्य नहुने व्याबहारहरु गर्ने लगायतका लक्षणहरु देखाएका हुन्छन् ।
अस्पताल तथा स्वास्थ्यचोकीमा उपचारको लागि आउने बिरामी मध्ये करिब २०-२५ प्रतिशत सम्मले केहि मानसिक या व्यबहारजन्य समस्यालाई प्राय अन्यक शारिरक समस्या सँग जोडेर देखाउने गरेका छन् । बेवारिसे बालबालिका , महिला जेष्ट नागरिक , लागूओषध दुव्र्यसनमा परेका , बिविध खालको र्दुव्यवहार र विभेदमा परेका वइक्ति , द्धन्दबाट प्रभाबितहरु मानसिक स्वास्थ्य समस्यको बढि जोखिममा रहेको पाईएको छ ।
नेपालको पछिल्लो राष्ट्रिय जनगणना वि .सं २०६८ अनुसार १६ देखि ४० वर्ष उमेर समुहका व्यक्तिहरु ४० प्रतिशत रहेको छन् । नेपालमा लगभग कति युवाहरु मानसिक स्वास्य समस्याबाट प्रभावित छन् । युवा अवस्था त्यसमा पनि १४ देखि २८ वर्ष जीवनको महत्वपूर्ण समय हो जुनबेलाउनिहरु आफनो छुट्ै पहिचान स्थापित गर्ने,भविष्य निमार्णमा जुटेन लागि परिरहेका हुन्छन् ।