काठमाडौं- कुनै पनि भुण्रलाई जन्मनु अघि नै अन्त्य गर्ने प्रक्रियालाई गर्भपतन भनिन्छ । सामान्यतय गर्भपतन शरीरको फिजियोलोजिकल कारण र मानव सिर्जित दुई तरिकाले हुन्छ ।
गर्भवती भएको २० हप्तासम्म केहि सामाग्रीको प्रयोग बिना नै पाठेघरबाट भुण्र खेर जानुलाई शरीरको फिजियोलोजिकल गर्भपात भन्ने गरिन्छ । भने हाल मानव सिर्जित गर्भपतन पनि अत्याधिक मात्रामा हुने गर्छ । मानव सिर्जित गर्भपतन विभिन्न मेडिकल औजार र औषधिको प्रयोग गरेर महिलाको स्विकृतीमा पनि गर्ने गरिन्छ ।
आफै गर्भ खेर जाने समस्या विभिन्न कारणले हुने गर्दछ । केहि अवस्थामा भने गर्भपतन के कारणले भइरहेको छ थाहा पाउन गाह्रो हुन्छ । यो समस्या केहि हाल धेरै दम्पतीहरुले भोग्दै आइरहेका छन् । सामान्यतय कुनै औषधिको प्रयोग नगरी आफै गर्भ खेर जाने केहि कारणहरु यस प्रकार रहेका छन् ।
क्रोमोजोमहरुको खराबी (बिकृती)
पाठेघर इन्फेक्सन
पाठेघरको आकारमा समस्या
गर्भपतन सम्बन्धि कानुनी व्यवस्था
नेपालमा गर्भपतन सेवालाई कानुनी रुपमा मान्यता दिँदै स्वीकृतिप्राप्त स्वास्थ्य संस्थाबाट निः शुल्क रुपमा यो सेवा प्रदान गर्ने सकिन्छ। नेपालमा सन् २००२ बाट सीमित अवस्थामा गर्भपतनलाई कानुनी मान्यता प्रदान गरिएको हो ।
जस अनुसार महिलाको मन्जुरीमा १२ हप्ता सम्मको गर्भ, जबरजस्ती करणी र हाडनाता करणीबाट रहन गएको १८ हप्ता सम्मको गर्भ र गर्भपतन नगराएमा गर्भको कारणले महिलालाई शारिरीक तथा मानसिक रुपमा असर पर्ने भएमा र विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा योग्य चिकित्सकको रायले जुनसुकै अवधिको गर्भ गर्भपतन गर्न पाईने व्यवस्था छ ।
कस्तो अवस्थामा गर्भपतन गरे सजाय
गर्भवतीको इच्छा वा मञ्जुरीबिना डर त्रास देखाएर गर्भपतन गराएमा
गर्भपतन गर्न कानुनले तोकेको अवधि र अवस्था बाहेक अन्य अवस्थामा
भ्रुणको लिङ्ग पहिचान गरी लिङ्गको आधारमा
सुरक्षित गर्भपतन नै किन ?
सकेसम्म गर्भपतन गर्नुपर्ने अवस्था आउन दिनुहुदैँन । यसका लागी परिवार नियोजनका साधनका बारेमा सचेतना दिनु पर्छ । विभिन्न कारणबस अनिच्छुक गर्भ रहेका सुरक्षित गर्भपतन सेवा लिनु पर्छ ।
सुरक्षित गर्भपतन भन्नाले स्वीकृति प्राप्त स्वास्थ्य संस्था र तालिमप्राप्त स्वास्थ्यकर्मीद्धारा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । सुरक्षित गर्भपतन औषधि र विभिन्न औजारको प्रयोग गरी दुई तरिकाले गरिन्छ । गर्भ रहेको ९ हप्तासम्म औषधिको प्रयोगद्धारा गर्भपतन गर्न सकिन्छ भने गर्भ रहेको १२ हप्ता सम्म औजारको प्रयोगले गर्भपतन गर्न सकिन्छ ।
असुरक्षित गर्भपतनका परिमाण जटिल हुन्छन् । जथाभाबि रुपमा फार्मेसीमा गएर औषधि किनेर खाने, गर्भपतन गराउनका लागी अन्य जोखिमयुक्त उपायहरु अपनाउनु हुदैन ।
गर्भवती महिलाले गर्भावस्थाको पहिलो तिन महिनामा बिशेष ध्यान दिनुपर्ने हुन्छ । यो समयमा गर्भपात हुने सम्भाबना अत्याधिक हुन्छ । गर्भपतन हुन नदिन गर्भ परिक्षण गर्नु महत्वपुर्ण हुन्छ ।
(बिराट मेडिकल कलेजमा कार्यररत स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जीवनाथ धमलासँगको कुराकानीमा आधारित)