-डा. किरण पौडेल
काठमाडौं- शिशुको जन्म भयो तर माताको मृत्यु भयो,आमा गम्भिर रोगबाट ग्रसित भएमा, दुध नआएकोमा वा विकृत आएकोमा हाम्रो समाजमा धाई आमाको ब्यवस्था गरेर शिशुलाई दुध सेवन गराएको पनि सुन्न सकिन्छ । यो सबै भन्दा उत्तम व्यवस्था हो। यदि धाईआमाको पनि व्यवस्था हुन नसकेमा गाईको, भैसिको वा बाख्रीको दुध सेवन गराउन सकिन्छ, यो प्याकेटको पाउडर दुध भन्दा अति हितकर हुन्छ ।
बालबालिकाहरुको एक वर्ष आयु हुँदा खिचडी, हलुवा, दुध, साधा उमालेको चामल, मूंगको दाल, दुधमा भिजाएको गहुँको रोटी खानाको रुपमा दिनु हितकार हुन्छ । आलु, लौका, परवल, पालुंगो जस्ता सहजै पच्ने सब्जीहरु, केरा, आँप, मेवा, जस्ता फलफुलहरु खान दिनु पथ्य हुन्छ ।
बालबालिकालाई पोषक लिटो जस्तै पुरानो चामल, गहुँ, जौ भुटेर दुध, घिउ तथा थोरै नुन राखेर लिटो बनाई खान दिनुपर्दछ। यो पुष्टिबर्धक, सहजै पच्ने र बालबालिकाहरुको लागि अत्यन्तै हितकर हुन्छ । हाल उपलब्ध सर्वोत्तम लिटो बालबालिकाहरुको लागि लाभकर हुन्छ । सरकारद्वारा विद्यालयमा बालबालिकाहरूको लागि उपलब्ध गराईएको लिटो, पत्रु खानाको अगाडि अमृत समान हुन्छ ।
पाउडर दुधमा जिवन शुरु गरेका शिशुहरु बढ्ना साथ दोस्रो तहको पत्रु आहारको शिकार हुन्छन् । घरबाहिर सहजै उपलब्ध चाउचाउ, चाउमिन, मस्म, पिज्जा, कोकाकोला, फोन्टा, स्प्राईट, ईनजि ड्रिंसहरु, बर्गर, दालमोठ, केक जस्ता पत्रु खानपिन बालबालिकाहरुको स्वास्थ्य प्रत्यक्ष हानि गर्ने खानपिनहरु हुन् ।
यस्ता पत्रु आहारमा पोषण तत्वको मात्रा शुन्य, बोशिय तत्व, नुनको मात्रा, चिनिको मात्रा, अमिलोपनको मात्रा अधिक हुन्छ । यस्ता आहारहरु बजारमा रेसादार पदार्थ छ, प्रोटिन छ, लौहत्वको मात्रा छ भन्दै गलत प्रचार गरेर बेच्दछन ।
अबोध बालबालिकालाई यस्ता पत्रु आहार हितकर हुदैन भनेर थाहा पाउदा कोशेली जसरी लैजाने आफन्तजन, मान्यजनहरुको सोचविचार पनि पत्रु नै हो ।
नेपालमा बालबालिकाहरु र युवावस्थाका मानिसहरुले खानपिन अध्ययन गर्दा तथ्यांकमा लगभग ६५ बालिका, युवतिहरुले पत्रु खाना खाने गरेका र बालक, युवाहरुका ४७५ ले यस खाजा वा खाना खाने गरेका तथा एक दिनको अन्तरमा एक छाक खाना कै रुपमा पत्रु खाना खाने गरेको तथ्यांकले देखाउँछ ।
यस्ता खाना खानु हुदैन भन्ने सोचहरु यो वर्गमा आई सकेको हुने पनि तथ्यांकले देखाउछ। थाहा हुदाँ हुदै पनि मनोरञ्जनका लागि, खाजाका लागि, खाना नै यसलाई बनाएका यो वर्गको सोच नै पत्रु हो भने ब्यपारको लागि, प्रचारको लागि र करको लागि यस्ता खानपिनमा प्रोत्साहन गर्ने व्यापारी, प्रचारक, उद्योगपति र सरकार समेत पत्रु हो ।
अध्ययन अनुसन्धानको अनुसार पत्रु आहार सेवनले बालबालिका तथा युवा वर्गहरुलाई ठूलो क्षति गर्ने देखाउँछ । यसले मोटापा बढाउने, सोच्ने र पढ्ने क्षमता पूर्णरूपमा घटाउने, मानसिक अवसाद गराउने, पाचन शक्तिको क्षय गर्ने, प्रजनन शक्तिमा पूर्ण हानि गर्ने, शरीरको वृद्धि र विकासमा बाधक हुन्छ ।
अधिक अमिलो, पिरो, नुनिलो मिस्रित आहार सेवनले प्रत्यक्ष रुपमा महिला तथा पुरुषको प्रजनन स्वास्थ्यलाई हानि गर्दछ । महिलाहरुमा बन्ध्यत्वको समस्या दिनानु दिन बढ्दो छ भने पुरुषमा पुंस्त्वको समस्याले विकराल रुप लिदैछ ।
विश्वमा बिवाहित दम्पतिहरु मध्ये ८.१२ प्रतिशत बन्ध्यत्वको शिकार हुने गरेका छन् भने नेपालमा १३.१५ प्रतिशत बिवाहित दम्पतीहरुमा बन्ध्यत्वको समस्या पाईन्छ ।
दश बिवाहित जोडीहरु मध्य कमसेकम एकलाई बन्धयत्वको समस्या हुन्छ र यो बढ्दो क्रममा छ । पत्रु आहार सेवन गर्ने महिला, पुरुषमा यस्ता आहार कम सेवन गर्ने वा नगर्ने भन्दा अधिक बन्ध्यत्व पाईन्छ ।
अध्ययन अनुसार ८ प्रतिशत महिलाहरुमा बन्ध्यत्वको समस्या पत्रु आहार सेवन नगर्दा पनि देखिएको र १६ प्रतिशत महिलामा हप्तामा कम्तिमा पनि चार पटक पत्रु खाना९खाजा खाएकोमा बन्ध्यत्वको समस्या यस्ता आहारले गर्दा बढेको देखिन्छ । पुरुषमा पुंस्त्वको समस्यामा पत्रु आहार सेवन नगरेतापनि १७ प्रतिशत मा तथा पत्रु आहार सेवन गर्नेहरुमा ५३ प्रतिशत मा पुंस्त्वको समस्या देखिएको छ ।
उमेर बढेसँगै दिर्घकालिन रोगहरु, शोकहरु, मानसिक तनावहरु, बसोवासको अव्यवस्थिति, पथ्य र हितकारी आहारको सेवनको अभाव, पत्रु आहारहरु जिवनको पहिलो कालखण्ड देखि निरन्तर सेवन तथा शारीरिक अन्य कारणहरुले बाझोपनको समस्या बढाउदै छ ।
शिशुको जन्म देखि राम्रो आहार सेवन, पोषिलो हितकारी आहारको सेवन, बाल्यकालमा घरमा तयार भएका मौसम अनुसारका खाजा खाना, युवावस्थामा पत्रु आहारहरुको कम सेवन वा सेवन नै नगरेमा बिवाह पश्चातको जिवन सन्तति युक्त तथा दिर्घायु हुन्छ ।
तसर्थ, शिशु जन्मे पश्चात् उसलाई आमाको दुध खुवाउदै हुर्काउने, बालबालिकाहरुलाई अन्न खाने समयमा पोषिलो घरमा तयार गरिएको मौसम अनुसारको खाजा९खानाको व्यवस्था गर्ने, युवावस्थामा सकेसम्म युवा युवतिहरुले घरमा तयार भएको खाना खाने, राम्रो सफा निवासमा बस्ने, मनलाई शान्त गराउने गरेमा बैवाहिक जिवन र सो पश्चातको जिवन दिर्घायुमय बनाउन सकिनेछ ।
(डा किरण पौडेल राष्ट्रिय आयुर्वेद संस्थान जयपुरमा कार्यरत छन् । )