- मिस नर्स रेश्मा प्रसाई
काठमाडौं- नर्स विनाको अस्पतालको परिकल्पना गर्न सकिदैँन । नर्सलाई बिरामीसँग अस्पतालभित्र मात्र सिमीत रहने पेशाको रुपमा हेरिन्छ । मलाई नर्सका साथै अलि फरक व्यक्तित्वका रुपमा पनि उदाउनु थियो । नर्सिंङ पेशासँग सम्बन्धित मिस नेपाल पिस, २०१९ आयोजना हुन लागेको जानकारी पाएँ । मेरो सोंच पनि मिल्न पुग्यो र सहभागी बने ।
यस प्रतियोगितामा म अध्ययनरत चावहिलस्थित ओम हेल्थ कलेजको अघिल्लो व्याचका विद्यार्थी पनि सहभागी थिए । त्यसबाट पनि प्रेरणा मिलेको थियो । प्रतियोगितामा सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण प्रदान गरिने हुदाँ आफुमा भएको कमि कमजोरीलाई निर्खानका लागी सहभागिता जनाए । आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहे अन्त्यमा उपाधि जित्न सफल भए । प्रतियोगीतामा सहभागी हुदाँ स्तन क्यान्सर सचेतना कार्यक्रमहरु गरिएको थियो ।
प्रतियोगीतामा सहभागी म लगायत अन्य मिस नर्सहरु भक्तपुरको केहि गाँउमा पुगेका थियौ । त्यहाँ हामिले दुई किसिमका महिलाहरु भेट्टायौ । एक बर्गका महिलाहरु स्तन क्यान्सरका बिषयमा कुरा गर्न पनि लजाउँथे भने अर्को बर्गको महिलाहरु स्तन क्यान्सरबारे सचेत हुन अग्रसर थिए । एक दूइ दिनको प्रयासले मात्र उनिहरुको धारण पनि परिर्वतन ल्याउँन सकिदैन ।
धेरैजसो मानिसहरु रोग लागेर नपिरोलेसम्म अस्पताल जान चाहादैनन् । क्यान्सरमा यहि नै लक्षण देखिन्छ भन्ने छैन । भने कतिपय केशहरुमा क्यान्सरको लक्षण नै देखिदैँन । स्तन क्यान्सरसँग सम्बन्धित विभिन्न जिम्मेवार निकायले यसबारे सचेतना फैलाउन जरुरी छ । त्यसपछि मात्र उनिहरुलाई आफ्नो शरीरमा आएको परिर्वतलाई क्यान्सरको लक्षण हुनसक्छ भनेर परिक्षण गराउँन सक्छन् ।
क्यान्सर सम्बन्धि सचेत गराउनको लागी स्कुल तहको पाठ्यक्रममा नै यो बिषय समाबेश गर्नुपर्छ । त्यसका साथै क्यान्सर जहाँ जसलाई जुन अंगमा पनि हुनसक्छ । त्यसैले आफुलाई केहि असहज महशुस हुने बित्तिकै अस्पताल जानुपर्ने धारणा विकास गर्नुपर्छ । आफ्नो शरीरमा नदुख्ने गाठाँहरु देखिएमा वा त्यो गाठाँ फैलिरहेको महशुस भएमा अस्पताल जानुपर्छ भन्ने सचेतना दिन सके पनि क्यान्सरको कारण हुने मृत्युमा कमी आउँन सक्छ ।
क्यान्सर लागेको कसरी पत्ता लगाउने भन्दा पनि क्यान्सर लाग्न नदिन अपनाउपर्ने सावधानीबारे जानकारी दिन जरुरी छ । क्यान्सरबाट बच्नका लागी आफ्नो खानपान बदल्नुपर्ने हुन्छ । क्यान्सरबाट बच्न डढेको खानेकुरा, आगोमा पोलेको, मैदा, केमिकल्स हालेर बनाएको दुध, चिनि, नुनलाई सकेसम्म बहिष्कार गर्नुपर्छ । स्तन क्यान्सरबाट बच्न हरेक महिना स्तन आत्म परीक्षण गनुपर्छ । स्तन आत्म परीक्षण महिनावारी भएको पाचौँ दिनदेखि ७ औ दिनसम्म गर्न सकिन्छ । महिनावारी सुकेको महिलाहरुले हरेक महिनाको एकैदिनमा आफैले घरमा स्तन आत्म परीक्षण गर्न सकिन्छ । त्यसको लागी स्तन आत्म परीक्षणको तरीका सिक्नुपर्छ ।
स्तन आत्म परीक्षण गर्दा केहि गाठाँ भेटियो, एक स्तन भन्दा अर्को स्तन ठुलो छ, रातो सुनिएको, निम्पलबाट रगत आइरहेको छ यदि कोहि व्यक्तिको स्तनमा यस्तो परिर्वतन आएमा त्यसलाई स्तन क्यान्सरको लक्षण मान्न सकिन्छ । ‘‘मिस नेपाल पिस–२०२०’ ९मिस नर्स० को सातौँ संस्करणको अन्तिम प्रतिस्पर्धा चैत २२ गते हुने भएको छ ।
मिस नर्स नेक्स्ट मोडल्स नेपालको आयोजनामा हुने प्रतियोगितामा नर्सिङ पेशामा आबद्ध तथा नर्सिङ अध्ययनरतले भाग लिने गरेका छन्। ‘‘मिस नेपाल पिस–२०२०’ को मुख्य नारा ‘प्रोटिन फर अल’ अर्थात् सबैका लागि पोषण रहेको छ । यस प्रतियोगितामा पनि सहभागी भएर समाजमा योगदान दिन सबैमा हार्दिक आग्रह गर्दछु ।