काठमाडौं - सामान्यतया दम जुनसुकै मौसममा पनि लाग्न सक्छ तर विशेषत जाडो मौसममा दमका बिरामीहरुलाई बढि च्यापेको पाईन्छ । जाडो मौसममा दमका लक्षणहरु बढि मात्रामा देखिन्नछन् कसरी यो मौसममा सचेत हुने त ? कस्तो कस्तो अवस्थामा चिकित्स कहाँ जाने ? यी नै जिज्ञासाहरुलाई भेटाउनका लागि महिला स्वास्थ्य संवाददाता समृद्धा के.सीले वीर अस्पतालका छातीरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठसँग कुराकानी गरेकी छन्।
१.सामान्य भाषामा दमलाई कसरी बुझ्न सकिन्छ ?
सामान्य भाषामा कुनैपनि कारणले सास फेर्न गाह्रो हुनु वा स्वाँ स्वाँ हुनुलाई दम भनिन्छ । हामी नसलाई दम रोगी भनेर बुझ्छौं उनिहरुलाई सि.ओ.पी.डी वा ब्रोन्कंल आस्थामाको कारणले पनि दम बढेको हुन सक्छ । छातीमा संक्रमण, निमोनियाले पनि श्वास र्फेन अप्ठ्यारो भएको हुन सक्छ ।
कसैको मुटु कमजोर छ वा हाट फेल भएमा पनि स्वाँ-स्वाँ हुन सक्छ । रक्तअल्पत्ता वा शरिरमा रक्तको (एनिमिया) कमी भएमा पनि स्वाँ-स्वाँ हुन सक्छ । सामान्य भाषामा सास फेर्न अप्ठ्यारो हुनुलाई दम भनिन्छ । दम भनेको एउटा रोग हैन यो एउटा लक्षण हो ।
२. चिसो मौसममा दम बढ्नुको कारण के हो ?
विभिन्न प्रकारका वायु प्रदुषण जाडोमा बढ्ने हुँदा दमको प्रकोप बढी देखिने गरेको पाइएको छ । चिसोयाममा दमका बिरामीको लक्षणहरु बढ्ने गर्छन् । यसका दुई तीन वटा कारणहरु छन् । सबै भन्दा महत्वपूर्ण कुरा भनेको जाडोयाममा बायु प्रदुषण एकदमै धेरै हुन्छ । वायुप्रदुषण भन्ने वित्तिकै बाह्य हावाको प्रदुषण र घर भित्रिको हावाको प्रदुषण गरी दुई भागमा विभाजन गरिन्छ । जाडो महिनामा जहिले पनि मंसिर, पौष, माघ महिना सम्ममा अत्याधिक चिसो हुन्छ । जसले गर्दा चिसो हावा जमिनमै रहन्छ हल्का भएर वायुमण्डलमा जान पाउँदैन । हावामा भएको धुलोको कणहरु बिषाक्त धुवाँ, ग्यास सबै हाम्रो वरिपरी थिग्रेर बस्छ । जसले बाह्य वातावरणलाई प्रदुषित गर्छ । बाह्य वातावरण मात्र नभएर घर भित्र पनि मानिसहरुले जाडोयाममा झ्याल ढोका बन्द गरेर हिटर, आगो, कोइला बाल्ने भएकाले बाह्य र भित्रि प्रदुषणले हुने भएकाले दमका बिरामीलाई अप्ठ्यारो हुन्छ ।
जाडो महिनामा केहि समयका लागि स्वाश प्रश्वास सम्बन्धि लाग्ने सिजनल भाइरस वा फ्लुहरु (इन्फ्लुएन्र्जा), सक्रिय हुन्छन् । चिसो महिनामा सुख्खा हावा बढी लाग्ने भएकाले श्वाशप्रश्वासको नलीलाई असर गर्ने भएकाले दमका रोगि मात्र नभएर सामान्य किसिमका रोगीलाई पनि जाडो महिनामा अलि बढि अप्ठ्यारो हुन्छ । जाडो महिनामा रुघाखोकि, घाटी, छाती समातेको जस्तो अनुभव नर्मल मानिसलाई पनि हुन्छ । जो पहिलाबाटै सि.ओ.पी.डी दम अथवा साधारण भाषामा एलेर्जीको दम भएका बिरामीहरुका लागि माथि उल्लेख गरे जस्तै प्रदुषण, चिसो हावा , सुख्खा मौसम र भाइरल इन्फेक्सनले दमका बिरामीलाई अलि बढि अप्ठ्यारो हुन्छ ।
३. कस्ता लक्षण देखिदा अस्पताल पुग्नु पर्छ ?
यसका लक्षणहरु सामान्य किसिमका हुन्छन् तर विशेषगरि ५-६ वटा लक्षणहरुलाई ख्याल गर्नुपर्छ ।
सास र्फेन गाह्रो हुने
सामान्य काम गर्दा पनि स्वाँ-स्वाँ हुने
छाती भारी भएमा
सुख्खा खोकि वा खोकिमा खकार देखिएमा
ज्वरो खाउँने
सास फेर्दा घ्यार-घ्यार
पहिला त्यहि लेवलको काम गर्दा स्वाँ-स्वाँ हुदैनथ्यो तर आजभोलि त्यहि काम गर्दा स्वाँ-स्वाँ हुन्छ भने त्यसलाई दम बढेको भन्न सकिन्छ । कोहि दमकै बिरामी छ त्यो पहिला एक तल्लाको भर्याङ सजिलै चढ्न सक्थ्यो तर अब त्यहि एक तल्ला चढ्दा पनि स्वाँ-स्वाँ हुन्छ पहिला नर्मल गर्ने काममा पनि अब अप्ठ्यारो हुन्छ भने दम बढ्यो भने बुझ्न सकिन्छ ।
नर्मली ४ हप्ता भन्दा बढिको खोकिलाई दिर्घकालिन रोगीहरु लाई लाग्ने गरेको भनिन्छ तर नयाँ जो भर्खरै शुरु भएको छ एक हप्ता बढि नै लागि रहेको छ भने यस्तो खोकिलाई पनि कुनै रोगको लक्षण मान्न सकिन्छ ।
४. जाडोमौसममा दमका बिरामीले के के कुरामा सावधानी अपनाउँनु पर्छ ?
दमका बिरामीले सबै भन्दा शुरुमा आफ्नो लक्षणहरु कतै बढेको त छैन् भनेर थाहा पाउँनु धेरै जरुरी छ । यदि पहिला त्यहि काम सजिलै गर्न सकिन्थ्यो भने अहिले त्यहि काम गर्न गाह्रो भएको छ, छाती भारी भएको महसुश हुन्छ, सास र्फेन अप्ठ्यारो वा छाती घ्यार घ्यार गर्न थाल्यो भने जाडोले गर्दा रोग अलि च्याप्यो भन्ने बुझ्नु पर्छ ।
यस्तो अवस्था र्सिजना भयो भने नियमित रुपमा प्रयोग गरिरहेको औषधी अझै बढि प्रयोग गर्नुपर्ने हुनसक्छ । साथै यस्तो लक्षण देखिए पछि तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्र अथवा चिकित्सकलाई देखाउँनु पर्छ ।
५.यस्ता समस्या लाग्नै नदिनका लागि के गर्ने ?
जाडो मौसममा बाह्य हावाको प्रदुषण र घर भित्रको प्रदुषण बढि हुने भएकाले यो मौसममा विशेष सावधानी अपनाउँनु पर्छ । सके सम्म जाडो महिनामा मर्निङ र इभिनिङ वाक गर्नुहुदैन् । यदि कसैलाई हिड्नै पर्ने छ भने घर भित्रै बगैंचा वा कोठमा हिड्न सकिन्छ । तर बाह्रय हावामा हिड्नु हुदैन् । चिसोबाट बाट बच्न न्यानो लुगा लगाउने, तातो झोलिलो पदार्थ पिउँने, पोषण युक्त खाने कुरा खाने, घरमा कसैलाई रुघाखोकि लागेको छ भने उसको नजिक नजाने, बाहिर हिड्नै पर्ने छ भने माक्सको प्रयोग गर्नुपर्छ । साधारण हामीले लगाउने सामान्य माक्स त्यति असरदार मानिदैन विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एननाईन्टी माक्सले ९५ प्रतिशत बाह्रय हावामा भएको दुषित किटाणुका कणलाई फिल्टर गर्ने भएकाले त्यहि माक्सको प्रयोग गर्नुपर्छ ।
६. दमको सबै भन्दा बढि प्रभावकारी उपचार विधि के हो ?
दमका बिरामीलाई ‘इन्हेलर’ विधि सबै भन्दा उत्कृष्ट मानिन्छ । इन्हेलर पछिल्लो ३ दशकदेखि प्रयोगमा आएको श्वास प्रश्वासँग सम्बन्धित रोग सि ओ पि डि दम उपचारमा प्रयोग हुने नयाँ प्रविधि हो । यो श्वास प्रश्वास सम्बन्धि समस्या भएका व्यक्तिलाई लक्षित पारि बनाइएको प्रविधि हो । इन्हेलर औषधिमा धुलोको कर्ण वा स्प्रेको रुपमा पम्पमा राखिएको हुन्छ । औषधी प्रयोग गर्दा सासले तानेर सिधै फोक्सोमा पुर्याउनुपर्छ ।
त्यसैले इन्हेलर विधिलाई श्वासप्रश्वासको उपचारका लागि सर्वोत्तम मानिएको छ । दमका बिरामीले प्रयोग गर्ने ब्रोङ्कोडाइलेटर र स्टेरोइड औषधिहरू इन्हेलरबाट दिइन्छ।
सामान्यतः इन्हेलर यन्त्र तीन प्रकारका छन् १। एमडिआई ९मिटर डोज इन्हेलर० २। डिपिआई ९ड्राइ पाउडर इन्हेलर० र ३। नेबुलाइजर ९नेबुलाइजरको प्रयोग धेरैजसो जटिल र अस्पताल भर्ना भएको अवस्थामा गरिन्छ०। एमडिआई र डिपिआई सजिलोसँग बोक्न र प्रयोग गर्न सकिने भएकाले घरमै प्रयोग गरिन्छ। मिटर डोज इन्हेलरमा औषधि ‘स्प्रे’को रुपमा राखिएको हुन्छ।
त्यस्तै ड्राइ पाउडर इन्हेलरमा औषधिको धुलो क्याप्सुलमा राखिएको हुन्छ। जुन इन्हेलर यन्त्रद्वारा लिइन्छ। यसका अलावा एमडिआईसँग श्वासको राम्रो संयोजन गर्न नसक्ने बिरामी र वृद्धावस्थाका व्यक्तिले ‘स्पेसर’ पनि सँगै प्रयोग गर्न सक्छन्।
यी यन्त्रहरुको प्रयोग ठीक तरिकाले गर्न जरुरी छ। त्यसो भएमा मात्रै यिनीहरुको प्रभावकारिता बढी हुन्छ। इन्हेलर प्रयोग गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा भनेको इन्हेलर औषधि फोक्सोको भित्री भागसम्म पुर्याउनुपर्छ। यस प्रविधिको सफलता यसैमा निर्भर हुन्छ।
’