काठमाडौं । बिहान उठ्नासाथ खाली पेटमा मनतातो पानी पिउने बानी हामीमध्ये धेरैको हुनसक्छ । तर खाली पेटमा तातो पानीमा बेसार मिलाएर खाने बानी हामीमध्ये थोरैको मात्रै हुन्छ।
अकस्मात घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा निकै राहत पुग्छ।यस्तो अवस्थामा बेसारले एउटा औषधिको काम गरेको हुन्छ।बेसनको पीठोमा बेसार र अलिकति मह मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको दागधब्बा हटेर जान्छ।बेसारले उमेर नपुग्दै आउने चाउरीपनाबाट समेत बचाउँछ।
यस्ता छन् खाली पेटमा बेसार पानी पिउनुका फाइदाहरु
१. बेसारमा करक्युमिन नामक रसाय रहेको हुन्छ। यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ।
२. बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ।
३.बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ।यसले क्यान्सर उत्पादन गर्ने कोशिकाहरुसँग लड्ने काम गर्छ।
४. बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ।
५. नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन।
६. शरीर दुखेको समयमा बेसार खाँदा यसमा रहेको करक्युमिन तत्वले दुखाइ कम गर्न ठूलो भूमिका खेल्छ।
७. नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ। यसले सयम नपुग्दै आउने चाउरीपनालाई रोक्ने काम गर्छ।
८. नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ।