काठमाडौं- हामी सबैलाई थाहा भएकै कुराहो कि निन्द्रा कति आवश्यक छ ? यदि निन्द्रा पुगेन भने शरीरको स्फुर्ति हराउँछ । दिमागले राम्ररी काम गर्दैन ।
काम गर्न मन लाग्दैन तर के यसमा मात्र अनिद्राको असर सिमित छ ? अहिलेका यो समय अर्थात कोरोनाले विश्वभर अतिक्रमण गरिरहेको अवस्थामा अनिद्रा र कोरोनाको सम्बन्ध के हुन सक्छ त ? एक पटक साचौं । अनिद्राले कोरोना भाइरस संक्रमण बढाउन मद्दत गर्छ । कसरी यो हुन सक्छ ? अनिदो बस्नाले शरीरमा हुने उथलपुथल र धेरै सोधहरुको आधारमा अनिद्राले कोरोना संक्रमण हुन सक्ने सम्भावना रहन्छ ।
निद्रा शरीरको त्यो अवस्था हो जसले शरीरमा स्फूर्ति ल्याउँछ । दिनभरीको थकान मेट्न सहयोग गर्छ । निद्राले शरीरको रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्दछ । सुतेको स्थितिमा शरीरले सेतो रक्त कोषिकाहरुलाई ट्रेनिङ्ग दिने काम गर्दछ ।
सुतेकै अवस्थामा शरीरमा का विभिन्न हर्मोनहरु जस्तै सेरेटोनिन, मेलाटोनिन, ग्रोथ हर्मोन, थाइरोइड हर्मोन आदिका उत्पादन बढि हुन्छ ।
यी सब हर्मोनहरुले शरीरको बिग्रेको, पुरानो भइसकेका भागहरुलाई मर्मत गर्ने वा नयाँ बनाउने काम गर्दछ । साथै सुतेकै अवस्थामा शरीरका विकारहरु, प्रमुख रुपमा न्युरो टक्सिंसहरु शरीरबाट बाहिर निकाल्ने काम हुन्छ । डि.एन.ए को सफाई गर्ने काम हुन्छ । विग्रेको डि.एन.ए बनाउने काम हुन्छ ।
यस्ता थुप्रै कार्यहरु हुन्छ । यदि यी कार्यहरु भएन भने हामी संक्ररात्मक रोगहरु जस्तै अहिलेको कोरोनाबाट ग्रहिस हुने सम्भावना कयौं गुना बढ्दछ ।
कम सुत्नु वा धेरै सुत्नु दुबै स्वास्थ्यको लागि हानीकारक छ ।
कम सुत्नाले भाइरस, (कोरोना भाइरस 229E , राइनो भाइरस, सिन्सितल भाइरस आदि), ब्याक्टेरीया र फन्गसबाट संक्रमण हुने सम्भावना बढ्छ । थुप्रै अनुसन्धाहरुले देखाए अनुसार कम सुत्नाले वा बढि सुत्नाले वा समयमा नसुत्नाले स्वास प्रस्वास संबन्धित संक्रमित रोगहरु रुघा, इन्फुएन्जा, निमोनिया, एलर्जि चाँडै लाग्दछ ।
निद्रा राम्रोसँग भएन भने मुटुको रोग, प्रेशरको रोग, किडनीको रोग, मोटोपन, डाइवितिज, अटोइमुन रोगहरु, दम आदि थुप्रै रोगहरु लाग्ने वा लागिसकेमा विग्रने संभावना बढि हुन्छ । त्यसैले राम्ररी सुतिएन भने कोरोना लाग्ने संभावना पनि उच्च रहन्छ ।
अहिलेको विश्वको कोरोना संकमणको तथ्यांकले पनि यो रोग रोगप्रतिरोधात्मक क्षमता कम भएका, स्वासप्रस्वासका रोगहरु, दम, मुटुको रोग, प्रेशरको रोग, किडनीको रोग, मोटोपन, डाइवितिज, अटोइमुन रोगहरु आदि भएकाहरुमा बढि देखिएको छ ।
निद्रा बिग्रेमा रोग प्रतिरोधात्मक क्षमता निक्कै कमजोर हुन्छ । तनाब अझ बढ्छ । कर्टिसोल तथा एद्रिनालिन हर्मोन बढ्छ । यो हर्मोनहरु बढ्नु भनेको सेतो रक्तकोषिकाहरुको काममा वाधा पर्नु हो । इन्फेक्सन रोगहरुसंग लड्ने क्षमता कमजोर हुनु हो । कोरोनासंग लडने सक्ने क्षमता कमजोर हुनु हो ।
निद्रा गहिरो पनि हुनु पर्दछ । निद्राको नन ¥यापिड आइ मोभमेन्ट स्थिति अति आवश्यक हुन्छ । निद्राको यो भागमा मात्र हाम्रो निद्रा गहिरो हुन्छ र गहिरो निद्रामा नै हिलिङ्ग हुन्छ । हिलिङ्ग भनेको शरीरले आफैलाई रोगहरुबाट मुक्त राख्नु हो । स्वास्थ कायम राख्नु हो । डि।एन।ए रिपेर गर्नु हो । न्यूरो टक्सिंस शरीरबाट बाहिर फाल्नु हो । इमुन सिस्टम बलियो बनाउनु हो । शरीरकासम्पूर्ण अंगहरु स्वस्थ राख्नु हो । मानसिक अवस्था राम्रो राख्नु हो ।
त्यसैले अहिलेको समय र आउने समयमा पनि समयमै, निद्रा पुग्ने गरि सुत्नु अति आवश्यक छ । निद्रा गहिरो र गुणस्तरीय बनाउन निम्न नेचुरोप्याथी तथा योगका उपयाहरु अबलम्बन गर्न सकिन्छ ।
१. प्राकृतिक नियम संगत जीवन जिउने ।
२. दैनिक बिहान वा योग अभ्यास गर्ने । सुत्नुभन्दा अगाडि योग निद्रा वा सवासनको अभ्यास गर्ने ।
३. दैनिक सुत्नुभन्दा अगाडि खुट्टाको तातो स्नान गर्ने । ठुलो बाल्टिनको आधा आफुले सहन सक्ने तातो पानी राख्ने र दुबै खुट्टा दुबाएर २० मिनेट आराम पूर्वक बस्ने । यसो गर्दा टाउकोमा चिसो पट्टी राख्नु पर्छ ।
४. टाउकोमा वा पैतला-हत्केलामा रिफेक्सोलोजिको सिद्धान्तमा आधारीत तोरीको तेलले मसाज गर्ने ।
५. रातीको खाना ७ः०० बजे खाइसक्ने । जहिले पनि राती हल्का खाना खाने । अन्न भन्दा बढि मौसम अनुसारको तरकारी खाने । ६. सुत्नुभन्दा १ घण्टा अगाडि मोबाइल र अन्य इलेक्ट्रोनिक सामान नचालउने । सुमधुर गीत सुन्ने वा परिवारसंग समय बिताउने । ७. सुत्नु अगाडि सिरानीको छेउमा एउटा भाँडामा पानी नछोपिकन राख्ने र विहान त्यो पानी फ्याक्ने ।
८. कोठामा हावा आवत जावत गर्ने व्यवस्था बनाउने ।
९. ५ मुखी रुद्राक्षको माला लगाएर पनि सुत्न सकिन्छ ।
१०. १० बजे भित्र कुनै पनि हालतमा सुत्नु पर्दछ र बिहान ६ बजे भित्र कुनै पनि हालतमा उठ्नु पर्दछ ।
(डा.रविनलाल श्रेष्ठ प्राकृतिक चिकित्सा विशेषज्ञ, अंयाष योग नेचर क्योर हस्पिटल, टोखा, काठमाडौं )