काठमाडौं- जाडोमौसममा छाला सुक्खा हुने, एलर्जी आउने, फुट्ने जस्ता विभिन्न खाले समस्या देखिने भएकाले यस मौसममा छालाको विशेष ख्याल राख्नु पर्ने हुन्छ ।
चिसोमा अनुहार सुख्खा हुने सामान्य समस्या हो । सुख्खा छालाबाट छुटकारा पाउनका लागी बिहान उठेर मनतातो पानीले मुख धुनुपर्छ । त्यसपछि छाला अनुसार दैनिक प्रयोग गर्न मिल्ने क्लिन्जिङ क्रिमको प्रयोग गर्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ, केहि समयपश्चात डिप मोस्चराइजर लगाउनुपर्छ ।
मोइस्चराइजिङ क्रिमको मुख्य काम भनेकै छालामा भएको नरमपनालाई ‘लक’ गरेर छालाको नरमपनालाई यथावत राख्नु हो । छालाको नरमपना यथावत रहेमा छाला फुट्ने, छाला निस्कने तथा पोल्ने समस्या कम हुने भएकोले पनि मोइस्चराइजिङ क्रिमको सही तरीकाले प्रयोग गर्न जरुरी छ ।
मोस्चराइजर लगाएको १ मिनेट वा ३० सेकेन्ड पश्चात सनब्लक क्रिम लगाउनुपर्छ । सनब्लक लगाउँदा एस्पिएफ हेरेर लगाउँनुपर्छ । नेपालको मौसम अनुसार एस्पिएफ ५० सम्मको लगाउन सकिन्छ । एकदमै गर्मी ठाउँमा जादाँ ७० प्ल्स सम्मको लगाउनु पर्छ । तर नेपालका लागी एस्पिएफ ५० सम्मको प्रयोग गर्दा हुन्छ ।
जाडोयाममा चिसो धेरै हुने भएकाले रिंकलहरु छिटो पर्छ । त्यसैले ग्लसि, ओइली मेकअप गर्दा राम्रो मानिन्छ ।
– प्रत्येक मानिसको छाला भिन्नाभिन्नै किसिमको हुन्छ । कसैको छाला चिल्लो हुन्छ भने कसैको सामान्य त कसैको सुख्खा खालको हुन्छ । त्यसैले , कुनै पनि व्यक्तिले मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नु पहिले छालाको प्रकार अनुसार राम्रो खालको मोइस्चराइजर क्रिमको छनौट गर्नुपर्छ ।
-कुनै पनि मोइस्चराइजरको प्रयोग गर्दा छालालाई विशेष ध्यान दिनु पर्छ । उदाहरणको लागि यदी छाला चिल्लो छ भने आयल फ्रि वा सामान्य मोइस्चराइजरको प्रयोग गर्नु पर्दछ । त्यस्तै, सामान्य प्रकारको छालामा सामान्य तथा सुख्खा छालामा आइल बेस्ड मोइस्चराइजरको प्रयोग गर्नु पर्दछ ।
-मोइस्चराइजर लगाउने सही समय भनेको नुहाएर पछि हो । त्यस्तै, हात मुख धोएपछि पनि मोइस्चराईजर लगाउन सकिन्छ । हात मुखको सरसफाई पश्चात्त मोइस्चराईजर क्रिम प्रयोग गर्नाले उक्त क्रिम छालाको भित्री भागसम्म पुगेर छालालाई नरम बनाउँछ ।
-मोइस्चराईजरलाई औलाको सहायताले थोपा थोपा गरी लगाउनु पर्छ । त्यसपछि यसलाई गोलो आकारमा मसाज गरेर पूरै अनुहार तथा छालामा दल्नु पर्छ । यसले छालामा पोषण मिल्छ, जसले गर्दा छाला ‘ग्लो’ गर्छ ।