काठमाडौं- बच्चाहरुमा केही रोगहरु जन्मजात नै हुन्छन् जसको कारण बच्चाहरु पछि धेरै बिरामी बन्छन् । जन्मजात असमानताहरु शारीरिक एवम मानसिक दुवै हुन सक्छ ।
यसमा धेरै जसो समस्या स्नायू नलीसँग सम्बन्धित हुन्छ जसलाई ‘न्युरल ट्युव डिफेक्ट’ भनिन्छ । अझै यसमा पनि धेरैजसो ‘स्पाइना बाइफिडा’ को समस्या देखिने गरेको पाइन्छ । यी रोगहरुबाट बच्ने सबैभन्दा सरल उपाय हो जानकारी र सावधानी ।
स्पाइना बाइफिडा
बच्चाहरुमा हुने जन्मजात रोगमा स्नायू नलीसँग जोडिएका समस्या सबैभन्दा धेरै पाइन्छ । धेरै बच्चाहरु यो समस्या सँगै जन्म लिन्छन् ।
स्पाइना बाइफिडामा बच्चाको मेरुदण्ड चर्किएको हुन्छ र कहिलेकाँही स्पाइनल कर्ड पनि बाहिर निस्किएको हुन्छ । यसको कारणले चर्र्किएको स्थानको तलको मांसपेशी कमजोर हुन्छ । यसले बच्चाको तल्लो हिस्सामा पक्षघात हुन्छ ।
अमस्तिस्कता
यो स्नायू नलीको सबैभन्दा गम्भिर समस्या हो । धेरै बच्चाहरु जन्मजात यो समस्या लिएर जन्मिन्छन् । यो समस्या सहित जन्मेका बच्चामा टाउकोको हड्डीको उपल्लो भाग एवम् प्रमस्तिस्क नै हुँदैन ।
एड्रिनल ग्रन्थीहरु क्षतिग्रस्त हुन्छ त्यसैले शिशुहरु केही क्षणको लागि मात्रै जिवित रहन्छन् र त्यसमा अधिकांश छोरी हुन्छन् ।
हाइड्रानेसिफेली
यो रोगमा शिशुको टाउको असामान्य रुपमा ठूलो हुन्छ । मस्तिस्कको भेट्रिकल्समा सोरिब्रोस्पाइनल रसको मात्रा धेरै हुनाले टाउकोको हड्डी पातलो हुन्छ जुन दिमागी विकलांगताको कारण बन्छ ।
यस बाहेक पनि केयौं समस्या छन् जुन जन्मदेखि नै पाइन्छ जस्तै ओठ काटिएको वा तालु । गर्भावस्थाको प्रारम्भिक क्रममा केही भाइरसको संक्रमणबाट बच्चामा जन्मजात रोग पैदा हुन्छ । अन्य जन्मजात रोगहरुमा बहिरापन, मोतिबिन्दु, हृदयसम्बन्धी रोग र मानसिक रुपले असक्षमता पनि रहेका छन् ।
यस्ता समस्याबाट बच्चालाई कसरी बँचाउने
–गर्भधारणभन्दा पहिले नै पौष्टिक खाना खाने बानी बसाल्नुहोस् । फलफूल, ड्राइफ्रुट्स, हरियो सागसब्जी, दूग्ध उत्पादन भोजनमा समावेश गर्नुहोस् । जंक फुड खानबाट बच्नुहोस् ।
–गर्भावस्था भन्दा पहिले वा गर्भावस्थाको सुरुवाती चरणमा फोलिक एसिडसेवन गर्नाले रोगी बच्चा शिशु जन्मिने सम्भावना कम हुन्छ ।
–गर्भधारणको क्रममा चिकित्सकको सल्लाह बिना कुनै पनि औषधिको सेवन नगर्नुहोस् । कुनै पनि औषधी लिँदा सावधानी अपनाउनुहोस् ।
–यदि महिला मधुमेह, उच्च रक्तचाप, दमबाट पिडित छन् भने गर्भधारणभन्दा पहिले ब्लड सुगरलाई नियन्त्रित राखेर शिशुको जन्मजात विकृतीलाई रोक्न सकिन्छ तर यस भन्दा पहिले चिकित्सकसँग अवश्य सल्लाह लिनुहोस् ।
–गर्भावस्थाको प्रारम्भिक हप्तामा एक्सरेबाट बच्नुहोस् । यसले भ्रूणमा खतरनाक प्रभाव पर्छ । सुरुवाती चार महिनामा एक्सरे नगराउनुहोस्
–हाइपर वा हाइपो थाइराइडको बिरामीहरुले गर्भधारण गर्नभन्दा पहिले चिकित्सकसँग परामर्श लिन जरुरी छ ।
’
एजेन्सी