किशोरावस्था हुँदा तपाईँको स्मरणशक्ति एकदमै बलियो थियो, जे कुरा पनि सजिलै सम्झिन सक्नुहुन्थ्यो । तर अहिले हिजोकै कुरा पनि सम्झिन गाह्रो परिरहेको छ, यस्तो किन हुन्छ? के तपाइँले प्रायः स -साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ ?महत्वपूर्ण कुरा समेत भुसुक्कै बिर्सने बानी छ ? जो मानिस बढि भुलक्कड हुन्छन् उनीहरु भुलेको कुरा सम्भिएसँगै किन यस्तो कुरा भुलेँहोला ? भनेर झनै बढी तनावमा रहन्छन् ।
अझ उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ । स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक स्वास्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ र स्मरण शक्ति पनि तेज बन्छ ।
सुन्ने बानी बसाल्ने
यदि कसैले भनेको कुरा हामीले ध्यानपुर्वक सुनेका छौँ भने हामीलाई त्यस्ता खालका कुराहरु बिर्सन गाह्रो हुन्छ । त्यसैले पढ्ने समयमा हामीले अन्ततिर आफ्नो ध्यान नलगेर पदने बानी बसालीम भने पढेको बिर्सिने गरिदैन ।
फिट रहने
हामी उमेरले बुढो हुन आटेपानी आफ्नो शरीरलाई सधैं फिट राख्न खोज्नुपर्छ । फिट रहनाले दिमाग पनि ताजा रहने गर्छ । त्यसैले कुनै पनि कुरा सजिलैसँग याद रहने गर्छ । यसका लागी हामीले एरोबिक ब्यायामहरु गर्नुपर्छ । एक्सरसाइजले दिमागका लागि टनिकको काम गर्छ ।
लेख्ने बानीको विकास गर्ने
हामीले सजिलै सँग भुल्ने कुराहरुलाई लेखेर याद गर्ने गर्नुपर्छ । लेख्नका लागि डायरी, इमेल वा मोबाइलको प्रयोग गर्न सकिन्छ । कसैको फोन नम्बर याद राख्नु छ भने त्यसलाई टुक्रा९टुक्रा बनाएर सम्झिने कोसिस गरौं ।
चिट बनाएर टास्ने
यदि कोही मानिस आफुले गर्ने नियमित काम पनि बिर्सने गर्छन् भने त्यसका लागी चिट बनाएर आफुले देख्ने ठाउँमा टास्ने गर्नुपर्छ । यसो गर्नाले आफुलाई याद रहने गर्छ ।
दिमागी खेल खेल्ने
दिमाग लगाउने खेलहरु खेल्ने गरेमा दिमागको प्रयोग बादी हुन्छ । यसले गर्दा दिमागलाई हरेक कुरा सम्झना मद्धत पुग्छ । दिमाग बिस्तारै तेज बन्दै जान्छ ।
पढ्ने बानी
बढिभन्दा बढि पढ्ने बानी गरौं । साहित्यिक किताब पढ्नुृस । यसबाट शब्दभण्डार बढ्नुका साथै दिमाग पनि खुल्नेछ । थुप्रै प्रसिद्ध वक्ताहरुले यही उपायबाट सफलता पाएका हुन् ।
सन्तुलित आहार
अनुसन्धानबाट पत्ता लागेको छ कि भिटामिनहरुबाट भरिपूर्ण सन्तुलित आहार लिनाले स्मरणशक्ति, शब्दप्रवाह आदिमा सुधार आउँछ । बी कम्प्लेक्सको भिटामिन्स, खासगरी नियासिन र बीटा क्यारोटीन विशेष उपयोगी छन् ।