काठमाडौं– सरकारले १२ वर्षभन्दा माथिका दीर्घरोगीहरुलाई आजदेखि फाइजर खोप लगाउन सुरु गरेको छ ।
पहिलो चरणमा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म र दोस्रो चरणमा मसिर २७ देखि पुस २ गतेसम्म खोप लगाउने भएको हो । खोप पाउने १२ वर्षमाथिका दीर्घ रोगीको समूह निर्धारण गरेर सातै प्रदेशका २४ वटा अस्पतालबाट खोप लगाउने व्यवस्था गरिएको छ।
खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगी प्रमाणित हुने कागजात लिएर जान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।