- डा. रबिनलाल श्रेष्ठ
काठमाडौं - योग जीवनको अपरिहार्य अंग हो । योगले हरेक व्यक्ति तथा क्षेत्रलाई सकारात्मक दिशातर्फ लम्काउँछ। त्यसमाथि योग महिला वर्गको लागि अत्यन्त आवश्यक छ । घरको जिम्मेवारीको साथै बाह्य जिम्मेवारी पनि महिलाले उठाउने भएकाले योग जीवनमा उतार्नै पर्दछ । योगले महिलाको शारीरिक, मानसिक, भावनात्मक, वैचारिक र सामाजिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्दछ ।
योगको उदेश्य
योगको काम आन्तरिक र शारीरिक द्धन्दहरुमा समभावको विकास गर्नु, स्थीर मानसिकताको अवस्थामा पुर्याउनु, सुख र दुख, चिसो र तातो, लाभ र हानी, जय र पराजय, मान र अपमान आदि अवस्थाहरुमा आफुलाई समस्थिति, समता, स्थिर, धैर्यको स्थीतिमा स्थिर राख्नु हो । साथै त्यहि स्थिरताबाट आन्तरिक फैलावटको पराकास्टा बृद्दी गर्नु नै योगको उदेश्य हो ।
आजको युगमा योग तथा प्राकृतिक चिकित्सा नभइकन जीवन तनाव र रोग मुक्त भएर शान्ती पुर्वक बढ्न गाह्रो छ । योगले शारीरिक, मानसिक, भावनात्मक, वैचारिक तथा सामाजिक र आध्यात्मिक रुपमा हामीलाई स्वास्थ्य राख्दछ । भाग दौड र तनावपूर्व वर्तमान परिस्थितिमा योगको साथै प्राकृतिक चिकित्सा अभ्यासमा ल्याउनाले मानसिक,शारीरिक, भावनात्मक, सामाजिक तनावबाट बच्न मद्दत गर्दछ ।
योगले कार्यक्षमता, दक्षता सहनशिलताको वृद्दी गर्दछ । साथै मित्रताको भावना प्रबल बनाउँछ र प्रकृतिको संरक्षणमा टेवा पुर्याउँछ्र अन्तरमुक्त हुदै वास्तविक स्वतन्त्राको स्वाद चखाउँछ, मन मस्तिस्कमा आनन्दका हर्मोनहरु निरन्तर सिर्जना गरिदिन्छ ।
आफ्नो परिवार, समाज अनि देशको स्वास्थ्य प्रति जागरुक बनाउँछ्र रिस, राग, भय, घृणा, क्रोध, काम, लोभ, मोह, अहंकारलाई समाप्त पार्ने दिशा तर्फ अग्रसर गराउँछ । स्थुल शरीरबाट सुक्ष्म शरीर तर्फ लैजान्छ, प्रकृतिमा विलिन हुन सिकाउँछ ।
योगको यम नियमहरुले मानसिक स्थिरता ल्याउँछ , अन्तर शुद्ध पार्दछ । साथै शरीरको शुद्धीकरण गर्दछ । यम नियमले हामीलाई आन्तारिक रुपमा अनुशासित र आसनले शारीरिक स्थिरता प्रदान गर्दछ ।
शारीरिक र मानसिक द्धन्दबाट मुक्त पार्दछ । शारीरिक लचकता प्रदान गर्दछ । मांसपेशि तथा जोर्नीहरू खुकुलो पारिदिन्छ । प्राणायमले हामी भित्र रहेको दिव्य प्रकाशलाई उजागर गर्दछ । साथै प्राणको वृद्धि गरिदिन्छ ।
विभिन्न प्रकारका प्रणायमहरुले विभिन्न प्रकारका असर गर्दछ । धारणाको अभ्यासले ध्यानपुर्वक काम गर्ने क्षमताको वृद्दी गर्दछ । कन्सन्ट्रेसन वृद्धि गर्दछ, ध्यानले इन्द्रिय, मन र बुद्धिलाई सत्मार्गमा लैजान्छ । आन्तरिक संसारमा सफलता पुर्वक यात्रा गराउँछ र समाधिको स्थितिमा लैजान्छ ।
योगको वैज्ञानिक आधारहरु
आसनले हाडजोर्नी, मांसपेसीलाई, सबल, शुध्रित र लचिलो बनाउंछ । शारीरिक थकानलाई मेट्दछ र शरीरको जियोमेट्रिलाई सहि पार्दछ । मुटुलाई मजबुत बनाउंछ, पाचनत्रंतलाई दुरुस्त राख्दछ, मोटोपना घटाइ आकर्षक शारीरिक बनावट प्रदान गर्दछ ।
स्पोर्टस इन्जुरी न्यूनीकरण गर्दछ । साथै कुनै पनि खेलकुद अगाडी अभ्यास गर्नाले खेलको दौरान हुने दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ । दिनभरी स्पुर्ती प्रदान गर्दछ ।
प्राणायामले शरीर हलुका बनाउंछ । शरीरमामा स्पुर्ती ल्याउंछ, कपालभाती प्राणायामले शरीरको अतिरिक्त कार्बनडाइ अक्साइडलाई निकाल्दछ्र । साथै पाचनतन्त्रलाई मजबुत बनाउंछ, रक्तचापको साथै मुटुको चालवृद्धि गर्न सक्छ, अपच तथा कब्जियतमा फाइदा पुर्याउँछ ।
नाडीशुद्दी प्राणायामले नाडीहरुको शुद्दिकरण गर्दछ । मस्तिस्कको दायाँ र बायाँ भागका क्रियाकलापहरुलाई सन्तुलनमा राख्दछ । सिम्पाथेटिक तथा प्यारासिम्पाथेटिक ( Sympathetic र Para-Sympathetic) स्नायुप्रणालीको सन्तुलन बनाउंछ ।
चन्द्र भेडी प्राणायाम तथा चन्द्र अनुलोम विलोमले मानसिक शान्ति प्रदान गर्दछ । एसिडीटिमा आराम पुर्याउँछ, रिस, आवेगहरुलाई थाम्न मद्दत गर्दछ । साथै छाला त्वचालाई मुलायम र नरम बनाउंछ ।
सुर्यभेदि प्रणायाम तथा सुर्य अनुलोम विलोमले शरीरको उष्ण बढाउंछ । चन्द्रभेदिले उष्ण घटाउंछ्र सुर्य अनुलोम विलोमले तौल घटाउनमा मद्दत गर्दछ, डीप्रेसनबाट मुक्त गर्न सक्दछ ।
भ्रामरी प्राणायामले मानसिक शान्ति दिन्छ । सेरेटोनिनको वृद्धि गर्दछ, निन्द्राको गुणस्तर बढाउंछ, मेलोटोनिनको वृद्धि गर्दछ, प्रसन्न चित्त रहन सहयोग गर्दछ ।
ध्यानले उच्च रक्तचापको समाधान गर्दछ । विचार सकारात्मक बनाउंछ, शरीरका अंग प्रत्यांगहरुलाई गहिरो आराम पुर्याउँछ । भावनात्मक र वैचारिक कुण्ठाहरुलाई फुकाउंछ, मस्तिस्कमा अल्फा वेभसहरुको वृद्धि गर्दछ्र ।
बिटावेभस र मुटुको चाल घटाउंछ । श्वास प्रश्वास क्रियालाई न्यूनीकरण गर्दछ । थोरै अक्सिजनमा पनि शारीरिक क्रियाहरु निरन्तर चलिरहन्छ । प्यारासिम्प्याथेटिक (Parasympathetic) स्नायु प्रणालीलाई मजबुत बनाउँछ, गहीरो आराम प्रदान गर्दछ ।
(डा. रबिनलाल श्रेष्ठ प्राकृतिक चिकित्सा विज्ञ हुन् । उनि अयांश योग नेचर क्योर हस्पितलमा कार्यरत छन् ।)