डा.प्रकाशराज रेग्मी (वरिष्ठ मुटुरोग विशेषज्ञ)
परिचय
उच्च रक्तचाप आजको युगको मृत्युको प्रमुख कारणहरुमध्ये एक हो । नेपालमा पनि दिनप्रतिदिन यो रोग बढ्दै गइरहेको छ ।शहरिया जीवनशैली भएका १८ वर्ष उमेर नाघेका करिब १० – ३० प्रतिशत जनसंख्यामा उच्च रक्तचापको देखिएको छ । उच्च रक्तचापको समस्या भएका व्यक्तिहरुमा कुनै पनि लक्षण देखा नपरी मुटु,मृगौला,आँखा,आदिमा समस्या देखा पर्न सक्छ । यही नै मृत्युको कारणसमेत बन्न सक्छ ।
त्यसैलाई यसलाई साइलेन्ट किलरको संज्ञा पनि दिन सकिन्छ । रक्तचाप के हो ? मुटु शरीरको एक महत्वपूर्ण अंग हो ,जुन नियमित रुपमा खुम्चने र फुक्ने गर्छ । यसलाई हामी सामान्यतया मुटुको धड्कन भन्ने गर्छाे । मुटु खुम्चिँदा शरीरको विन्नि अंगमा सफा रक्तसञ्चार हुने गर्छ भने मुटु फुक्दा विभिन्न अंगहरुबाट प्रदुषित रगत मुटुमा जम्मा हुन आउँछ । यो खुम्चिने र फुक्ने प्रक्रियालाई क्रमश सिस्टोल र डायस्टोल भनिन्छ । रक्तसञ्चार हुँदा रक्तनलीमा उत्पन्न हुने चापलाई रक्तचाप भनिन्छ ।
रक्तचापका दुई भागहरु हुन्छन् – सिस्टोृलिक र डायस्टोलिक । मुटु खुम्चिएको बेला मुटुबाट बेगसाथ निस्केको रगतले रक्तनलीहरुलाई दिएको चापलाई सिस्टोलिक रक्तचाप भनिन्छ भने मुटुको डायस्टोलको अवस्थामा रक्तनलीहरुमा उत्पन्न हुने चापलाई डायस्टोलिक रक्तचाप भनिन्छ । सिस्टोलमा रक्तचाप बढी र डायस्टोलमा कम हुन्छ । स्वस्थ मानिसमा सिस्टोलिक रक्तचाप ९० मि.मि देखि १३० मि.मि सम्म र डायस्टोलिक रक्तचाप ६० मि.मि देखि ८० मि.मि सम्म हुन्छ ।रक्तचाप नाप्दा दुवै हालका पाखुरामा नाप्नु राम्रो हुन्छ । दुवै पाखुरामा रक्तचाप फरक –फरक हुन सक्छ ।
यस्तो भएको खण्डमा बढी रक्तचापलाई आधार मान्नुपर्ने हुन्छ । रक्तचाप एकै अवस्थामा रहँदैन । बिहान घट्छ भने दिउँसो र बेलुका बढ्छ । त्यसैगरी मध्यरातमा घट्छ भने बिहानको समयमा फेरि बढ्छ । शान्त मन हुँदा घट्छ भने तनावग्रस्त हुँदा बढ्छ । गर्मीमा घट्छ भने जाडोमा बढ्छ । उच्च रक्तचाप सामान्यतया सिस्टोलिक रक्तचाप १४० मि.मि वा बढी भएमा र डायस्टोलिक रक्तचाप ९० मि.मि वा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ ।
सिस्टोलिक रक्तचाप १२० देखि १३९ सम्म एवम् डायस्टोलिक रक्तचाप ८० देखि ८९ सम्म भएका व्यक्तिहरुमा उच्च रक्तचापको समस्या आउने सम्भावना प्रबल रहन्छ । उच्च रक्तचापका कारणहरु उच्च रक्तचापको समस्या भएमा व्यक्तिहरुमध्ये करिब ९० देखि ९५ प्रतिशतमा यसको कारण पत्ता लगाउन सकिदैंन । अर्थात् यसको कारण नै अज्ञात हुन्छ । कारण अज्ञात रहेतापनि केही यस्ता कारक तत्वहरु छन् जसले प्राथमिक रुपमा उच्च रक्तचाप उत्पन्न गराउनका लागि सहयोगी भूमिका खेल्ने गर्छन् ।
१.मानसिक तनाव
२.वंशाणुगत
३.मोटोपना
४.अत्याधिक नुनको सेवन
५.रक्तनलीहरुमा कडापन आउनु यी कारक तत्वहरुबाट प्रभावित २० वर्ष उमेर नाघिसकेका जोसुकै व्यक्तिमा पनि उच्च रक्तचापको समस्या देखिन सक्छ । ५ देखि १० प्रतिशत उच्च रक्तचापका रोगीहरुमा उच्च रक्तचापको समस्याबारे कारण नै पता लगाउन सकिएको छैन । कुनै व्यक्तिहरुमा निहित दीर्घरोगका कारण पनि उच्च रक्तचापको समस्या देखा पर्न सक्छ । यसरी रोग विशेषका कारण उत्पन्न भएको उच्च रक्तचापलाई दितीय उच्च रक्तचाप भनिन्छ । जसका कारणहरु निम्नानुसार छन्–
१.मिर्गौलाका रोगहरु
२.मिर्गौलामाथि रहेको एड्रिनल ग्रन्थिका रोगहरु
३.फिवक्रोमोसिटोमा – मिर्गौलामाथि रहेको ग्रन्थिको ट्युमर
४.गलगाँडका रोगहरु
५.रक्तनली साँगुरिने रोगहरु उच्च रक्तचापका लक्षणहरु कतिपय रोगीहरुमा यसको कुनै पनि लक्षण देखिदैंन तर भित्रभित्रै रक्तचाप बढ्दै गएर यसले मृत्युसमेत हुन सक्छ । यसकारण उच्च रक्तचापलाई सुषुप्त हत्यारा पनि भन्ने गरिन्छ ।
उच्च रक्तचापका कारण धेरैजस्तो बिरामीहरुमा देखा पर्ने लक्षणहरु निम्नानुसार छन् –
-टाउको दुख्नु -
छाती दुख्नु
-दम फुल्नु -
नाथ्री फुट्नु
उच्च रक्तचापका खतरनाक परिणाहरु
-हृदयघात
-पक्षघात
-मिर्गौलाघात
-दृष्टिघात
रोगको न्यूनीकरण उच्च रक्तचापको परीक्षणका क्रममा विभिन्न समयमा २ वा सोभन्दा बढी पटक रक्तचाप बढेको भेटिएमा उच्च रक्तचाप भएको मान्नुपर्ने हुन्छ । धेरैजसो अवस्था यसले कुनै पनि लक्षण नदेखाउने भएकोले टाउको दुख्ने,तथा चक्कर लाग्नुलाई एउटा लक्षण मान्न सकिन्छ । उच्च रक्तचापको समस्या आएपश्चात् चिकित्सकको सल्लाह अनुसार ई.सी.जी,एक्स–रे,भिडियो लगायतका परीक्षण गर्नुपर्ने हुन्छ।
उपचार नून चिल्लो भएका खानेकुराहरुको न्यून प्रयोग,नियमित रुपमा शारीरिक व्यायाम,धुम्रपान तथा मद्यपान जस्ता जीवनशैलीको त्याग,मानसिक तनावबाट मुक्ति,तथा योगाभ्यास जस्ता विविध जीवशैली अपनाएर नै उच्च रक्तचापबाट बच्न सकिन्छ ।यदि यस्ता जीवनशैलीबाट यसलाई नियन्त्रण गर्न सकिएन भने चिकित्सकको सल्लाहमा औषधिको सेवन अनिवार्य मानिन्छ । औषधिको सेवनपश्चात् उच्च रक्तचाप नियन्त्रणमा आएपछि पनि औषधि सेवन गर्नुपर्ने हु्न्छ । कम्तीमा वर्षको एक पटक ई.सी.जी,मुटुको भिडियो,र रगत पिसाब आदिको परीक्षण गर्नु राम्रो मानिन्छ ।
(लक्ष्मी चौलागाईंसँगको कुराकानीमा आधारित )