काठमाडौं । दीर्घ रोगी बालबालिकाहरुलाई कोरोनाको खोप लगाउनका लागि सरकारले देशभरका करिब २४ अस्पतालहरुमा खोप केन्द्र तोकेको छ । आइतबारबाट नेपालभरका ती खोप केन्द्रहरुबाट दीर्घ रोगी बालबालिकाहरुलाई खोप दिइएको छ । फाइजर खोप लगाउनका लागि सरकारले खोप केन्द्र तोकेका विभिन्न अस्पतालहरुमध्ये वीर अस्पताल पनि एक हो ।
खोप लगाउनका लागि सरकारले १२ – १७ वर्षका दीर्घ रोगीहरुलाई लक्षित समूह बनाएकाले खोप केन्द्रमा त्यति भीडभाड थिएन । जन्मिएको १० वर्ष भएपछि आस्थामा भएको थियो असनका १५ वर्षिया प्रयुष श्रेष्ठलाई । उनी अहिलेपनि नियमित रुपमा औषधि सेवन गरिरहेका छन् ।
सरकारले बालबालिका लक्षित कोरोना खोप अभियान नल्याउँदा उनलाई कोरोना संक्रमण हुन्छ की भन्ने निकै डर थियो ।उनले भने बिना डर संकोच कोरोनाको खोप लगाए । दीर्घ रोगी बालबालिका लक्षित खोप कार्यक्रम ल्याएकोमा नेपाल सरकारलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।
उनी आफू जस्तै दीर्घरोगी बालबालिकाहरुलाई निर्धक्क भएर खोप लगाउन आग्रह गर्छन् । कोरोना संक्रमणबाट बच्ने उत्तम उपाय नै खोप हो । त्यसमा पनि दीर्घ रोग भएका बालबालिकाहरु त झनै कोराना संक्रमणको जोखिम वर्ग भएकाले त्यस्ता बालबालिकालाई खोप लगाउन उनले आग्रह गरें । छोरालाई कोरोनाको खोप लगाई संक्रमणको जोखिमबाट मुक्त हुन पाएकोमा आफू ढुक्क भएको बताउँछिन् प्रयुषकी आमा विदिशा श्रेष्ठ ।
बाजुराकी ३५ वर्षिया जुना सुनुवार पनि आफ्नो १३ वर्षिया छोरा धर्मराज सुनुवार सँगैं खोपको लाइनमा बसिरहेकी थिईन् । हाल भैसेंपाटी निवासी जुनाका छोरा ४ कक्षामा अध्ययनरत्त छन् । उनलाई बच्चामा निमोनिया भएको थियो । आर्थिक अभावका कारण समयमा नै उपचार हुन नसक्दा निमोनिया नै उनको दीर्घ रोगको कारण बन्यो ।
निमोनिया भएका उनको छातीमा संक्रमण देखा परेको छ । बाजुराको दुर्गम क्षेत्रबाट काठमाडौं आएर ज्यामी काम गरी आफ्नो दैनिक आवश्यकता पुरा गरिरहेकी उनकी आमा भन्छिन् सरकारले निशुल्क खोपको व्यवस्था नगरेको भए किनेर लगाउन सक्ने अवस्था हाम्रो थिएन त्यसैले हामीजस्ता गरिबका बालबालिकालाई पनि खोपको व्यवस्था गरिदिएकोमा नेपाल सरकारलाई धन्यवाद भन्न चाहन्छु ।