काठमाडौं । चिकित्सा सेवामा एक परिचित नाम हो डाक्टर पवनराज चालिसे । यस क्षेत्रमा लामो अनुभव भएका उनी त्रिवि शिक्षण अस्पताल यूरोलोजी विभागमा प्रमुख पनि हुन् । प्राय: बिहानको ७ः३० बजे घरबाट अस्पताल निस्कनु उनको रुटिङ जस्तै भइसकेको छ ।
बिहान ८ बजे नै अस्पताल आएपश्चात् उनको राउण्ड सुरु हुन्छ । अस्पताल भर्ना भएका बिरामीहरुको चेक जाचँ सकिएलगतै बिद्यार्थीहरुलाई पढाउने काम सुरु हुन्छ।त्रिवि शिक्षण अस्पतालले एमबिबिएस,एमएस,एसीएचलाई पनि ट्रेनिङ गराउनुपर्ने भएकोले उनीहरुको पढाई बिहान नै गराउने गर्छ ।९ बजेपछि डाक्टरहरुको आफ्नो – आफ्नो कार्य तालिका अनुसार काम हुन्छ।
त्यसैमा व्यस्त हुन्छन् डाक्टर चालिसे । कुनै दिन ओपिडी हुन्छ भने कुनै दिन शल्यक्रिया।दिउँसोको लन्च ब्रेक पश्चात् अन्य नियमित काम हुन्छ । हप्तामा ३ दिन ओटी र २ दिन ओपिडी छ। बाँकी रहेको एक दिनमा रिसर्चका कामहरु तथा थेसिस लगायतका सम्पूर्ण काम गर्नुपर्ने हुन्छ।
उनी ४ः३० देखी ५ बजेसम्म त्रिवि अस्पतालबाट निस्कन्छन्। नेपाल सरकारी अस्पतालको तलबले डाक्टरको जीवन धान्न सक्दैन ।विदेशतिर विशेष सेवा दिएर नै चिकित्सकहरुलाई एउटै संस्थामा मात्रै आबद्ध गराइन्छ । तर नेपालमा त्यस्तो व्यवस्था नहुनाले चिकित्सकहरु अतिरिक्त समयमा निजी अस्पतालहरुमा काम गर्न आफू पनि बाध्य हुनुपरेको डा.चालिसेको गुनासो छ ।
हुनत अन्य निजी अस्पतालहरुमा काम नगर्दो पनि पनि सामान्य जिन्दगी चलाउनलाई धेरै कठिन नै त नहोला तर ‘मेरै कुरा गर्ने हो भने त्रिवि अस्पतालको तलबले त मलाई दुई छोराछोरी पढाउनु र एउटा गाडीको मेन्टिनेन्समा नै ठीक हुन्छ’ डा.चालिसे बताउँछन्। त्यसैले नै सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुले निजी अस्पतालहरुमा काम गर्नु एउटा बाध्यता जस्तै बनेको गुनासो उनी गुनासो गर्छन् ।
बिरामीको चाप अत्याधिक हुँदा मेन्टल स्ट्रेसको अनुभव हुने डा.चालिसे बताउँछन्। सुरुमा २० –२५ बिरामी परीक्षण हुँदासम्म एक चिकित्सक फ्रेस नै देखिन्छन् । जब बिरामीको संख्या बढ्दै जान्छ उनीहरुमा मेन्टल स्ट्रेसको महसुस हुँदै जान्छ।
विदेशतिर भने एक चिकित्सकले कति संख्यामा बिरामी हेर्ने भन्ने सिस्टम हुन्छ । जसले चिकित्सकलाई मेन्टल स्ट्रेससम्मको अवस्थामा जान दिदैंन । तर नेपालमा त्यस्तो सिस्टम छैन। जसकारण चिकित्सकहरु मेन्टल स्ट्रेससम्मको अवस्थामा पुग्ने डा.चालिसेको तर्क छ।
बिरामीको अत्याधिक चाप
‘बिरामीको अत्याधिक चापको समयमा पनि सकेसम्म संयमित हुनका लागि हरेक चिकित्सकले जस्तै म आफू पनि प्रयासरत्त नै रहन्छु । अत्याधिक बिरामीको चाप महसुस भएपश्चात् केहीबेरको ब्रेक पश्चात् पुन कामको सुरुवात हुन्छ । शल्यक्रियाको समयमा भने बिहान ९ बजे ओटीमा छिरेपछि लगातार नै हुने भएकोले मेन्टल स्ट्रेसको महसुस हुन्छ’।
स्वस्थ्य जीवनशैलीका टेक्निक चिकित्सकले कति पालन गर्छन् ?
चिकित्सकहरुले सन्तुलित खानपान,व्यायामजस्ता स्वस्थ जीवनशैलीका टेक्निक अपनाउन सुझाउँछन्। तर चिकित्सकको आफ्नै दैनिक अस्तव्यस्त हुन्छ।
कामको व्यस्तताले न भनेको बेलामा खानेकुरा न पानीको व्यवस्थापन गर्न सकिन्छ न स्वस्थ जीवनशैलीका टेक्निक नै अपनाउन सकिन्छ ।अरुलाई स्वस्थ रहनका लागि सल्लाह दिने म जस्ता चिकित्सकहरु आफैं स्वस्थ जीवनशैली अपनाउन नसक्दा आफूमा खिन्नता महसुस हुने डा।चालिसे बताउँछन्।
परिवारलाई समय कसरी व्यवस्थापन गर्नुहुन्छ?
मेरो श्रीमती पनि चिकित्सक नै हुन् ।दुबै आफ्नो पेशामा व्यस्त हुने भएकोले हामीले आपसी सहमतिमा दुई मध्ये एकले निजी अस्पतालमा काम नगरी त्यो समय परिवार तथा छोराछोरीका लागि छुट्याएका छौं । जसअनुसार मेरो श्रीमतीले निजी अस्पतालमा काम नगरी त्यो समय परिवारका लागि मिलाएकी छिन् । म त दिनमा प्राय १३ –१४ घण्टा जस्तै व्यस्त हुने गर्छु।
चिकित्सकहरुको पहिलो प्राथमिकता नै बिरामी हुन् । त्यसैअनुसार प्राय बिदाका दिनमा पनि अस्पतालबाट आकस्मिक रुपमा फोन आएमा म अस्पताल आइपुग्छ। औसतमा महिनाको ४ वटा शनिबारमध्येको २ शनिबार मलाई कुनै न कुनै कामले अस्पताल आउनै परेको हुन्छ।
चिकित्सक अध्ययनको यात्रा
एसएलसी सकिएलगतै त्रिभुवन विश्वविद्यालयबाट नै मैले मेडिकल शिक्षाको आरम्भ गरें । खासमा मेडिकल पढ्नका लागि मेरो मामाका छोराछोरीको प्रेरणााले पनि म मेडिकल शिक्षाको अध्ययनमा लागि परें।
मेरा अन्य साथीहरु मेडिकल शिक्षाका लागि विदेश गए पनि म भने नेपालमा नै बसेर मेडिकल शिक्षा पढ्ने अठोटका साथ त्रिवि अन्तर्गत मेडिकल पढ्न थालें ।यूरोलोजीको तालिमको शिलशिलामा विभिन्न मुलुक गएको भएपनि पढाईंको शिलाशिलामा भने म विदेश गइनं। मसँग पढेका ३० जना साथी मध्ये २० जना अहिले विदेशमा नै छन्।