काठमाडौं- फिल्मको कथा जस्तो लाग्छ, बिमला विकको जीवन । ३४ वर्ष अगाडि बर्दिया जिल्लाको दलित परिवारमा जन्मिएकि नेकपा एमालेकी नेतृ तथा उद्योग, बाणिज्य तथा आपुर्ति राज्यमन्त्री बिमला बि.कले पनि बाल्यकाल देखि नै हिंसा व्यहोर्नु पर्यो ।
जातीय हिसाबले समाजमा त विभेद भोग्नु नै पर्यो तर घर भित्र नै महिला पुरुष बिच गरिने लौगिंक विभेदको समना गर्नु पर्यो । यिनै हिंसा विभेद उनको मनमा गढेर बसे । भेदभाव र असमानतालाई जरैबाट सखाप गर्नु पर्छ लड्नु पर्छ भनेर उत्प्रेणा दियो । यिनै सांसद विकले भोग्नु परेको मानसिक तनाव पछि अहिले मुहारमा मुस्कान छाएको छ ।
हिंजोको तनाव
स्कुल पढदादेखि नै मानसिक तनाव व्यहोर्नु पर्यो । स्कुलमा उनलाई पानी छुन नदिने, बेन्च नभएका कारण तल फोहोर गुनदीमा बोरा ओच्छयाएर पढिन । बत्ति नभएका कारण दुई रुपैयाको मटितेल किनेर टुक्की बालि बिहान २ बजे सम्म पढ्थिन । यस्तै मिहिनेतले विद्यलयमा पहिलो हुन्थिन । उनि गुरास मावि विद्यालय मा पढेकी हुन ।
उनि सात कलासमा पढ्दा स्कुलकै प्रथम हुने केटी थिइन। तर सात कक्षामा उनको साथी लाई स्कुलले प्रथम बनाएर उनलाई दोस्रो बनाएछन् । उनले यो कुरालाई स्कारनै सकिनन् स्कुलमा उनकै कारणले गर्दा परीक्षाको नतिजा नै रोकिएको थियो । पछि फेरि हेर्दा उनले नै १७ नम्बरले जितेको रहेछिन् उनि सम्झछिन । त्यो वातावरणमा पनि मैले विभेदको महसुस गरे ।
सरस्वती पुजा हुन्थ्यो विद्यार्थीको लिडर उनी हुन्थिन । पुजा गर्ने समयमा बाहुनले मन्दीर भित्र पस्न दिदैनथे । क्षेत्री बाहुनहरुले आफु आफु बिच बोल्दा तीमि , तपाई भनेर बोल्ने गर्थे । तर, हामीलाई त भनेर बोलाउथे । त्यसरी बोलाउदा नराम्रो लाग्थ्यो ।
पहिले गाउँमा सार्वजनिक धाराबाट पानी खाने गरिन्थ्यो । पानी भर्न अगाडी गएपनि सबैले भरेर गएपछि अन्तिमका भर्नुपथ्यो । घर नजिकै बाहुनको घर थियो । मेरो बाबु भन्दा धेरै कान्छा थिए मेरो बुबालाई दाई भन्थे । तर तिमी भनेर बोलाउदा पनि धेरै नराम्रो लाग्थ्यो यस्ता धेरै असमानताको सामना गर्नु पर्यो ।
२०५९ सालमा श्री बंगलामुखि क्यापसबाट एस.एल.सी उत्तिर्ण गरिन । उनको परिवारमा कोहि सदस्यले पनि एस.एल.सी पास गरेका थिएनन् । उनि नै पहिलो सदस्य थिइन् । यो समयदेखि नै उनले जागिर गर्दै पढ्न शुरु गरिन । उनले २०६३ सालमा बबइ बहुमुखि क्याम्पसबाट प्लस टु पास सकिन ।
आजको मुस्कान
हिजो मलाई जस्तो व्यवहार गरेपनि आज उनमा कुनै आक्रोश छैन । मुहारमा मुस्कान छ । व्यक्तिगत रुपमा मेरो कुनै गुनासोे छैन । तर हाम्रा यस्ता गलत संस्कारलाई परिवर्तन गर्नु पर्छ भन्ने सोचलाई मैले अगाडी बढाइसकेको छु । मैले पाएको जिममेवारीको कारणले पनि होला तर मेरो स्थानमा अरु व्यक्तिलाई त्यस्तो विभेद गरेको देखे भने नराम्रो लाग्छ ।
सांसद भइएला निति नियम बनाउने ठाँउमा पुगिएला भन्ने सोचेकि थिनन् । १२ १३ वर्षको उमेर देखिनै उनले विद्यालयमा विभिन खालका समिति एकाइहरुको विद्यार्थी साथीहरुको अगुवा गर्दै आइरहेकि थिइन् । १२ १३ वर्ष कै उमेरमा उनले विद्यालयबाट राजनिति सुरु गरेकि थिइन् ।
म पढाइमा राम्रो भएकै कारण मलाई शिक्षकहरुले पनि अगाडी बढ्नमा साथ र सहयोग दिनु भायो । पार्टीको नेताहरु स्व देवराण , गोविन्द पान्डे , हरिज्ञावाली सबै नेताहरुले दलितको केटी , पढ्नमा पनि राम्रो , बोलिचाली टाठीबाठी छे यसको सम्भावना छ यसक लागि केहि गर्नु पर्छ भन्ने हिसाबले अगाडी बढ्न सहयोग गर्नु भयो । त्यस्तै विशेष गरि पाटीको जिल्ला कमिटिको सदस्य २०६४ सालमा भए नेकपाका अहिलेका उपादक्ष क। बामदेब गौतमले सहयो गर्नु भएको हो । त्यो अवसरले नै सायद मैले ठाउँ पाय कमिटिको सदस्य बन्दा सबै भन्दा सानो उमेरको सदस्य बन्ने केटी पनि म नै थिए होला ।
हामीले त जातीय भेदभाव, छुवाछुत महिला माथि हुने हिसांलाई अपराध पनि नमान्ने चलन छ किन भने हामीले यसलँई लामो समय देखि चलन र संस्कारका रुपमा मान्दै आइरहेका छौं । कतिपय मानिसलाई यो हिसां हो भन्ने नै लाग्दैन । अरुलाई नलाग्नु त ठिकै थियो । निति कार्यन्वयन गर्ने व्यक्तिहरुमा पनि यो कार्य देखिन्छ । त्यस्ता व्यक्तिहरुले नै विस्तारै समाज बदलिदै छ आत्तिएर हुने भन्ने किसिमको कुरा गरेको पाइन्छ ।
जब सम्म महिला आफ्नो हक हितका लागि लड्दैनन् संविधानमा लेखेर मात्र पाउदैनन् । त्यसका लागि महिलाले लडेर वा संर्षष गरेरै आफ्नो हक हितका लागि कहि कतै विभेदमा छौं भन्ने सचेत बन्नु पर्छ ।
महिलाहरु सचेत बन्नका लागि आत्मबल बढाउनु पर्छ । हामी महिला हो हामी केहि गर्न सक्दैनौं भन्ने सोच्नु हँदैन नेपालमै राष्ट्रपति महिला हुनु हुन्छ सामान्य परिवारको सममान्य लेखपढ् गर्ने जान्ने ओनसरी घर्ती मगर सफल सभामुख बन्नु भयो यस्तै अरु धेरै ठाँउमा महिलाहरुले आफ्नो भूमिका निर्वाह गरेका छन् ।
महिलाहरुका लागि के कस्ता कानुन बनेका छन् । बनेका कानुन पनि किन कार्यन्वयन हुन सकिरहेका छैनन् यी कुराहरुमा निरन्तर जानकार भइरहने र किन बनेका छैनन् भन्ने प्रश्न उठाउने , खबरदारी गर्न जरुरी छ ।