डा.थानेश्वर पन्त
काठमाडौं- बाथ एक दिर्घरोग हो । यो रोलाई घातक रोगका रुपमा पनि चिनिन्छ । संसारको जनसंख्या मध्ये १० प्रतिशत मानिसमा यो रोग देखा परेको छ । १५० भन्दा बढि प्रकरका बाथ रोगहरुको हालसम्म पहिचान भइसकेको छ ।
बाथ जुनसुकै अवस्थामा जुनसुकै उमेरका मानिसलाई पनि हुनसक्छ । बालक, युवा र वृद्धवृद्धा सबैलाई हुने यो रोग नसर्ने रोग दीर्घरोग हो । नेपालमा युरिक एसिडबाट हुने, हाडजोर्नी सुन्निने, दुख्ने, हड्डी खिइने र मेरुदण्डको हड्डी दुख्ने खालका बाथका समस्या बढी देखिन्छ ।
लक्षण
बाथ रोगमा शरीरको जोर्नी हड्डी , माशंपेशी, नस्साहरु दुखने, सुनिने अर्ठो हुने , झम्झमाउने, करकरी खाने हुन्छ ।
समयमा नै उपचर नगरे यसले अपागं समेत बनाउँदछ ।
बिहानी पख र दिन ढल्दै गएपछि हात कक्रक हुने निहुरीन, लुगाको टाक लगाउन, राती सिरक तानेर सुत्न समेत नसक्ने अवस्था आउँन सक्छ ।
रोग कडा हुदै गएपछि रातीमा ज्वारो आउँने शरीरमा आवश्यक मात्रामा रगत नहुने, आँखा रातो हुने, हातगोडामा गिर्खाहरु देखिने । रोगप्रतिरोधात्मक क्षमता ह्रास गराउँने । समयमा नै उपचार नगरे मुटु , फोक्सो, कलेजो , मृर्गौला र छालाहरुमा समेत यसले असर गर्छ ।
बाथ रोग कसरी हुन्छ ?
यो रोगको प्रमुख कारण हाल सम्म पत्ता लागिसकेको छैन् ।
बंशाणुगत कारण
वातावरणिय तत्व
दैनिकी एवं खानपान र रहनसह
यो अर्टा इम्यून रोग हो
नेपालमा उपचार
ग्रामिण भेगका मानिसहरु धेरै ढिलोगरि उपचारमा आउँछन् । जसले गर्दा रोग जटिल भइसकेको हुन्छ । यो दिर्घरोग हो । औषधि सधैभरि सेवन गरिरहनु पर्छ । धेरै जसो व्यक्तिले यो निको नहुने रोग त हो किन उपचार गर्ने रु भन्ने धारण पनि राखेको पाइन्छ तर यो गलत हो ।
रोगको लक्षणहरु पहिचान गरि उपचारमा जाने समयअवधि जति चाडो हुन्छ त्यति नै रोग निको हुने सम्भावना बढि रहन्छ ।
परम्परा दिव्य आयुर्वेदिकमा यसको उपचार विधि
विगत ३ दशक देखि आयुर्वेदिक भन्दा पनि केहि फरक तरीकाबाट बिरामीहरुको सेवा गर्दै आइरहेको परम्परा दिव्य आयुर्वेद औषधालय परम्परागत रुपमा उपचार हुने मुख्य आयुर्वेद केन्द्र हो । यस केन्द्रमा नेपालमै रहेका दुर्लभ र बहुमुल्य जडिबुटीहरुलाई परम्परागत रुपमा ढिकी, खलमा कुटेर औषधी बनाइन्छ । सय वर्ष अघि देखिको आयुर्वेद उपचारको इतिहास बोकेका राजवैद्यले ५० वर्ष भन्दा लामो परम्परागत उपचार पद्धतिको अनुभवमा यस औषधालयको स्थापना गरिएको थियो । विशुद्ध नेपाली हावापानी र माटोमा उत्पादन भएका जडिबुटिहरुको समिश्रणबाट निमार्ण हुने यस औषधीको उपयोग बिरामीहरुका लागि धेरै फाइदाजनक रहेको छ ।
बाथ रोग लागेको थाहा पाउँने बितिकै सुरुको अवस्थामा आउँने बिरामीलाई केहि औषधि सेवन गरेपछि यो रोग ठिक हुन्छ । तर रोगलाई पहिचान गर्न ढिलोगरि जटिल अवस्थामा पुर्याइ विभिन्न एलोपेथिक उपचार गराएर निको नभएको वा अन्तिम अवस्थामा आउँने बिरामीहरुले भने एक दुई महिना सम्मको औषधि सेवन गरेपछि रोग सहज हुदै जान्छ ।
उमेर बढ्दै गएपछि हड्डी खिइने बाथका बिरामीहरु पनि धेरै आउँने गर्छन । उनिहरुलाई पनि औषधि सेवनबाट धेरै नै सहज भइरहेको छ । त्यस्तै हाम्रो यस परम्परा दिव्य आयुर्वेदिक उपचार विधिले विशेष गरेर हड्डी खिइने बाथलाई वा जहाँ हड्डी खिइएको छ त्यहा तेलहरु लगाई लिगामेन्टको रुपमा काम गराउँने गर्दछौं ।
तेलको प्रयोग गरेर आयुर्वेदिक विधिद्धारा बाथ उपचार गरिने विधिलाई पञ्चकर्म विधि पनि भनिन्छ । पञ्चकर्म विधि एवं औषधि सेवनका साथै खानपानमा प्रहेज एवं दिनचर्यामा सुधारको माध्यबाट बाथको उपचार गरिहेका छौं । हाल कोरोनाको प्रकोपले पञ्चकर्म कार्य गरिएको छैन् ।
हालसम्म हामीले गरेको उपचार विधिद्धारा राम्रो नतिजा आइरहेकै छ । बाथ रोगले गाजेर हिजो बैसाखीको साहारामा हिड्ने बिरामी यस उपचारबाट आज मज्जाले हिड्न सक्ने पनि भएका छन् । एलोपेथिक जस्तो आयुर्वेदिक उपचारमा आज औषधि आयो भोलि नै ठिक हुन्छ भन्ने हुदैन । यो अलि लामो समय सम्म खानु पर्ने हुन्छ । हाम्रो औषधालयमा दैनिक बाथकै समस्या लिएर २ देखि ३ जना सम्म बिरामी आउने गरेका छन् यसरी आउँने बिरामीहरुले दिएको प्रतिकृया अनुसार यस उपचार विधि बाथ रोगीहरुका लागि निकै प्रभावकारी बनिरहेको छ ।
(डा.पन्त हाल नयाँ बानेश्वर स्थित परम्परा दिव्य आयुर्वेदिक औषधालयमा कार्यरत छन् ।)