काठमाडौं । विं–सं २०७२ सालको भूकम्पपछि बन्द भएको प्रसूती गृहको टेस्टट्युब बेबी सेवा पुन सुचारु भएको छ ।
टेस्टट्युब बेबी निर्माणका लागि बिरामी संकलनको काम भइरहेको परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालकी निर्देशक डा.संगीता कौशल मिश्राले बताईन् । अहिले बिरामी जम्मा गर्ने कार्य भइरहेको छ । बिरामीहरु जम्मा गरिसकेपछि ब्याच कलेक्सनको काम हुन्छ ।
ब्याच कलेक्सनको काम लगतै टेस्ट ट्युब बेबी उत्पादनको प्रक्रिया सुरु हुन्छ उनले भनिन् । ब्याच बनाइसकेपछि बिरामीको अण्डा उत्पादनका लागि औषधि उत्पादनको कार्य सुरु हुने तथा अण्डालाई निकालेर टेस्टट्युब बेबी बनाइने छ । मंसिरको अन्तिम तथा पुस पहिलो साताभित्र टेस्टट्युब बेबी उत्पादनको काम सकिने डा.मिश्राको दाबी छ ।
टेस्टट्युब बेबी उत्पादनको प्रक्रिया लामो प्रक्रिया हो । यसको प्रक्रिया दुई महिना अगाडिदेखी सुरु गर्नुपर्ने हुन्छ । त्यसैले टेस्टट्युब बेबी निर्माणको प्रक्रिया सुरु भइसक्यो भन्ने बुझ्नुपर्छ उनले बताईन् । टेस्टट्युब बेबी निर्माणको प्रक्रिया मुख्य दुई दिनको भएपनि यसका लागि धेरै लामो समय लाग्ने गर्छ । पहिलो ब्याचका लागि हामीले १० जना बिरामीहरु छनोट गरिसकेका छौं । १० जनामध्ये ६ जना हाम्रो सम्पर्कमा नै हुनुहुन्छ ।
प्रसूती गृहमा टेस्टट्युब बेबी सेवा लिन चाहने दम्पतीले २ लाख खर्च गनुृपर्ने हुन्छ त्यो अन्य निजी अस्पतालको तुलनामा एकदमै सस्तो हो । निजी अस्पतालबाट उक्त सेवा लिनका लागि ५ लाख रुपैंयासम्म खर्च गर्नुपर्ने हुन्छ ।
कसरी बनाइन्छ टेस्टट्युब बेबी ?
सबैभन्दा पहिले आमा र बाबुलाई इन्जेक्सन दिएर डिम्ब र शुक्रकिट निकालिन्छ । यसो गर्दाे आमा र बाबुबाट बढी भन्दा बढी डिम्ब र शुक्रकिट निकल्ने सम्भावना रहन्छ । आमा र बाबुलाई यतिबेला लट्याउने औषधिको समेत प्रयोग गरिन्छ । त्यसपश्चात् नलीबाट डिम्ब र शुक्रकिट निकालिन्छ । डिम्ब र शुक्रकिटलाई टेस्टट्युबमा दुई मिनेट भन्दा बढी समय राखिदैंन । यसका प्रयोग गरिने टेस्टट्युब बजारमा पाइने आकारकै भएपनि प्रकृति भने केही फरक हुन्छ ।
त्यसपछि डिम्ब र शुक्रकिटलाई सिसाको भाँडोमा राखिन्छ । ३६ घन्टासम्म राखिसकेपछि डिम्ब र शुक्रकिट फर्टायल हुन्छ । अर्थात् त्यहाँ बच्चा जन्मनका लागि उपयुक्त वातावरण हुन्छ । त्यहाँ बनिसकेको भ्रुणलाई आमाको गर्भासायमा पुन ट्रान्सफर गरिन्छ जुन प्रक्रियालाई एमरिओ ट्रान्सफर भनिन्छ । त्यसपश्चात् प्राकृतिक रुपमा नै बच्चाको जन्म हुन्छ ।