काठमाडौं - कपाल झर्ने समस्या एकदमै सामान्य समस्या हो । छाला तथा यौन रोग विभागमा दैनिक आउने बिरामी मध्ये ३० प्रतिशत कपाल झर्ने समस्या लिएर अस्पताल आउने गर्दछन् । कपाल झर्ने समस्या विभिन्न कारण जस्तै हर्मोन, जिन, खानपान, तनावले हुने गर्छ ।
यो समस्या हुने एक कारण हर्मोन हो । एन्ड्रोजेन भन्ने मेल हर्मनले कपाल झर्ने समस्या आउँछ । त्यस्तै डायहाइड्रोटेस्टोस्टेरोन भन्ने हर्मोनको संवेदनशिलता उच्च भएपछि कपालको जरा सानो पातलो अथवा सुक्दै जान्छ । सुक्दा सुक्दै हराएर जान्छ । यस्ता समस्याहरु अगाडिबाट सुरु हुन्छ । जसलाई चिकित्सककिय भाषामा एन्ड्रोजेनेक एलोपेसिया भनिन्छ ।
यो समस्या बिशेषगरी युवाहरुमा हुने गर्दछ । परिवारको सदस्य बाबा, आमा र मामाहरुमा कपाल झर्ने समस्या छ भने जिन अनुसार उनिहरुको सन्तानमा पनि यो समस्या हुन्छ ।
एलोपेसिया एरियटामा बिशेषगरी टाउको र शरिरको अन्य भागमा सानो गोलो रिङ, खोइरो लागेको जस्तै देखिने समस्या पनि धेरै भएको पाइन्छ ।
महिलाहरुमा कहिले कपाल चलाउँदा र कपाल कोर्दा झर्ने गर्छ । यो समस्या अव्यवस्थित डाइटिङ प्रणालिले पनि हुने गर्दछ । शरिरलाई आवश्यक पर्ने प्रोटिन खानाबाट परिपुर्ती गर्न सकेन भने कपाल झर्न सक्छ ।
कुनै समस्याले शल्यक्रिया गरिएको छ भने पनि कपाल भmर्ने समस्या आउँछ । नुहाउँदा तातोपानी , नयाँ सेम्पु र कन्डिसनलको प्रयोगले पनि यो समस्या आउँछ । कपालमा कन्डिसनल प्रयोग गर्दा १ सेमि छोडेर प्रयोग गर्नु उपयुक्त हुन्छ ।
पुरुषको कपाल नभएर खासै फरक पर्दैन । तर महिलाको सैन्दर्यको साधन नै कपाल हो त्यसैले कपाल झर्नाले सुन्दरतामा भने निकै असर गर्छ । कपाल झरेपछि मानिसलाई बुढ्यौलि देखीन्छ । कपाल नभएका कारण मानिसहरु डिप्रेश भएर आत्महत्याको बाटो समेत रोज्ने गरेको पाइन्छ ।
सैन्दर्य सबैको लागी आवश्यक हुन्छ । महिला र पुरुषमध्ये महिलामा कपाल झर्ने समस्या धेरै हुन्छ, किनकि महिलाहरु कस्मेटिक सामान प्रति चासो दिन्छन् ।
कपाल झर्ने समस्यालाई रोकथाम गर्नका लागी कपालको जरा सुक्न दिनुहुदैँन । जसका लागी बिशेष ध्यान दिनुपर्छ । यो समस्या भए मानिसले पहिलो चरणमा नै औषधि खाएर वा तेलहरु लगाएर निको पार्न सकिन्छ । कतिपय मानिसले सुरुवाति चरणमा उपचार गर्दैनन् जसमा कारण औषधिले काम गर्दैन र कपाल प्रत्यारोपण नै गनुपर्ने हुन्छ ।