डा.समीर कुमार अधिकारी
सहप्रवक्ता स्वास्थ्य मन्त्रालय
दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट फेला परेसँगै विभिन्न देशहरु उक्त भाइरस आफ्नो देशमा भित्रिन नदिनका लागि विभिन्न सतर्कता अपनाइसकेका छन् ।
दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा दक्षिण अफ्रिाकामा कोरोनाको नयाँ भेरियन्ट फेला परेको अवस्थामा नेपालमा उक्त भेरियन्ट आउन नदिनका लागि नेपाल सरकारले कसरी तयारी गरिराखेको छ ।
उक्त भाइरस संक्रमणको पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठनले नयाँ भाइरसको पुष्टि हुनुलाई एकदमै चिन्ताको विषय भनेको छ । यूरोप अमेरिका लगायतका विभिन्न मुलुकहरुले अफ्रिकन मुलुकबाट हुने उडानमा नै प्रतिबन्ध लगाइसकेका छन् ।
छिमेकी मुलुक भारतमा पनि एकजनालाई कोरोना उक्त भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ। नयाँ भेरियन्ट नेपाल आउन नदिनका लागि नेपाल सरकारले के –कस्ता सतर्कताका उपाय अपनाएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सुचना अधिकारी डा.समीरकुमार अधिकारीसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानी :
दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट भेटिएसँगै उक्त भाइरस नेपालमा भित्रिन नदिनका लागि स्वास्थ्य मन्त्रालयको तयारी के छ ?
दक्षिण अफ्रिकामा देखिएको कोरोनाको ओमिक्रोन भेरियन्ट बढी मात्रामा संक्रामक छ भनिएको छ । हालसम्म नेपालमा गरिएको परीक्षण क्रममा नेपालमा उक्त भेरियन्टको पुष्टि हालसम्म भएको छैन ।
पछिल्लो समय जिन सिक्वेन्सिङ का लागि हामीले विभिन्न नमुनाहरु संकलन गरेर बाहिर पठाएका छौं । नमुना परीक्षणका लागि हामीले अन्र्तराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका छौं । विश्व स्वास्थ्य संगठन तथा विभिन्न अन्र्तराष्ट्रिय संस्थाहरुसँग समन्वय गरी काम गरिरहेका छौं ।
नेपालमा नयाँ भेरियन्ट पुष्टि हालसम्म भइसकेको भने छैन । यद्यपि हामीले सावधानी तथा निगरानीको काम भने अगाडि बढाइसकेका छौं । हामीले विभिन्न नाका भई नेपाल प्रवेश गर्ने मानिसहरुलाई कडाईं गर्ने काम सुरु गरिसकेका छौं । त्यस्तै विभिन्न देशबाट नेपाल प्रवेश गरेका मानिसहरुको पिसिआर प्रवेश गर्ने,भ्याक्सिन लगाउने,अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने क’राहरुमा विशेष कडाईंका साथ काम गरिरहेका छौं । विदेशबाट नेपाल आउनेहरुको हकमा भने कोही कसैलाई संक्रमण पुष्टि भएको खण्डमा जिन सिक्वेन्सिङ को कार्र्य स्वास्थ्य मन्त्रालयले सुरुवात गरिसकेको छ । बढ्दो विश्वव्यापीकरण सँगै दक्षिण अफ्रिकामा देखिएको उक्त भेरियन्ट नेपाल आउन धेरै समय नै नलाग्न सक्छ । त्यसैलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले आफ्नो काम कार्वाहीलाई अगाडि बढाएको छ ।
भारतमा उक्त भेरियन्ट फेला परिसकेको अवस्थामा छ यस अवस्थामा उक्त भेरियन्ट नेपाल आउन नदिनका लागि कसरी काम भइरहेको छ ?
भारत उक्त नयाँ भेरियन्टको संक्रमण पुष्टि भइसकेको हुनाले उक्त भेरियन्ट छोटो समयमा नै नेपाल आउँछ भन्ने तयारीका साथ हामी काम गरिरहेका छौं । त्यसका लागि निगरानीका पाटोलाई बलियो बनाउने , जनस्वास्थ्यका मापदण्डहरुको कडाईंका साथ पालना गराउने,सकेसम्म सबैको पहुँचमा खोप कार्यक्रम पु¥याउने जस्ता कामहरु गर्न सकिन्छ ।
कोरोना बिरामीको उपचारका लागि छुट्याइएको सरकारी अस्पतालहरुमा अन्य बिरामीहरुको समेत उपचारको कार्य सुरु भइसकेको छ ,यस अवस्थामा अस्पतालहरु तयारी अवस्थामा छन् ?
अहिले हामी अस्पतालसम्म पुगिसकेका छैनौ । यद्यपि अस्पतालहरुलाई तयारी अवस्थामा रहनका लागि हामीले निर्देशन दिने काम पहिलेदेखि नै गरि आएका छौं ।
अस्पतालहरुका पूर्वाधार तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा नै राखेका छौं । नयाँ भेरियन्टबारे विश्व स्वास्थ्य संगठन तथा विज्ञहरुको धारणा अझै पनि आउन बाँकी नै रहेको अवस्था छ । अहिलेसम्म जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने कुराहरु तथा निगरानीका कुराहरु मात्रै हामीले काम अगाडि बढाएका छौं । अस्पतालहरुलाई तयारी अवस्थामा राख्नमा भन्दा पनि नेपाल सरकारले नयाँ भेरियन्ट नेपाल भित्रिन नदिनमा नै जोड गरेको छ ।
विभिन्न राजनीतिक दलहरुको बैठक,भेला तथा महाधिवेसनहरु चलिरहेको अवस्थामा कोरोनाको नयाँ नेपाल भित्रिने जोखिम कतिको छ ?
पछिल्ला दिनहरुमा कोरोना कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या केही घटेको छ । तर पनि सक्रिय संक्रमित ७ – ८ हजारको हाराहारीमा रहन’ सानो संख्या भने होइन । पहिले धेरै नै ग्राहो स्थितीको सामना गरिसकेका हुनाले यसलाई हामीले केही सहज रुपमा लिएका मात्रै हौं । तर जोखिमको नजरबाट हेर्ने हो भने संक्रमणको जोखिम एकदमै बढेर गएको छ ।
यसरी दिनहुँ रुपमा हुने विभिन्न राजनीतिक भेलाहरुलाई व्यवस्थित गर्न नसकेको खण्डमा कोरोना संक्रमणको जोखिम त्यसबाट अवश्य नै बढ्ने देखिएको छ । संक्रमणको रोकथामबाट नै यसको समाधान आउने भएकाले सावधानी अपनाउन अत्यावश्यक छ । संक्रमित बिरामीको तुलनामा स्वास्थ्यकर्मी,अस्पताल तथा बेडहरुको गुणात्मकता बढाउन नसकिने भएकोले समयमा नै सबैको ध्यान त्यसतर्फ जान आवश्यक छ ।
विदेशबाट नेपाल आउनेहरुको व्यवस्थापन कसरी गरिराख्नु भएको छ ?
हामीले नेपाल प्रवेश गर्ने हरेक नाकामा पिसिआर परीक्षणलाई अनिवार्य बनाएका छौं । साथै कोरोना खोप लगाएको खोप कार्ड ल्याउन’पर्ने ,खोप नलगाएका व्यक्तिहरु सरकारको तोकेअन’सार क्वारेन्टिमा बस्नुपर्ने जस्ता कामहरु भइरहेका छन् । साथै विभिन्न ठाउँमा रहेका हेल्थ डेस्कहरुलाई प्रभावकारी बनाउनका लागि निर्देशन दिइसकेका छौं ।