मानिसको जीवनशैली तथा खानपानमा आएको परिवर्तनसँगै दिनहुँ विश्वमै युवा मुटु रोगीहरुको संख्या बढ्दै गएको छ ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा .चन्द्रमणि अधिकारीका अनुसार सन् २०१२ देखी २०१८ सम्मको तथ्यांक हेर्दाै हृद्यघात हुनेहरुको संख्या ३ गुणाले बढेको छ । २०१२ मा गरिएको एक अध्ययनमा ४९५ जना हृदयघात भएका बिरामी थिए। भने सन् २०१८ मा उक्त संख्या बढेर १४५० पुगेको थियो । यो गंगालाल अस्पतालमा आएका बिरामीहरुको मात्रै तथ्यांक हो ।
एक दिनमा मात्रै युवा उमेरका चार जना हृदयघात भएर अस्पताल आउने गरेका छन्।यस्तै, प्रत्येक वर्ष १५ हजार हृदयघातका नयाँ बिरामी थपिने तथ्यांक छ।
किन बढ्दै गएको छ हृदयघात ?
जसलाई पहिलो पटक हृदयघात हुन्छ। त्यसमध्ये २३ प्रतिशत बिरामीको मृत्यु अस्पताल पुग्नुअगाडि नै हुन्छ। र, अस्पतालभित्र भर्ना भएका लगभग १३ प्रतिशतको मृत्यु हुन्छ, जुन तथ्यांक अन्तर्राष्ट्रिय हो।
नेपालको एकिन तथ्यांक छैन। भर्ना भएका ७ प्रतिशतको मृत्यु हृदयघातबाट हुने गरेको अस्पतालको तथ्यांक छ। यो तथ्यांकलाई मान्ने हो भने हृदयघात भएपछि ३० प्रतिशत मानिसहरु घर फर्किएर जाँदैनन्।सबैले बुझ्नुपर्ने कुरा के छ भने हृदयघात नै हुन नदिनु ठूलो कुरा हो। हृदयघात भएपछि धेरै जनाको मृत्यु हुन्छ।
हृदयघात भएको मानिसको उपचार मंहगो छ। अप्रेशनका लागि सरकारबाट ठूलो सहयोग छ। तर, पनि बिरामीले जिन्दगीभर औषधि खानुपर्ने हुन्छ।यो हिसाबले हर्दा हृदयघातलाई कसरी रोक्ने भनेर बुझ्नुपर्छ।हृदयघातलाई दुई किसिमबाट नियन्त्रण गर्न सकिन्छ–परिवर्तन गर्न सकिने र नसकिने।दक्षिण एसियामा हृदयघात हुने प्रमुख समूहमा नेपाली पनि पर्छौं। त्यसैगरी, उमेर, वशांणुगत र महिलाको तुलनामा पुरुषलाई बढी हुने सम्भावना हुन्छ। परिवर्तन गर्न सकिने कुरा प्रमुख कुरा धुमपान हो।
अस्पताल आएका (सन् २०१२) बिरामीको हिस्ट्री लिँदा हृदयघात भएर आएका ४९५ मानिसमा ९७ दशमलब ८ प्रतिशतले धुमपान गरेको पाइयो। त्यही कुरालाई सन् २०१८ मा हेर्दा धुमपान गरेका ५७ प्रतिशत मानिसलाई हृदयघात भएको पाइयो।हृदयघात हुने बिरामीको आयू अमेरिकाको तुलनामा दक्षिण एसियामा १० वर्षले घटिरहेको छ। पहिला–पहिला हामी भन्थौं–४० वर्षमुनिका हृदयघात भएका मानिस अस्पताल आउँदैनन्।
तर, अहिले ४० वर्षभन्दा कम उमेरका मानिसमा हृदयघात भइरहेको छ। सन् २०१२ को जुनदेखि २०१३ को जुनसम्म हृदयघात भएर आएका बिरामीको अध्ययन गर्दा सबैभन्दा बढी कारक तत्व धुमपान थियो। जसमा ६४ प्रतिशतले चुरोट सेवन गर्ने गर्थें।
त्यसैगरी, २०१५ देखि २०१६ सम्मको अध्ययनमा ४५ भन्दा कम उमेरका १२ प्रतिशतलाई हृदयघात भएको देखिन्छ। ती १२ प्रतिशत (१३२) मा ११० जना पुरुष र २२ महिला छन्। लगभग ७० प्रतिशतले चुरोट खाने गरेका रहेछन्। जसमध्ये पनि २० प्रतिशत मानिसको कारकतत्व ‘धुम्रपान’ छ। भन्नुको मतलव १३२ जनामध्ये २७ जनामा हृदयघात हुनुको एक मात्र कारण धुम्रपान छ।
अहिले हामीले देख्छौं २०–२५ वर्षको उमेरमा हृदयघात भएर आएका बिरामीहरु चुरोट सेवन गर्ने मात्र छन्।नेपालमा चुरोट सेवन गर्ने मानिसको संख्या घटेको छैन। युवा अवस्थामा नै चुरोट खान सुरु गर्ने गरेका छन्। पुरुषको तुलनामा महिलाले बढी चुरोट खाने गरेका छन्।
चुरोट खाने मानिसलाई हृदयघात कति गुणाले बढ्छ ?
यदि ५० वर्षभन्दा कम उमेरका मानिसले चुरोट सेवन गर्छ भने उसलाई हृदयघात हुने सम्भावना चुरोट नखाने मानिसको तुलनामा आठ गुणाले बढी हुन्छ। त्यसैगरी, ५० देखि ६५ वर्षसम्ममा पाँच र ६५ वर्षभन्दा माथि तीन गुणाले बढ्छ । त्यसकारण, जति सानो उमेरमा चुरोट खान सुरु गर्छ, उसलाई हृदयघात हुने सम्भावना त्यही उमेर समूहको तुलनामा बढी हुन्छ।
चुरोटले सबैभन्दा खतरा कसलाई गर्छ?
एक अध्ययनले के देखाएको छ भने १८ देखि ३९ बर्षसम्मका चुरोट खाने महिला र पुरुषलाई हेर्दा चुरोट खाने महिलालाई १३ गुणा हृदयघात हुने सम्भावना हुन्छ। यसमा पनि परिवार नियोजनको चक्की र चुरोट खाने मानिसलाई हृदयघात हुने सम्भावना एकदमै बढी हुन्छ।त्यसकारण युवा अवस्थामा चुरोट र खैनी खाने बानीलाई तुरुन्तै रोक्नु पर्ने हुन्छ।
एक मानिसले चुरोट छाड्नेबित्तिकैका फाइदा
–२० मिनेटमा ब्लड प्रेसर नर्मल हुन्छ
–तीन दिनमा श्वास फेर्न सजिलो अनुभव गर्छ
–एक वर्षमा हृदयघात हुने सम्भावना ५० प्रतिशतले कम गर्न सकिन्छ।
–चुरोट खान छोडेको १० वर्षभित्र हृदयघात हुने सम्भावना चुरोट नखाने मानिससँग बराबर हुन्छ।
–दुई वर्षमा फोक्सोले गर्ने काम ३० प्रतिशतले राम्रो काम गर्छ।
त्यसकारण हामीले चुरोट सेवन अहिलेदेखि नै बन्द गर्नुपर्छ।