काठकाडौं- केही गर्न मन नलाग्ने, खुशीको कुराहरु नै हराएर जाने, पहिले पहिले खुशी लाग्ने कुराहरुमा पनि खुशी लाग्न छोड्ने, के कुरामा खुशी लाग्छ भनेर १० चोटि सोच्नु पर्ने, एकदमै थकाई लागेको अनुभब हुने, शरीरमा आलस्यता आउने,सानो सानो कामले गर्दा पनि शरीर थाकेर लखतरान हुने साथसाथै शरीरमा कुनै प्रकारको उर्जा नै नहुनु डिप्रेसनको लक्षण हो।
डिप्रेसन एक मनोबैज्ञानीक रोग हो र यसलाई पागलपन भनेर लुकाउनु मुर्खता हो। यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो। कुल जनसंख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ । डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ ।
यो समयमा निन्द्रामा पनि एकदमै समस्या आउने गर्दछ जसम बढी निन्द्रा लाग्न पनि सक्छ र निन्द्रा लाग्दै नलाग्ने पनि हुनसक्छ। निन्द्रा नलागेको अवस्थामा अनेकथरी बिचार आउने, मन छटपट हुने, दिउँसो भएको सानो सानो घटना दिमागमा घुम्ने गर्दछ। नराम्रो सपना आउने, हात खुट्टा झमझमाउने, खुटा दुखेको जस्तो, टाउको दुखेको जस्तो हुने, झन्झट लाग्ने, कसैले केही गर्ने बितिकै रिसउठ्ने, हरेक कुरामा असन्तुस्टी महसुस हुने, जस्ता लक्षण देखिने गर्दछ।
परिवारमा एकजनालाई मात्र डिप्रेसन भए पुरै परिवारलाई नै यसले असर गर्ने गर्दछ। परिवार सँगसँगै साथीभाइ, आफ्न्तलाई पनि यसले असर गर्दछ। यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ । श्रीमानसँग पनि कचकच परिरहने बच्चाहरुलाई गाली गरिरहने डिप्रेसनमा देखिने थप लक्षण हुन्। एउटा महिला परिवारको केन्द्रीय शक्ति हो। उसमा हरेक कुरालाई बाँधेर राख्ने क्षमता हुन्छ। यदि तपाईंको परिवारमा पनि कसैलाई यस्तो भईरहेको छ भने तुरुन्त उचित परामर्स लिन अनुरोध गर्नुहोला।
डिप्रेसन राम्रोसँग उपचार गरे निको हुने रोग हो। डाक्टरको राम्रोसँग परामर्स लिए र जीवनशैली ब्यबस्थ्ति गर्यो भने सजिलैगरी यसबाट मुक्ती पाउन सकिन्छ।
आफुपनि बाँचनुस् अरुलाई पनि बचाँउनुहोस्।
(मनोवैज्ञानिक डा.नम्रता प्रधानसँगको अन्तर्वातामा आधारित)