ओभरियन सिस्ट भन्नाले डिम्बासयको फोका भन्ने बुज्छौ जुनमा एउटा साधारण पानी पनि हुन सक्छ अथवा बाक्लो पानी पनि हुन सक्छ। त्यसैले ओभरियन सिस्टलाई साधारण रुपमा डिम्बासयको पानीको फोका भनेर बुझ्छौ।
ओभरियन सिस्टको कति प्रकारका हुन्छन?
- ओभरियन सिस्ट २ प्रकारका हुन्छन्।
१। फिजिवोलोजीकल (Physiological)
२। प्यथोलजीकल (Pathological)
फिजिवोलोजीकल(physiological) सिस्ट भनेको एउटा साधारण खालको पानीको फोका हो जुन महिनावारी हुँदा खेरी आउने र जाने गर्दछ। धेरै जस्तो महिलाहरुलाई यस्तो खालको सिस्ट हुने गर्दछ। यसले स्वास्थ्यलाई खासै असर गर्दैन।
तर कुनै कुनै सिस्ट जस्तै प्यथोलजीकल (Pathological) सिस्ट चाँही आँफै जादैन। त्यस्तो सिस्टलाई उपचारको आवश्यक हुन्छ। यदी सिस्ट सानो छ भने त्यसलाई उपचारको आवश्यक हुँदैन र यदी ५ सेन्टिमीटर भन्दा ठुलो छ भने त्यसलाई उपचारको आवश्यक हुन्छ।
ओभरियन सिस्ट हुँदा के कस्तो लक्ष्ण देखिन्छ?
- पानिको ठुलो फोका
- अत्याधिक मात्रामा पेट दुखाई
- पेट डुम्म हुनु
- महिनावारी गडबडी हुनु
के यो बिहेसँग सम्बन्धित छ त?
- बिहेसँग यो सम्बन्धित छैन तर भर्खरै गरिएको अनुसन्धान अनुसार यो ५-९ बर्षको बालिकाहरुमा एकदमै कम पाईएको छ । जती जती उमेर बढदै जान्छ र जती जती शरीरमा होर्मोने आउँदै जान्छ त्यतिनै तपाईंको ओभरियन सिस्ट हुने सम्भवाना बढी हुन्छ।
किन हुन्छ ओभरियन सिस्ट?
-ओभरियन सिस्ट हुने कुनै ठेट कारण छैन तर महिनावारीलाई यसको कारणको रुपमा लिन सकिन्छ।
के ओभरियन सिस्टले बाँझोपन गराउँछ?
- पोलीसिस्टिक ओभरियन डिजिज (Polycystic ovarian disease) ले बाँझोपन गराउँछ। यदी यस्तो रोग हो भने यसलाई उपचारको आवश्यक छ।
ओभरियन सिस्टबाट कसरी बच्ने?
- जनचेतना हुनुपर्ने ।
- शरीरको राम्रो चेकअप गराईराख्ने।
- महिनावारीमा गडबडी भए जाँच गराउन गराइहाल्ने ।
(स्त्री रोग विशेषज्ञ डा. रोशनी उलकसँगको कुराकानीमा आधारित )