काठमाण्डौ ।नेपालकै उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्नो सम्मानको सुचीमाअर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ। बेलायतको लण्डनबाट प्रकाशितहुने प्रसिद्ध म्यागजिनदि बैंकर को निर्णायक मण्डलले “दि बैंक अफदिइयर एसिया २०२१” अवार्डको लागिएनएमबि बैँकलाई छनोट गरेको हो ।
चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ ।एनएमबि बैंक यो पुरस्कार प्राप्तगर्ने पहिलो नेपाली बैंक हो, नेपालको बैंकिङ उद्योगकै लागिआफैंमा एउटा ऐतिहासिक उपलब्धि हो ।
यो सँग–सँगै एनएमबिले “द बैंक अफ द इयर २०२१” को अवार्ड पनि जितेको छ । एनएमबिको ५ वर्षमा चौँथो अवार्ड जितेको छ । द बैंकरम्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोहीदिनमै एभरेष्ट होटलमा हिजो आयोजितपत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो ।
बैंककाअध्यक्षले, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुखकार्यकारी अधिकृतको उपस्थितिमा सो उपाधि सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाको हातबाट समस्त बैंकिङ्ग क्षेत्रको तर्फबाट ग्रहण गर्नुभयो ।
उपाधिकालागि बैंकलाई बधाई दिँदै सम्माननीयप्रधानमन्त्रीले “दि बैंक अफदिइयर एसिया २०२१” जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानितभएर एनएमबिबैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपालीवित्तीय क्षेत्रले नै ठूलो उपलब्धिमान्नुपर्ने बताउनुभयो ।\
बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएकानवीनतम सेवा र उत्पादनहरु, दिगो विकासकालागिगरिएकागतिविधिहरू, र प्रतिकुल परिस्थितीको सामनागर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदानगरिन्छ ।
दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्चकर्पोरेट कार्यशैलीप्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमबिले यो अवार्ड जितेको हो ।
बैंकले दिगो संगठनात्मक संरचनामाआफ्नो पहिचानबनाएको छ र यसैले यसलाई यो प्रतिष्ठित पुरस्कारको लागि योग्यविजेताबनाएको छ ।बैंकको देशभरभरि २०१ शाखाहरु छन्। जसले डिजिटल सेवा प्रवाह गर्ने क्षमता राख्दछन्।