महोतरी । प्रत्येक घरमा स्वास्थ्य सम्बन्धि परामर्श दिई स्वास्थ्य सम्बन्धि समस्या भएकालाई उपचारको पहुँचमा पु¥याउन सामुदायिक स्वास्थ्य नर्सिङ घरदैलो कार्यक्रम सुरु गरिएको छ।
स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले महोत्तरीको बर्दिवास र भक्तपुर जिल्लामा यसको नमुना कार्यक्रम सुरु गरेको छ।
महाशाखाले खटाएका नर्सहरुले स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्ये कार्यक्रम लागू भएका रहेका वडाका घरघरमा गई स्वास्थ्य सम्बन्धी जानकारी दिने, प्रजनन् स्वास्थ्य, बालस्वास्थ्य, गर्भवति तथा सुत्केरी, नवजात शिशुस्याहार, पोषणलगायतका सम्पूर्ण स्वास्थ्य परामर्श दिने छन्।
महाशाखाकी अस्पताल नर्सिङ प्रशासक बाला राईले यसै महिनादेखि सुरु भएको यो कार्यक्रमका लागि बर्दिवासमा १४ जना र भक्तपुरमा १० जना नर्सिङ हेल्थ अफिसरलाई करारमा लिई कार्यक्रम सुरु गरिएकोछ ।
उनले भनिन्‘यो कार्यक्रममा वडाका प्रत्येक घरमा गई हाम्रा स्वास्थ्यकर्मीले परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी दिने, तथ्यांकहरु संकलन गर्ने, कसैलाई तत्काल कुनै स्वास्थ्य उपचारको आवश्यकता भए सेवा प्रदान पनि गर्नुहुन्छ। तर यो कार्यक्रम स्वास्थ्य सेवा दिने भन्दा पनि परामर्श दिने र रेफरल हुन्छ।’
एक वर्षको पायलटिङको रिजल्ट हेरेर, यसको प्रभावकारीताको आधारमा आगामी वर्ष अन्य जिल्लामा पनि कार्यक्रम विस्तार हुने महाशाखाले जनाएको छ।