काठमाडौं- नेपालमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण नियन्त्रण हुन सकेको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४२८ जना व्यक्ति सङ्क्रमित भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या नै १२ हजारभन्दा बढी भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १० हजार एक जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार ३६५ जना र ४४७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै बिहीबार थप पाँच जना सङ्क्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २५२ जना सङ्क्रमित निको भएका छन् । त्यसैगरी राजधानीभित्रका जिल्ला काठमाडौँमा ९८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जना गरी एक हजार १७४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ६९० पुगेको छ भने क्वारेन्टाइनमा ८१ जना रहेका छन् । त्यसैगरी देशभरका विभिन्न अस्पतालका आईसीयूमा १७० र भेन्टिलेटरमा ५९ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ११७ पुगेको छ।
अस्पतालमै जोखिम
कोरोना सङ्क्रमण बढ्न थालेपछि अस्पतालको जनशक्तिमा समेत जोखिम बढेको छ । राजधानीको वीर अस्पतालमा कार्यरत ६ जना चिकित्सकसहित १७ जना नर्स तथा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये केहीलाई यसअघि पनि कोरोना सङ्क्रमण भएको थियो ।
सङ्क्रमित हुनेमध्ये अधिकांशले पहिलो चरणको कोरोनाविरुद्धको खोप पनि लगाएका थिए । वीर अस्पताल कोभिड फोकल पर्सन डा। अच्युत कार्कीले सङ्क्रमितमध्ये ६ जना चिकित्सक रहेको बताए। उनले सबैभन्दा बढी कोभिड आईसीयूमा कार्यरत चिकित्सक, नर्सलाई कोरोना देखिएको जानकारी दिए । यस्तै फार्मेसीमा कार्यरत फर्मासिस्ट, पारामेडिक्ससमेतलाई कोरोना पुष्टि भएको छ ।
कोभिड फोकल पर्सन डा। कार्कीले तीमध्ये केही वीर अस्पतालमै उपचाररत रहेको बताए। वीर अस्पतालको कोभिड आइसोलेसन सेन्टरमा ३५ जना कोरोना सङ्क्रमित उपचारमा रहेका छन् । तीन जना भेन्टिलेटरमा र आठ जना आईसीयूमा रहेका छन् ।गोरखापत्रबाट