काठमाडौं- बाँकेमा शुक्रबार बिहानै थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार २ जना संक्रमितको बिहिबार राती र १ जनाको आज बिहान मृत्यु भएको छ ।
मृत्यु हुने मध्ये नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड ३ सल्ल्यानका ५६ वर्षिय पुरुष, जानकी १ की ७१ वर्षिया महिला र बैजनाथ ६ का २८ वर्षिय पुरुष रहेको फोकलपर्शन ओलीले बताए ।
मृतकहरुको शव ब्यवस्थापनका लागि परिवारका सदस्य र नेपाली सेनासँग समन्वय भईरहेको फोकलपर्शन ओलीले जनाएका छन् ।
बाँकेको स्थिति नियन्त्रण बाहिर
त्यस्तै भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले सामाजिक संजालमा स्टाट लेख्दै 'बाँकेमा स्थिति नियन्त्रण बाहिर गएको र कोभिडका लागि लागि छुट्टाएर राखिएका सम्पूर्ण (१४२) बेडहरु पूर्णरुपमा भरिसकेका छन् र जटिल प्रकारका संक्रमित बिरामीको आउने क्रम अझै पनि जारी नै छ ।'
डा. थापा लेख्छन् 'हामी मुखदर्शक भएर बस्ने बाहेक केही गर्न सक्ने अवस्था छैन। हरेकले आफ्नो ठाउँ बाट महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी देखिन्छ। आउँदा दिन हरु अझै भयावह हुने देखिन्छ। हामी हाम्रो तर्फ बाट सतप्रतिशत सेवा दिन्छौं ।'
हरेक नागरिकले आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित हुन सहयोग गर्न समेत डा.थापाले अनुरोध गरेका छन् ।
यस्तो छ भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले सामाजिक सञ्जालमा लेखेको स्टाटस: