यदि पाइलट पोजिटिभ पाइए वा कुनै सङ्क्रमितसँगको संसर्गमा आएको अवस्थामा उनीहरूलाई अस्पताल वा क्वारन्टीन स्थलमा लगिन्छ।

सङ्क्रमितका परिवार र निकट सम्पर्कमा रहेकाहरूलाई समेत उक्त केन्द्रमा बस्न बाध्य पारिन्थ्यो जसमा बालबालिका र गर्भवती महिला समेत थिए।

विदेशमा पनि चीनकै नियम

क्याथे प्यासिफिकका पाइलटहरू देशबाहिर हुँदा समेत प्रतिबन्धबाट मुक्त हुँदैनन्। अन्य देशहरूमा समेत उनीहरूलाई तिनै नियमले बाँधिरहन्छन्।

 सिधै आफ्नो कोठाबाट विमानमा जानुपर्छ। उडानपछि पुन: आफ्नो कोठामा गएर अर्कोपटक नउड्दासम्म बन्द रहनुपर्छ ,होटलमा रहँदा खाना खाने बेलामा समेत उनीहरू कोठाभित्रै बस्नुपर्छ।

"खाना कोठामै आउँछ। ढोकामा सुरक्षाकर्मी बसेका हुन्छन्। त्यसैले तपाईँ गल्लीमा समेत निस्कन पाउनुहुन्न। तपाईँ काममा देखा परेदेखि हङकङ फर्कँदासम्म क्वारन्टीनमै रहनुहुन्छ।"

विदेशी विमानका चालकदललाई समेत यी नियम लागु हुन्छ।

बिबिसी बाट