काठमाडौं - सबै बालबालिकाको पहिलो दाँत आउने समय एउटै हुदैँन । कोहि बालबालिकाको छिट्टो आउँछ त कोहि बालबालिकाको ढिला आउँन सक्छ ।
केहि अभिभाबकहरु सानो उमेरमा दाँत उम्रेको बालबालिकासँग तुलना गरेर आफ्नो बच्चाको दाँत आएन भनेर तनाब लिन थाल्छन् । सामान्यतय बालबालिकाको दाँत ४ महिना देखि १५ महिनासम्ममा आउने गर्दछ ।
२५ प्रतिशत बालबालिकाको दाँत ढिलो उम्रने बिज्ञहरु बताउँछन् । विभिन्न कारणले बालबालिकाको दाँत ढिला उम्रने सक्छ। त्यसमध्ये केहि कारणहरु यस्ता छन् ।
बंशानुगत,
थाइराइड र अन्य हर्मोनको समस्या,
भिटामिन डि को कमी, कुपोषण,
रगतको कमी,
उमेर नपुगी जन्मेका कम तौलका शिशुहरु,
मानसिक र शारीरिक विकास ढिलो हुनु
दाँत ढिला आउँदा बांगो टिंगो दाँत आउने, एकै ठाउँमा २ ओटा एकै समयमा आउने, समयमा चपाउन नसक्ने, गिजा भित्र सिस्ट बन्ने जस्ता असरहरु देखिन सक्छन् ।
बालबालिकाको १५ महिनासम्म पनि दाँत नउम्रेमा सम्बन्धित चिकित्सकसँग परामर्श लिन जरुरी हुन्छ ।