ललितपुर सानेपा –२ स्थित स्टार अस्पतालले नुवाकोटको विदुरस्थित ढुंगे –१ मा “स्टार नुवाकोट अस्पताल” संचालनमा ल्याएको छ । स्टार अस्पताल सानेपाका कार्यकारी अध्यक्ष किशोर कुमार मर्हजनले औपचारिक उद्घाटन गरे सँगै संचालनमा आएको हो ।
उपत्यका बाहिर बसोबास गर्ने नागरिकलाई सरल र सुलभ दरमा बिशेषज्ञ सेवामा पहुँच विस्तार गर्ने योजना अनुसार अस्पताल १५ बेड बाट ५० बेडमा स्तरोन्नती गरेर संचालन गरिएको हो । अस्पतालले हरेक दिन विभिन्न विशषेज्ञ सेवा, जिल्लामै पहिलो सिटी स्क्यानसहित रेडियोलोजी तथा गुणस्तरीय ल्याबको सेवा दिने बताएको छ।
उक्त अस्पतालमा ५० प्रतिशत लगानी ललितपुरको सानेपास्थित स्टार अस्पतालको रहेको र ५० प्रतिशत लगानी स्थानिय समाजसेवी तथा व्यावसायीहरुको रहेको अध्यक्ष किशोर कुमार महर्जनले जानकारी दिए। उनले भने ‘अब यो अस्पताल छिट्टै पब्लिक लिमिटेड हुनेछ। हामी सबै सँग हातेमालो गरेर यस अस्पतालको सेवा अझ बिस्तार गर्नेछौ।
स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा शैल रुपाखेतीले अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा एउटै स्थानमा केन्द्रित नभएर होरिजेन्टल फैलावटबाट नेपालका शहरी तथा ग्रामिण भेगमा सेवा पुर्याउने उदेश्यले नुवाकोट अस्पतालाई भगिनी अस्पतालका रुपमा स्टार नुवाकोट अस्पताल बनाइएको बताए।
डा रुपाखेतीले स्टार अस्योरेन्सको माध्यमबाट हेल्थ इन्स्योरेन्स पनि सुरु गरिने भन्दै उपचारबाट कोही पनि बन्चित नहोस भन्ने मुल मन्त्रका साथ अस्पतालले सेवा दिने जानकारी दिए। स्टार अस्पताल सानेपामा सबै खालका विशेषज्ञ सेवा नियमित उपलब्ध भइरहेको भन्दै नुवाकोटका जनताको लागि पनिविशेषज्ञ सेवाउपलब्ध गर्नका लागि स्टार नुवाकोट अस्पतालसंचालनमा ल्याएको स्पष्ट पारे ।
कार्यक्रममा स्टार अस्पतालका पुर्व अध्यक्ष वसन्त मरहट्ठा, सिनियर ग्यास्ट्रोलोजिस्ट डा दिवेश गुर्वाचार्य उद्योग वाणिज्य संघ नुवाकोटकी उपाध्यक्ष गिता अमात्य, त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डे सहित सरकारी कार्यालयका प्रमुख तथा राजनितिक दलका प्रतिनिधि, स्थानिय समाजसेवी, मिडियाकर्मी र सेवाग्राही लगाएतको उपस्थिति थियो।
स्टार नुवाकोट अस्पताल उद्धघाटनको उपलक्ष्यमा ४ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरसमेत आयोजना गरेको छ ।