मङ्सिर , काठमाडौं : जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य सामाग्रीहरु काठमाडौंमापनि उपलब्ध गराउने भएका छन् । विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको मोमोतानीजुनतेन्कानको स्वामित्वमा रहेका यीदुवै ब्रान्डका उत्पादनहरु नेपालमा पहिलोपटक उपलब्ध हुँदै छन् । महिलाहरुमा प्रायः बढी देखा पर्ने डन्डिफोर लगायत अन्य समस्याहरुको लागि यो विश्व-विख्यातनाम हो। मोमोतानीजुनतेन्कान ले १८८५ माबिगन्सुइ नामको एक्ने केयर उत्पादनसँगै आफ्नो उत्पादनको शुरुवात गरेको थियो र पछि यसले अन्य स्किन केयर सामाग्रीहरुको उत्पादनगर्न थालेको थियो । जापानकि साम्राज्ञीले समेत प्रयोग गर्ने यहि ब्राण्डको उत्पादनहरु हाल मेशोकु र मोमोतानीका विश्वका २५ देशमा बिक्री भइरहेका छन् । यसका उत्पादनहरु माएक्नि केयर, स्किन केयर, मेक-अप र हेयर केयरहरु आदि छन्। यी सबै उत्पादनहरु जापानमै बनेकाहुन्।
नेपाल स्थित लाफिङ यति ट्रेडिङ प्रा.लि.ले यसलाई नेपालमा भित्र्याएको हो। लाफिङ यतिले नयाँँबानेश्वर र पुल्चोकमा जापानिज भेराइटि स्टोर खाइमोनो र सिभिल मलमाटच - मीजापानपनि सन्चालनगर्दै आइरहेको छ । खाइमोनोमा सम्पूर्ण घरायसी सामानहरु, सजावटका सामानहरु, जापानीज् सौन्दर्य प्रसाधनहरु र अन्यउपयोगी सामानहरु उपलब्ध छन भने टच मीमा महिला पुरुषदुवैको लागि ब्रान्डेड ब्यागहरु उपलब्ध छन् । टचमीमा महिला तथा पुरुषदुवैको लागिअन्य एसेसरिज पनि चाँडै उपलब्ध हुने छन् ।
यसै कम्पनीले नयाँँबानेश्वर, काठमाडौंमा किरेइ कस्मे जापानको नाममा आफ्नो पहिलो जापानिज् कस्मेटिक र स्किन केयर शोरुम उद्घाटन गरेको छ । यसको उद्घाटनसँगै नेपाली महिलाहरुले विश्व-प्रसिद्ध, उच्च गुणस्तरीय र दिगो जापानिज् उत्पादनहरु सहजै प्राप्तगर्न सक्नेछन् । नेपालमा मोमोतानी र मेशुकोका उत्पादनहरु किरेइ कस्मेले मात्रएक्स्क्लुजिव रुपमा बिक्री गर्नेछ ।
अभिनेत्री स्वस्तिमा खड्काले रिबन काटेर शोरुमको उद्घाटन गरेकी छन । उनले सोही शोरुममै उक्त २ ब्रान्डका उत्पादनहरु पनिलन्च गरेकी थिइन् ।
“राम्रो र आकर्षक देखिन सबैलाई रहर हुन्छ । हाम्रो मुख्य उद्धेश्य भनेको उपभोक्ताहरुको समस्या समाधान गरेर वहाँँहरुलाई खुशी बनाउने हो । हामी भविष्यमा पनि लाफिङ यति ट्रेडिङ प्रा.लि.को माध्यमबाट यस्तै उपयोगी उत्पादनहरु ल्याउने छौँ ।” भिडियो म्यासेजमा बोल्दै मोमोतानीजुनतेन्कानका कर्पोरेट अफिसर र जेनेरल म्यानेजर हिरोशी वादाले भन्नुभयो,