काठमाडौं - पसिना हरेक व्यक्तिमा आउने एक सामान्य समस्या हो । प्रायः जसो शारीरिक श्रम गर्ने व्यक्तिमा पसिना आउने गर्दछ ।
गर्मीको समयमा पसिनाले बढि सताउँछ । सबै उमेर समुहका मानिसमा पसिना आउने गर्दछ । बालबालिकालाई पनि पसिना आउने गर्छ । बालबालिकामा पसिना बढिआउँदा बेवास्ता गर्दा चिसो लाग्न सक्छ ।
जसका कारण उनिहरुमा जटिल स्वास्थ्य समस्या देखिन सक्छ । त्यसैले अभिभाबकहरु बालबालिकामा पसिना आएको छ वा छैन भनेर समय समयमा हेरीरहनुपर्छ । यदि पसिना आएको छ भने कपडा फेरीदिहाल्नुपर्छ ।
बालबालिकामा अत्याधिक पसिना आउँछ भने यस्तो तरिका अपनाउँन सकिन्छः
बालबालिकालाई चिया, कफि, सफ्ट डिग्स, चकलेट मसालेदार खानेकुरा नखुवाउने
उनिहरुलाई खुकुलो सुतिको कपडा लगाइदिनुपर्छ । बालबालिकालाई गुम्सिने कपडा नलगाइदिने
बालबालिकालाई गर्मी वातावरणमा नराख्ने
गर्मीमा दिनहुँ नुहाइदिने, कपडा मोजा दिनहु बदल्ने
अत्याधिक पसिना आउने भागमा पिटकिरी दलिदिने, राती सुत्ने बेला शुरुमा २४ – ४८ घण्टको फरकमा समस्या सुधार हुदै गएपछि हप्ताको एक देखि दुई पटक प्रयोग गर्ने
फिटकिरी आँखा, मुख वरिपरि र हत्केलामा प्रयोग गर्न हुदैँन ।
थाइरोइड, मधुमेह, इन्फेक्सन, मुटुमा समस्याले गर्दा हाइपरहाइड्रोसिस हुन सक्छ त्यसका लागी बिशेषज्ञको परामर्श लिने