सुत्केरी आमामा निम्न लिखित खतरामा लक्षण देखापरेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्छ:
– ज्वरो आएमा
– योनीबाट गन्हाउने पानी बगेमा वा तल्लो पेट (पाठेघर) दुखेमा
– धेरै रगत बगेमा (२ वटा भन्दा बढी टालो पूरै भिजेमा वा चोक्टा चोक्टा रगत बगेमा)
– टाउको साह्रै दुखेमा
– हातखुट्टा अररो भइ मुर्च्छा परेमा
नवजात शिशुमा निम्न खतराका चिन्ह देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानु पर्छः
– छिटो छिटो सास फेरेमा (प्रति मिनेट ६० पटक वा सोभन्दा बढी)
– कडा कोखा हानेमा
– सुस्त वा बेहोस् वा कम चलाइ भएमा
– आमाको दूध राम्ररी चुस्न नसकेमा
– शीता· अथवा हात र खुट्टा छाम्दा चिसो भएमा
– ज्वरो आएमा, निधार, काखी र पेट छाम्दा तातो भएमा
– नाइटो पाकेको वा छालामा पीप भरिएका फोकाहरू भएमा