काठमाडौं । जब हामी मस्त निदाउन सक्दैनौं, जब हाम्रो निन्द्रा बिथोलिन्छ त्यही नै अनिन्द्रा हो । निन्द्रा पुरा नहुँदा शरीरलाई आराम मिल्दैन । यसको नकारात्मक असर हाम्रो स्वास्थ्य र मस्तिष्कमा पर्छ ।
पर्याप्त निन्द्रा लिन नपाएमा हामीभित्र मानसिक तथा शारीरिक बिकारले डेरा जमाउँछ । अधिकांश नेपालीहरुको समस्या के छ भने उनीहरुको कुनै सुत्ने समय छैन । हो, यसकारण उनीहरु निकै ठूलो समस्यामा फसेका छन् ।
धेरैलाई हरेक बिहान फ्रेस देखिनुको सट्टामा निन्द्रा नपुगेजस्तो हाई काढिरहेको आलस्य, आँखाहरु अनिँदो देखिन्छ । कसैको आँखा त रातो भइरहेको हुन्छ । यसको कारण के हो भने उनीहरु पर्याप्त मात्रामा सुतेको पनि हुँदैनन् । यसकारण ले गर्दा यो समस्या आएको हो।
सामान्य तया बोलीचालीको भाषामा भन्ने गरिन्छ ‘एक दिनको निन्द्राले सात दिन पिरोल्छ ।’ यो भनाइ विल्कुलै सही हो । एक दिन राम्रो निन्द्रा परेन भने हरेक समस्याहरु सामना गर्नुपर्ने हुन्छ । साधारणतया मानिसहरु कम्तिमा आठ घण्टा सुत्नुपर्ने चिकित्सकहरुको भनाइ छ।
विज्ञहरु थप्छन्, महिलाहरुले धेरै मस्तिष्कको प्रयोग गर्नुपर्ने हुन्छ । थोरै समय काम गर्नुपर्ने भएपनि धेरै काम गर्नेपर्ने भएकाले दिमागलाई ताजा र चलायमान राख्न उनीहरुले पुरुषको तुलनामा बढी सुत्नुपर्ने हुन्छ।
अझ धनाढ्य परिवारमा निदाउनको लागि हरेकलाई क्याप्सुलको आवश्यकता पर्छ । कतिपय सेलिब्रेटी मदीरा र क्याप्सुलमध्ये एक विना सुत्नै सक्दैनन् । यसका अलावा तन्नेहरु भविष्य प्रेम समबन्ध साथीभाई र सामाजिक सञ्जालका विभिन्न एपमा घण्टौँ बिताएर बस्ने भएका कारण उनीहरुलाई निन्द्रा अपुग हुन्छ। यो समस्या समाधानका लागि हामीले केहि टिप्स जम्मा पारेका छौँ।
यदि हरेक रातमा ३ देखि ५ बजेको बीचमा तपाईको निन्द्रा खुल्छ भने तपाईको फोक्सो र तपाईको दुखि स्वभाव यसको कारण हुन सक्छ। यसको लागि श्वासप्रश्वाससम्बन्धि व्यायाम र प्रार्थना गर्नु उत्तम हुन्छ।
अनिन्द्राबाट बच्न, राति अबेरसम्म जागा बस्नु हुँदैन । थकाइ लागेको समयमा नै सुत्नुपर्छ । साथै सधैं दिनहुँ सुत्ने र उठ्ने समय एकनाशको हुनु पर्दछ । यस अलावा सुत्ने ओच्छ्यान र वातावरण निन्द्रा जगाउने खालको हुनु पर्दछ । सुत्ने कोठा अँध्यारो र शान्त हुनुपर्छ ।