काठमाडौं । स्याउ एकदमै स्वस्थकर खानेकुरा हो । स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइन्छन् ।
यसमा भएको फाइटोन्युट्रिएन्टले धेरैथरी फाइदा गर्छ । मानिसहरुले आफूलाई स्वस्थ्य राख्नको लागि विभिन्न खानेकुरा, शारीरिक कसरत लगायत विभिन्न उपायहरु अपनाउने गर्दछन् । खानामा बिभिन्न प्रकारका पोषण तत्वहरु पनि पाईन्छ ।
जसका कारण मानिसलाई स्वस्थ राख्न ठूलो सहयोग पुगि रहेको हुन्छ । फलफूलले पनि मानिसलाई आवश्यक पर्ने पौष्टीक तत्व पूरा गर्दछ । तर हामीले जहिल्यै खाइराख्ने स्याउको बारेमा हामी कतिपयलाई जानकारी नहोला । आज हामी स्याउका बारेमा फाइदाजनक जानकारीहरु तपाईलाई दिनेछौँ ।
१. हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई उही मात्रामा रोक्न सकिन्छ । साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ ।
२. दिनहुँ स्याउ सेवन गर्नाले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ भने सुगर नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत राख्न पनि सघाउ पुयाउँछ ।
३. ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ ।स्याउको सेवनले पित्तथैलीमा हुने पत्थरीबाट जोगिन मद्दत गर्छ ।
४. पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या विस्तारै कम हुँदै जान्छ । स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ र पायल्स हुनबाट बचाउँछ ।
५. मिर्गौलामा हुने पत्थरीबाट बच्न दिनहुँ स्याउको सेवन उपयोगी हुन्छ । पत्थरीका बिरामीले खाएमा दुखाइबाट आराम मिल्छ ।
६. स्याउको नियमित सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्नुका साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।
७. स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।
८. स्याउको सेवनले अनुहारमा रहेका काला र सेता धब्बालाई कम गर्छ जसले तपाईको अनुहारमा चमक ल्याईदिन्छ ।
९. स्याउले शरीरमा रहेको नियन्त्रण गरी पाचनप्रणाली दुरुस्त बनाउन मद्दत गर्छ ।
स्याउको सेवनले मोटोपनबाट हुने हृदयाघात, मधुमेह र मुटुरोगजस्ता समस्या हुने सम्भावना कम हुन्छ।