गर्भावस्थाका मुख्य लक्षणहरुः
Ø समयमा महिनावारी नहुने
Ø थकाइ लाग्ने वा जिउ गल्ने
Ø शरीरमा ज्वरो आएजस्तो लाग्ने
Ø कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने
Ø बारम्बार पिसाव लाग्ने
Ø स्तन गानिएर आउने, ठूलो हुने
Ø ढाड (तल्लो भाग ) दुख्ने
Ø गर्भ रहेपछि हल्का रक्तश्राव हुने
Ø टाउको दुख्ने
Ø दिक्क लाग्ने वा तनाव हुने
Ø बिहान उठ्ने बित्तिकै बिरामी हुने
गर्भावस्थाका शारीरिक परिवर्तनहरूः
पहिलो १२ हप्ता
Ø खाना अमन हुने,
Ø वाकवाकी लाग्ने,
Ø स्तन दुख्ने तथा भारी हुने
१३– २८ हप्ता
Ø वाकवाकी लाग्न हराउने
Ø छालाको रङ परिवर्तन हुने
Ø मुखमा चायाँ, पोतो आउने
Ø पेट बढेको देखिने
Ø पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने
Ø पहिलो पटक गर्भवती भएमा महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन्।
२८ देखि ४० हप्ता
Ø पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने
Ø बढ्दै गरेको पाठेघरले पिसावको शैली थिच्ने हुनाले पटकपटक पिसाव लाग्ने
Ø ढाड दुख्ने
Ø आठौं महिनामा घरिघरि पाठेघर खुम्चिने र पेट दुख्ने
Ø नवौं महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दवाव दिने कारणले सास फेर्न गाह्रो हुने र थोरै खाना खादाँ पनि पेट भरिएर अप्ठ्यारो हुने
गर्भावस्थाका असाधारण लक्षणहरुः
Ø ज्वरो आउने
Ø योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने
Ø पिसाव पोल्ने, पिसाव फेर्न गाह्रो हुने
Ø पखाला लाग्ने, निरन्तर वान्ता हुने
Ø पेट दुख्ने
Ø टाउको दुख्ने, आँखा धमिलो हुने, रक्तचाप १३०/९० भन्दा माथि हुने
Ø अत्याधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने, खुट्टा अत्याधिक सुन्निने
Ø पैताला, हत्केला र शरीर चिलाउने
प्रसुतिपूर्व अपनाउनुपर्ने कुराहरुः
Ø सफा रहने र सधै नुहाउने
Ø पौष्टिक खाना खाने
Ø हलुका, खुकुलो र आरामदायी कपडा लगाउने
Ø ठूलो हिल भएको जुत्ताचप्पल नलगाउने
Ø तनावयुक्त काम नगर्ने
Ø आराम गर्ने
Ø चिल्लो, पिरो,अमिलो आदि नखाने
Ø ९ महिना लागेपछि दिनको १० घण्टासम्म आराम गर्ने
Ø राति ८ घण्टा सुत्ने तथा दिनमा २ घण्टा बायाँ कोल्टे परेर पल्टिने
Ø कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी खाने र दुध पिउने
Ø जाँड, रक्सी तथा चुरोट नपिउने
Ø विशेषगरी पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने
Ø मोटरसाइकल/स्कुटर नचलाउने
Ø शारीरिक सम्पर्क नराख्ने
Ø चिकित्सकको सल्लाहविना जथाभावी औषधिहरु नखाने/प्रयोग नगर्ने
Ø टिटानस सुई लगाउने
गर्भावस्थामा प्रोटिन, आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सख्खरखण्ड, हरियो ताजा सागपात, भटमास, गेडागुडी, जागर, ब्रोकाउली, काउली तरकारी खानुपर्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८ २१:१६