नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ सहितको समूहबाट संचालित ब्लु लोटस हस्पिटल र यसका जोइन्ट भेन्चरहरु ॐ ब्लु लोटस हेल्थ होम, सातदोबाटो र ब्लु लोटस हेल्थ होम केयर, चुच्चेपाटीले संयुक्त रुपमा यही पौष १ गते देखी १० गते सम्म, विहान ७ बजे देखि बेलुका ७ बजे सम्मको लागि टाउको दुख्ने वा माइग्रेनको नि:शुल्क परीक्षण गर्न लागेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
ब्लु लोटस हस्पिटलका मेडिकल डाइरेक्टर तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्मचार्यले भने -"यो नि:शुल्क परीक्षणको समयमा माइग्रेनको चेकजांचको साथै खानपान, जीवनशैली र माइग्रेनबाट छुटकारा पाउने उपाय समेत सिकाइने छ।" साथै डा. कर्मचार्यले थपे -"ब्लु लोटसले विगत एक दशक देखि अकुपञ्चरको जुन विशेषज्ञ सेवा दिएको छ, यो सेवा अन्यत्र सजिलै पाइदैन र ब्लु लोटसको बहुविशेषज्ञता नेपालमा माइग्रेनको उपचारमा कोसेढुङ्गा साबित हुने विश्वास लिएको छु।"
माइग्रेनको उपचारमा आफुहरुले अव्वल सफलता पाइरहेको, बिरामी तथा आफन्तकले दिनुभएको प्रतिक्रियाले आफु उत्साहित बनेको र आफुलाई माइग्रेनमुक्त समाजको परिकल्पना आउने गरेकोले त्यही गन्तब्यको लागि यो नि:शुल्क परीक्षण गरिएको ब्लु लोटस हेल्थ होमका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले बताए ।
कार्यक्रममा बिगत लामो समयदेखी माइग्रेनको उपचारमा संलग्न डा. कमल शर्मा, डा. ईश्वर ज्ञवाली, डा. लोकेश कर्ण, डा. नानु गुरुङ, डा. प्रसिद्द खड्गी, डा. प्रशन्न तिवारी लगायतले माइग्रेनको उपचारमा आफुहरुले सोचेभन्दा राम्रो नतिजा पाएको, उपचारको लागि आएकाहरु प्राय सबै बिरामी निको भएकोले यदि कसैलाई टाउको दुख्ने वा माइग्रेनले दु:ख दिइराखेको छ भने एक पल्ट नि:शुल्क परीक्षणमा सहभागी हुन अनुरोध गरे ।
अकुपञ्चर, फिजियोथेरापी, अयुर्वेद, पञ्चकर्मा मार्फत बैकल्पिक चिकित्सामा नेतृत्वदायी भूमिका खेल्दै आएको यस ब्लु लोटसले बिगत देखि नै आफ्नो सामाजिक उत्तरदायित्व अनुरुप यसप्रकारको नि:शुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । साथै यो नि:शुल्क परीक्षणमा सहभागी हुनको लागि त्रिपुरेश्वर ०१-५३६१३९९, सातदोबाटो ०१-५५५०३५०, र चुच्चेपाटी ०१-४४९५१३३ मा फोन गरेर नाम दर्ता गर्नुहुन प्रशासनले अनुरोध गरेको छ ।