काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न दुग्धजन्य वस्तुमा अनिवार्य गुणस्तर मापदण्ड बनाउने कार्य सुरु गरेको छ । विभागले खाद्य ऐन अनुसार दुग्धजन्य वस्तुमा अनिवार्य गुणस्तर मापदण्ड बनाउने कार्य सुरु गरेको हो।
अनिवार्य गुणस्तर मापदण्डका लागि विविध विषयमा टास्क फोर्स तथा प्राविधिक उपसमितिमा विज्ञ सहित छलफल गरीसकेको विभागले जानकारी दिएको छ । विभागका अनुसार आइसक्रिम, फ्रोजन डेजर्ट, खुवा, कुराउनी, छुर्पी, डेरी ह्वाईट्नर, कर्न स्टार्च, माल्टेड मिल्क फुड, माल्ट बेस्ड मिल्क फुडको अनिवार्य गुणस्तर मापदण्ड बनाउने कार्य सुरु गरेको हो।
त्यसैगरी पास्ता, सोयासस्, सोयाबडी, ओट्स, पिनटबटर, कोका बटर, मार्गरिन समेतमा अनिवार्य गुणस्तर मापदण्ड बनाउन लागिएको हो । हलासम्म सरकारले १ सय ३५ वटा विभिन्न खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्ड निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइसकेको छ । राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई रासायनिक, जीवनाशक विषादीको अवशेष, माइकोटक्सिन, हेभि मेटल तथा सूक्ष्मजैविक विषय गरी विभिन्न २६ खाद्य पदार्थका १ सय १ प्यारामिटरमा नयाँ सस्करण आइसओ र आइईसीमा सन २०२२ जनवरीसम्म नवीकरण गर्ने कार्य रहेको विभागले जनाएको छ ।
खाद्य पदार्थको निर्यातमा सहजीकरणका लागि विभाग अन्तर्गत राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाबाट १ सय १८ वटा थप प्यारामिटरहरुमा एक्रेडिटेशनको क्षेत्र विस्तारका लागि निवेदन प्राप्त भएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिएका छन ।
एक्रेडिटेशन प्रदायक संस्थाको प्रमाणिकरणका लागि तयारी कार्य भइरहेको छ । प्रयोगशाला सेवा २४ घण्टा संचालन गर्नेगरी कार्यक्रमको प्रस्ताव मन्त्रालय लगिएको छ । विभागका अनुसार नेपालमा आयात हुने तरकारी र फलफूलमा जीवनाशक विषादीको अवशेषको विश्लेषण परिक्षण कार्य विगतमा केन्द्रिय कृषि प्रयोगशाला अन्तर्गतको आरविपिआर परिक्षण इकाईबाट हुने गरेकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशानुसार सो विश्लेषण परिक्षण कार्य कार्तिक गतेबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गरिने भएको छ ।
विभागबाट गर्ने भएपछि विभाग अन्तर्गत कार्यालयबाट खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, काकडभित्तास रानी, बिराटनगरस जलेश्वरस बीरगन्जस भैरहवास नेपालगन्जस धनगढीबाट सुचारु गर्न आरविपिआर मेशिनको व्यवस्था तथा जनशक्तिहरुलाई तालिम सञ्चालन गरी १ कार्तिकबाट काम सुरु गरी सकेको छ ।
प्रथम त्रैमासिक अवधिमा विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रयोगशालाबाट संकलित नमुना, खाद्य उद्योग अनुज्ञापत्रका लागि सकलित नमुना लगायत सेवाग्राहीबाट अनुरोध भई आएका ६ हजार ६ सय १७ वटा नमूना तथा आयात निर्यात नियमन अन्तर्गत १६ हजार ३ सय १० वटा नमूना गरी कूल २२ हजार ९ सय २७ नमूना प्रयोगशाला जाँच परीक्षण गरिएको छ ।