काठमाडौं - विश्वव्यापी महामारि निम्त्याएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन घरमै बसिरहनु भएको छ ? होम क्वारेन्टाइनमा बसिरहनु भएको छ भने ख्याल गर्नुहोस । घरको कुनै भागमा भाइरस लुकेर बसेको त छैन ?
विश्वका सबै मुलुकले नागरिकलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आएका छन । संक्रमणबाट जोगिन होम क्वारेन्टाइन बस्दा कोरोनाको जोखिम पनि उत्तिकै हुन्छ । त्यसैले जानौं , घरभित्र पनि कहाँ कहाँ लुक्न सक्छ, कोरोना भाइरस ?
शौचालय वा भान्छामा राखिने रुमाल (टवेल) मा कोरोना भाइरस लुकेर बस्ने संभावना हुन्छ । अनुहार, हात एवं शरीर पुछन प्रयोग हुने रुमालमा भाइरस तथा क्याक्टेरिया लुकेर बस्ने संभावना रहन्छ ।
भान्छा वा अन्य कोठामा काम गर्दा हातमा पन्जा(ग्लब्स )लगाउनु पर्छ । तर, पन्जा पनि भाइरसको बासस्थान हुन सक्छ । पन्जा प्रयोग गरिसकेपछि यसलाई सफापानी वा विनेगरले धुनु उपयुक्त हुन्छ ।
राती होस वा दिउसो सुत्नु पर्दा टाउको राखिने सिरानी (तकिया )को खोल पनि भाइरस लुक्ने ठाउँ मानिन्छ । त्यसैले सिरानीको बाहिरको खोल पनि नियमितरुपमा फेरिरहनु पर्छ ।
भुईमा विच्छयाउने म्याट, गलैचा लगायतमा पनि भाइरस लुकेर बस्न सक्छ । यसलाई पनि समय समयमा सफा गरिरहनु पर्छ ।
घरबाहिर निस्कदा लगाइने कपडामा पनि भाइरस लुकेर बसेको हुन सक्छ । त्यसैले कपडालाई लामो समयसम्म नराखि वाशिंग मेशिन वा हातैले पनि धोएर घाममा सुकाउँदा भाइरसको संक्रमणबाट जोगिन सकिन्छ ।
घरमा धेरै जनाले छुने वस्तुमा टेलिभिजन वा एयरकन्डिसनरको रिमोट पनि पर्छ । यसले गर्दा पनि रिमोटमा भाइरस लुकेर बस्ने संभावना हुन्छ । त्यसैले यसलाई पनि दिनहुँ सेनिटाइजरले सफा गर्नु पर्छ ।