बदलिँदो जीवनशैली, असन्तुलित खानपान, वातावरण प्रदूषण जस्ता विभिन्न कारणहरुले हाम्रो प्रजनन् क्षमतामाकमिआइरहेको छ । वर्षेनि सयौं दम्पतिहरु ३देखि १५ वर्षसम्म सन्तान प्राप्तिका लागि प्रयास गर्दा पनि सफल नभएर उपचारका लागि आउँदा उचित उपचारको प्रबन्ध नभएको र आइ. भि. एफ. जस्ता आधुनिक उपचारका लागि छिमेकी मुलुक/विदेश नै जानुपर्ने वाध्यतादेख्दै आउनुभएका वात्सल्यका कार्यकारी निर्देशक शृष्टि खड्का ज्यूले नेपालमै यस्तो सेवा प्रदान गर्ने सोच बनाउनुभयो र करिब ४ वर्ष अगाडि वात्सल्यको स्थापना भयो ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने सोच शुरु देखि नै भएको कारण त्यहि अनुरुपको प्रविधि र जनशक्ति विकासमा जोड दिनुभयो। खास गरी यौन जीवनसँग सम्बन्धित विषयमा खुलेर कुरा गर्न हिच्किचाउने हाम्रो परिवेशमा दम्पतिलाई सहज महसुस गराउन, सफल हुन सम्भव छ भनी विश्वास दिलाउन त्यही अनुरुपको वातावरणको निर्माण गर्नुभयो जसका कारण दम्पति र वात्सल्यका विज्ञहरु बीच आत्मीय सम्बन्ध विकास हुन सम्भव भएको छ, समस्या बुझ्न सरल भएको छ र अवस्था अनुरुपको उपचारबाट अन्तर्राष्ट्रिय मापदण्डभन्दा पनि अधिक सफलता हासिल भएको छ ।
स्थापनाको छोटो समयमै करिब १५०० आइ. भि. एफ, ३०० आइ, यू. आइ र ४५० प्राकृतिक गर्भधारण गराउन सफल यस क्लिनिकमा , अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवाको अनुभव भएका चिकित्सकहरु भएका कारण, नि:सन्तान सम्बन्धि सम्पूर्ण उपचार सफलताका साथ नेपालमै गराउन सम्भव रहेको बताउनुहुन्छ, यहाँका निर्देशक। हालसम्म वात्सल्यमा नेपाल, पाकिस्तान, हङकङ, जापान,अमेरिका, अस्ट्रेलिया जस्तामुलुकमा बस्ने विभिन्न दम्पतिले सफल उपचार गराइसकेका छन् । एक ५० वर्षीय जापानी महिलाको आइ. भि. एफ सफलता को विशेष अनुभवराख्दैउहाँले बताउनुभयो, “जापानी महिलाको ३-४ आइ. भि. एफ. प्रयास जापानमै असफल भइसकेको थियो र नेपाल आउँदा महिनावारी पनि सुकिसकेको थियो त्यसैले विगतको अवस्थालाई राम्ररी अध्ययन गर्दै उपचार थाल्यौं । उमेर आफैंमा एक ठूलो चुनौति हो । विशेष निगरानी र सावधानीले गर्दा पहिलो प्रयासमै दुई सन्तान प्राप्त भयो ।“
नि:सन्तान सम्बन्धि कारण पहिचान र उपचार, आइ. भि. एफ, आइ, यू. आइ, वीर्य जाँच, डिम्ब/शुक्राणु/भ्रूणको फ्रिजिंग, प्रसुतिपुर्वको सम्पूर्ण जाँच, ,बालरोगउपचारसेवाजस्तागर्भधारणसँगसंबन्धितसेवाप्रदान गर्दै आएको यस क्लिनिकको सेवा नारयणचौर नक्साल का साथै बि.टि.एस. चौक नेपालगंजबाट पनि प्राप्त गर्न सकिन्छ ।