काठमाडौं । पछिल्लो साता नेपालमा कोरोनाको संक्रमणदर बढ्दै गइरहेको छ । करिब ३ महिनापछि नेपालमा कोरोना संक्रमितहरुको संख्या एक हजार नाघेको छ । कोरोनाको दोस्रो लहरको समयमा नेपालमा दैनिक १० हजारसम्म सक्रिय संक्रमित पत्ता लागेको थियो ।
कोरोनाको पहिलो चरणको लहरभन्दा दोस्रो चरणको लरहको क्रममा नेपालमा बढी मानिसको मृत्यु भयो भने सङ्क्रमित थपिने दरले पनि रकेर्ड कायम गर्यो । जसले सबैलाई चिन्तित बनायो । पछिल्लो समय लगातार घटिरहेको सङ्क्रमण दर शुक्रबारदेखि फेरि बढेको हो । दक्षिण अफ्रिका भएर ९० भन्दा बढी देशमा फैलिसकेको ओमिक्रोन छिमेकी भारतमा ठूलो सङ्ख्यामा पुष्टि भइरहेको छ ।
यस्तो बेला नेपालमा पनि ओमिक्रोनको खतरा बढेर गएको छ । ओमिक्रोनका कारण सङ्क्रमण सङ्ख्या बढेर जाने अनुमान गरिएको छ । सरकारले खोपको मात्रा बढाउन र सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । ओमिक्रोनको सङ्क्रमण पुष्टि भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
माओवादी केन्द्रकै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित १२ जना नेतालाई पनि सङ्क्रमण पुष्टि भएको छ । यसअघि प्रमुख तीन ठूला राजनीतिक दलहरुको महाधिवेशनका कारण ठूलो जमघट भएको थियो । व्यापारिक, शैक्षिक र सांस्कृतिक गतिविधिहरूमा पनि उचित सतर्कता अपनाइएको छैन । तर, ओमिक्रोनका कारण सङ्क्रमणको खतरा उच्च देखिएको छ ।
कोरोनाबाट बच्न सरकारले के गर्ने कोरोनाबाट बच्न विमानस्थलभित्रै शंकास्पदका लागि क्वारोन्टाइन र संक्रमितलाई आइसोलेसनको व्यवस्था गर्नु जरुरी छ ।निमोनिया, श्वासप्रश्वासका बिरामीहरूको र्यान्डम्ली नमूना संकलन गर्नु आवश्यक छ । जसले गर्दा सम्भावित संक्रमणबारे पूर्वजानकारी होस् ।
चिकित्सक, नर्स र प्रयोगशाला प्राविधिकहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्छ । कसरी बच्ने, उपचार कसरी गर्ने आफू बचेर कसरी बिरामी बचाउने भन्नेमा तालिम दिनुपर्छ । उनीहरूले लगाउने भाइरस नछिर्ने पोशाक, औषधी र प्रयोगशालामा प्रयोग हुने किटको पर्याप्त व्यवस्था गर्नुपर्छ ।
मलेरिया, फ्लु, एचआइजी एड्समा दिने एन्टिभाइरल लगायतका औषधी राखेर उनीहरूले एउटा ‘प्रोटोकल’ बनाएको छ । परीक्षणका रुपमा उनीहरूले विभिन्न औषधी प्रयोग गरिरहेका छन् । चिकित्सा विज्ञानले एउटा भाइरसका विरुद्ध काम गरिसकेको औषधीलाई मौका दिइरहेको छ । आइसोलेसनको पर्याप्त व्यवस्था गर्नुपर्छ । कोरोनाको बिरामी राखेको थाहा पाएको ठाउँमा त अरु जान खोज्दैन ।
अरु बिरामी नआउने भएपछि अस्पतालले पनि कोरोनाको बिरामी राख्न खोज्दैन । एकान्तमा रहेको तर सञ्चालनमा नरहेको होटल वा रिर्सोट भाडामा लिएर आइसोलेसन केन्द्र बनाउन सकिन्छ । २०–२५ तल्लाका भवनहरूलाई पनि त्यसको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ ।
दैैनिक तन्ना फेर्ने, शौचालय सफा गर्ने, बिरामीलाई खानाको व्यवस्था गर्न सकिन्छ । १०–२० करोड खर्च हुन्छ भनेर भने पनि गर्ने नि । यो त नगरी नहुने काम हो ।
नागरिकले के गर्ने ?
-हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्न सकिन्छ । जस्तो– इबोलाबाट जोगिन कुहिना जोड्ने गरेका थिए ।
-साबुन पानीले पटक–पटक हात धुने ।
-अंकमाल नगर्ने ।
-एक मिटर जति टाढा बस्ने ।
-ज्वरो–खोकी लागेको मान्छेसँग नसुत्ने ।
-झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबस्ने ।
-जंगली जनावरलाई नछुने ।
-बिरामी घरपालुवा जनावरको पनि सम्पर्कमा नजाने ।
-भिडभाडमा नजाने ।
-सर्जिकल मास्कको प्रयोग गर्ने । कपडाको मास्कले प्रदुषण मात्रै रोक्छ ।
-कोरोनाको बिरामी भेट्न जान लागेको हो भने एन–९५ मास्क नै लगाउनुपर्छ । खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने चेक गर्न जाने ।