- मनिषा चित्राकार
काठमाडौं- परिवारमा प्रायः सबै जना बिरामी भइरहने हुँदा म भविष्यमा गएर नर्स नै बन्छु भन्ने सोच बनाए । घरमा कोहि बिरामी हुँदा मैले नै अस्पताल लग्ने गर्थे । परिवारका सदस्यलाई उपचारकै क्रममा अस्पताल लगिरहदा मैले अनुभव गरे डाक्टरले त बिरामीको रोग मात्र पहिचान गर्ने रहेछन् बिरामीको पुरै हेरचाहको जिम्मेवारी नर्सहरुको हुदो रहेछ ।
अस्पताल बसाइको क्रममा नर्सहरु हरेक परिवारका लागि एक पिल्लर जस्तै हुने रहेछन् भन्ने मैले अनुभुत गरेँ । त्यसैले आज यहि पेशामा रमाइरहेको छु ।
परिवारको कुनै सदस्यलाई स्वास्थ्य सम्बन्धि कुनै समस्या आएमा म नर्स भएको कारण उपचार गर्न सहज भएको छ । मेरो ससुरा बुबा दमको रोगी हुनुहुन्छ । उँहालाई हरेक समय अस्पताल लगेर सुई लगाउँनु पर्ने हुन्छ । तर घरमै नर्स भएकाले उँहालाई सुई लगाउँनका लागि अस्पताल लगीरहनु पर्ने झन्झट कम भएको छ । मलाई आफ्नो पेशा प्रति गर्व लाग्छ । मैले अस्पतालमा बिरामीका साथै मेरो परिवारलाई पनि सेवा दिइरहेकी छु ।
नर्सहरुले उद्धार भावका साथ काम गर्नुपर्ने हुन्छ । नर्समा बिरामीको व्यथालाई महसुश गर्न सक्ने क्षमता हुनुपर्छ ।अहिलेको समयमा नर्सिङ पेशालाई एउटा फेसनको रुपमा लिइरहेको पाइन्छ । आजभोली नर्सिङ पेशालाई आफ्नो लक्ष्य भन्दा पनि अरुको देखासेखि गरेर पढ्नेहरु पनि धेरै छन् । त्यसकारण प्रायः ले पढेका कुराहरुलाई जिवनमा लागु गरिरहेका हुदैनन् ।
नर्सिङ अध्ययन गरिसकेपछि यस पेशालाई नै धर्मको रुपमा लिएर बिरामीको सेवा गर्न जरुरी छ । हामीले बिरामीको दुखलाई बुझ्न सक्नु पर्छ । जब सम्म यो पेशामा लाग्ने व्यक्तिले आफुलाई पूर्ण रुपमा अरुको सेवामा समर्पित गर्न सक्दैन तब सम्म बिरामीलाई पूर्ण सेवा दिन सक्दैन। जो कोहि मानिसले कुनै पनि काम गर्छ भने त्यसमा आफु सन्तुष्ट हुनुपर्छ ।
मैले नर्सिङ पढ्ने बेला अहिलेको जस्तो सहज थिएन् । त्यति बेला एउटा उखान धेरै प्रचलित थियो छोरा बिग्रिए कर्मस् , छोरी बिग्रिए नर्स पढ्छन् भन्ने गरिन्थ्यो । यो पेशाप्रती मानिसको धारणा एकदमै नकारात्मक थियो ।
मैले नर्सिङ पढ्न शुरु गरे पछि समाजका केहि व्यक्तिहरुले मेरो परिवारसँग छोरीको पढाई कमजोर थियो, किन नर्स पढाएको रु जस्ता प्रश्नहरु तेर्साउने गरेको परिवारबाट सुनाउनुहुन्थ्यो ।
त्यति मात्र नभई मेरो चरित्रमा समेत प्रश्न उठाइएछ । समाजका यस्तै नकारात्मक दृष्टिकोणमा परिवर्तन ल्याउनका लागी मैले झनै मेहेनत गरेर पढेँ । पढाइका साथै काममा पनि उत्तिकै सफलता हात पारे । अहिले परिवारका सबै सदस्य यस पेशाप्रति मेरो लगाव देखेर खुशि हुनुहुन्छ ।
म आफ्नो पेशामा कर्मठका साथ लाग्छु र अस्पताल आउँने बिरामीहरुलाई परिवारको सदस्य जस्तै व्यवहार गर्छु । हाम्रो सेवा नै धर्म हो । हामी अस्पतालमा जम्मा ६ घण्टा काम गछौं त्यो समयमा घरपरिवार सबै भुलेर काम गरिरेहका हुन्छौं । त्यसैले अस्पताललाई आफ्नो घर र बिरामीलाई परिवारका सदस्य मान्नु पर्छ ।
भनिन्छ बिरामीलाई नर्सले गर्ने व्यवहार र मुस्कान सहितको सेवाले उनिहरुको ५० प्रतिशत रोग निको पार्छ । चिकित्सकले त बिरामीको रोग पहिचान र औषधि दिने काम मात्र गर्ने हो तर बिरामीलाई सन्चो बनाउँनमा नर्सको सबै भन्दा ठूलो भुमिका हुन्छ ।
बिरामी र नर्सको सम्बन्ध
शुरुमा त नर्स बिरामीको नजिक नभए सम्म उसले भित्रि सबै कुराहरु खोल्दैनन् । त्यसकारण बिरामी र नर्स दुबै जना नजिकको साथी हुन धेरै आवश्यक छ । यदि उमेर पुगेका व्यक्ति बिरामी भए नर्सले छोराछोरी जस्तो व्यबहार देखाएर उपचार गर्नुपर्छ ।
सबै बिरामी र नर्सहरुको सम्बन्ध एउटै हुदैन । बिरामीको उपचार गर्दा नर्स झर्केर बोल्ने गर्छन् । कतिपय अवस्थामा नर्सले कडा स्वभाव पनि देखाउनुपर्ने हुन्छ ।
एउटै नर्सहरुले धेरै बिरामीहरु हेर्नुपर्ने हुन्छ कोहि बिरामीलाई समय लगाएर कुरा बुझाउँनुपर्ने हुन्छ । त्यसैले तनावमा त्यस्तो व्यवहार पनि देखाँउन सक्छन् । तर कोहि बिरामी जति राम्रो व्यवहार गर्दा पनि रिसाउने स्वभावका हुन्छन् । हरेक सम्बन्धमा सम्मान दिए मात्र सम्मान पाउन सकिन्छ ।
नर्सहरु विदेशीने ट्रेन्ड
नर्सहरुलाई विदेश जाने अवसरहरु धेरै नै हुन्छ । मैले पनि त्यो अवसर पाएको थिए । तर नेपालमा नै सेवा दिने सोचमा अडिग रहे । म आफ्ने कर्मथलो नेपाललाई नै बनाउन चाहान्छु । साथै आफ्नो पेशाप्रति खुसि छु । सबैभन्दा ठुलो आत्मासन्तुष्टी हो जो मैले नेपालमा नै बसरे पाइरहेको छु ।
कतिपय नर्सहरु रहरले बिदेशीन्छन् भने कोहि कहरले । नर्सहरु दिन, रात नभनी सदैब बिरामीको सेवामा तल्लीन रहन्छन् । कतिपय नर्सहरुले बिरामीको गाली सहेर पनि काम गरिरहेका हुन्छन् । तर पनि नर्सहरुको परिश्रमीक सन्तोष जनक छैन् । यीनै कारणले गर्दा नर्सहरु विदेशीने क्रम बढिरहेको छ । नर्सहरुलाई नेपालमै राम्रो सेवा, सुविधा दिएर सरकारले बिदेशीने बढ्दो क्रमलाई रोक्न आवश्यक छ ।
नर्सको सुरक्षा
हरेक व्यक्तिको सोच र नियत भिन्न हुन्छ । नर्सहरुले नाइट डिउटी गर्दा बिभिन्न घटनाहरु घटिरहेको सुनिन्छ सरकारले यी कुरामा बिशेष ध्यान पुर्याउन आवश्यक छ । नर्सहरुले धेरै चुनैतिहरुको सामना गर्नुपर्नै हुन्छ । यदि सरकारले हाम्रो सुरक्षाको जिम्मेवारी लिएको भए अझै राम्रो सेवा हामी नर्सले दिन सक्थ्यौं । त्यसकारण सरकाले यी कुरामा पनि ध्यान पुर्याउन आवश्यक देखिन्छ ।
हाम्रो समाजमा अझैपनि महिला, पुरुष बिचको मतभेद कायम नै छ । महिला र पुरुषले एकै किसिमको काम गर्दा पनि दिइने पारिश्रमीक भिन्नता अझै कामयमै छ ।
हामी नर्सहरुका धेरै समस्या र चुनौतीहरु रहेका छन् । रात दिन काम गर्दापनि नेपालमा सोचको वा दुः ख गरेको अनुसारको पारिश्रमीक तोकिएको छैन् । उपचारका क्रममा केहि नराम्रो हुदा सिधै दोष जति हामीलाई आउँने गर्दछ ।
हामी नर्स जहिले पनि डाक्टरको निर्देशन अनुसार बिरामीलाई कस्तो औषधी उपचार दिने , कुन सुई लगाउने भनेर तोकिएको अनुरुप बिरामीको हेरचाह गछौं तर कहिले काहि बिरामीलाई गाह्रो परेको अवस्थामा उँहाहरुको आफ्न्तहरु आत्तिदै नर्सलाई डाक्टरले तोके भन्दा बाहिरको औषधी दिन आग्रह गर्छन् । तर हामीले डाक्टरको अनुमती बिना बिरामीलाई कुनै चिकित्सा सहयोग गर्न सक्दैनौं । यदि समयमै केहि सहयोग गर्न पाइएन भने बिरामीलाई केहि हुने होकि भन्ने चिन्ताले सताई रहन्छ ।
हामीले अझै नर्सिङ शिक्षालाई बढि सैद्धान्तिक रुपमा पढिरहेका छौं यदि प्रयोगात्मक शिक्षा नेपालमा पनि लागु गर्न सकियो भने हामी अन्तराष्ट्रिय स्तरको सेवा दिन सक्छौं ।
ब्लु क्रस अस्पतालमा म बिगत १० वर्ष देखि सेवा दिदै आईरहेकि छु । हाल पोस्ट अपरेंटिभ वार्डमा इन्चार्जका रुपमा बिरामीलाई सेवा दिदै आइरहेको छु ।