थेरापी भन्ने बित्तिकै एउटा उपचारको प्रविधि भन्ने बुझिन्छ। लेजर विकिरणको प्रयोगबाट गरिने उपचारलाई लेजर थेरापी भनिन्छ।लेजर विकिरणले रोगी अंगलाई सेकाएर उपचार गर्छ। त्यो विकिरण छालाको माध्यमबाट भित्रि अंगसम्म ६ सेन्टी मिटरसम्म पुगेर टिस्यू हिलिङको काम गर्छ जसले गर्दा रोगी अंग निको हुन्छ।
शरीरका कुनै पनि अंगमा रोग लाग्नु भनेको त्यो अंगका कोषिकाहरू अशक्त हुनु हो। हाम्रो शरीर थुप्रै अंगहरु मिलेर बनेको हुन्छ। हरेक अंगका आफ्नै प्रकारका कोषिकाहरू हुन्छन्। कोषिकाहरू अशक्त भन्नाले सुन्नीनु, रक्त सञ्चालन कम हुनु, अक्सीजन र खाद्य पदार्थको कमी हुनु’ र संक्रमण हुनु तथा चोट लाग्नु हो।
त्यो कोषिका पुनः सशक्त भएर सक्रिय रुपले काम गर्न लेजर विकिरणले मद्धत गर्छ। यसले शुन्नीएको घटाउने, रक्त सञ्चालन कम भइरहेको छ भने नलीहरु खोल्दिने बाटो बन्द छ भने अर्को रक्त नली बनाउने काम गर्छ।
कुनै पनि कोषिकाहरू अशक्त हुन थाल्छ भने यो विकिरणले ती कोषिकाहरुलाई सशक्त बनाउँछ। एउटा कोषिका सशक्त भएपछि उसले पहिला जे काम गरेको थियो त्यो काम पुनः गर्न सकेपछि त्यहाँ सामान्य अवस्था हुन्छ।
आजसम्म कुनै पनि प्रविधि त्यस्तो छैन जसमा सेल्स नै हिलिङ हुन्छ। दुखाई घटाउने, सुन्निएको घटाउने, दुखाई थाहा नदिने, दुखाइको सूचना अघि नपठाउने काम मात्रै हुने हो।
अरू मेशिनको प्रयोगले जति पनि उपचार हुन्छ त्यसले भित्रसम्म डोज पुर्याउन सक्दैन। लेजर ६ सेन्टीमिटरसम्म जान्छ भने त्यती भित्रसम्म गएर हरेक बिग्रेको सेल्सलाई निको पार्ने आफ्नै अवस्थामा फर्काएर कार्य गराउने क्षमता राख्दछ ।
अरू प्रविधि र यसमा फरक
सबै खालका प्रविधिका आ–आफ्नै विशेषता छन् । प्रविधिमा जस्तो उपकरण प्रयोग गर्यो त्यस्तै भिन्नता हुन्छ। आयुर्वेदिक अलग्गै, एलोपेथिक अलग्गै, होमियोप्याथिक अलग्गै, भएजस्तै लेजरको बिकिरणबाट हुने भएकोले यो त झन फरक छ।
झण्डै चालिस वर्षको अनुसन्धानपछि प्रमाणित भएर लेजर थेरापी आएको हो। यसले शरीरको कुनै पनि अंगलाई हानी गर्दैन भन्ने कुरा बैज्ञानिक रुपमा प्रमाणित भएको छ। यो फिजीयोथेरापी अन्तर्गत नै पर्छ। फिजियोथेरापी अन्तर्गत जति पनि उपचारमा उपकरणहरुको प्रयोग हुन्छ सबैभन्दा बढी आधुनीक र उपयुक्त मान्न सकिन्छ। जसमा कुनै पनि तातो चिसो हुँदैन, यसको कुनै पनि साइड इफेक्ट छैन।
कुनै पनि हानिकारक डोज हुँदैन। यसले हरेक सेल सद्धे बनाउने क्षमता राख्छ। सेल सामान्य हुने बित्तिकै त्यहाँको रोग निको हुन्छ।मेशिनबाट दिइएको डोज पहिला नै निश्चित हुन्छ। एउटा अंग विशेषलाई त्यो डोज दिइन्छ जसले गर्दा त्यो अंग हिलिङ हुन्छ। यो बन्दा नै कोषीकालाई सक्रिय गराएर पुनः सामान्य अवस्थामा ल्याउन कति डोज चाइन्छ भन्ने अनुसन्धान गरिएको हो।
कति गहिराइसम्म जाने र सेक्ने अनि कति गहिराइमा रहेको अंगको रोगलाई टार्गेट गर्ने पहिला नै फिक्स गरिएको हुन्छ।यसमा फिक्स गरेको डोज अनुसार सुपरफिसियल दिने, भित्रसम्म दिने भनेर बनाइएको हुन्छ भने त्यसमा पनि शरीरको हरेक अंगलाई मिलाएर डोज प्रोग्रामीङ गरिन्छ। त्यो डोज कही पनि डाइभर्सन हुँदैन।
लेजरको एकदमै राम्रो उपलब्धी र लक्ष्य भनेकै जति डोज मेशीनबाट दिइन्छ त्यती डोज सेल्सले पाउन सक्छ। यो लेजर विकिरण मोनोक्रोमाटिक कोहरेन्ट हो ।औषधिले अस्थायी रुपमा मात्रै उपचार गर्छ र यसको साइड इफेक्ट पनि हुन्छ। तर लेजर थेरापीको कुनै साइड इफेक्ट छैन। रोग हेरी पूर्ण डोज पुग्नेगरी उपचार गरिसकेपछि यसको इफेक्ट दिर्घकालिन रहन्छ।
कोभिड पछि फोक्सोमा लागेको दागलाई हटाउन लेजर थेरापी उपयोगी
अहिले कोरोना महामारीको तेस्रो लहरको चर्चा एकदमै चलिरहेको छ । कोरोना पश्चात् मानिसहरुमा फोक्सोमा दाग बस्ने गर्छ ।जसलाई लेजर थेरापीको माध्यमबाट हटाउन सकिन्छ ।
कोरोना पछि भेन्टिलेटरमा गएकाहरुमा त झनै फोक्सोमा ठूलै दाग बसेको हुन्छ । त्यसैले कोरोना निको भएको करिब २ महिनाभित्र छातीको एक्स रे तथा सिटिस्क्यान गराउनुपर्ने हुन्छ । सिटिस्क्यान तथा छातीको एक्स रेमा विभिन्न प्रकारका दागहरु देखिएको अवस्थामा लेजर थेरापी द्वारा हटाउन सकिन्छ । लेजर थेरापीद्वारा फोक्सोलाई पहिला कै अवस्थामा फर्काउन सकिन्छ ।
कोरोनाले विभिन्न प्रकारका अंगहरुमा हान्ने गर्छ । जस्तै मृगौला,कलेजो,लगायत विभिन्न अंगहरु । त्यसैले कोरोना निको पश्चात् एक पटक पिजिसियनसँग स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । त्यस्तै कोरोना पछि हुने हड्डीको दुखाई,जोर्नीको दुखाइजस्ता समस्याहरुबाट छुटकारा पाउनका लागि लेजर थेरापी महत्वपूर्ण मानिन्छ । पूर्ण रुपमा त्यस्ता समस्याहरुबाट छुटकारा पाउनका लागि कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आउनुपर्ने हुन्छ ।