काठमाडौं । विं सं २०४७ सालको आन्दोलन पश्चात् नेपालको दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थालाई बलियो बनाउने लक्ष्यसहित हेल्पिङ ह्यान्ड्स नेपाल भन्ने एउटा संस्थाको स्थापना भएको थियो । उक्त संस्थाले गाउँ गाउँमा विभिन्न प्रकारका हेल्थ क्यापहरु सञ्चालन गर्ने काम गर्यो ।
मकालु हिमाल आरोहणको क्रममा आएका एक अमेरिकी डाक्टरको टोलीले दुर्गम क्षेत्रका मानिसहरुको स्वास्थ्यको नाजुक अवस्था देखी गाउँ गाउँमा विभिन्न प्रकारको हेल्थ क्यापहरु सञ्चालनको लागि हेल्थ टेक्क भन्ने संस्थाको नामबाट सेवा सुरु गरिएको थियो ।
त्यही संस्थाको नामबाट नेपालका विभिन्न दुर्गम पहाडी जिल्लाहरुमा हेल्थ गर्ने कार्यको थालनी गरियो । त्यही संस्था विकसित भएर काठमाडौं चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा परिणत भयो । हाल यस अस्पताल १०० बेडमा सञ्चालित छ ।
सामुदायिक अस्पतालका रुपमा विकास भएको यस अस्पतालले आफ्नो क्षेत्रका बिरामीहरुलाई विशेष छुटको व्यवस्था गरेको छ। अस्पतालले दिने कतिपय सेवा सरकारी अस्पतालको तुलनामा पनि सस्तो भएको भएको दाबी गर्छन् डा. हेम लिम्बु । डा.लिम्बुका अनुसार अस्पतालमा क्यान्सरको उपचार सेवा भने हालसम्म सुरु गरिएको छैन ।
निकट भविष्यमा नै अस्पताल उक्त सेवा सुरु गर्ने उनको उनी बताउँछन् । नेपाल सरकारले विपन्न नागरिकहरुका लागि भनी छुट्याएको १० बेड संख्याबाट अस्पतालले सेवा दिइरहेको छ । अस्पतालका कतिपय सेवाहरु निजी अस्पतालको तुलनामा पनि सस्तो भएको डा.लिम्बुको दाबी छ । अन्य अस्पतालको तुलनामा सस्तो, सर्वसुलभ स्वास्थ्य उपचार सेवा अस्पतालले दिइरहेको छ । अस्पतालका सर्जरी तथा प्रसूती सेवा अन्य अस्पतालको तुलनामा अब्बल छन् ।
अस्पतालले समुदायस्तरमा गएर विभिन्न हेल्थ क्यापहरु सञ्चालन गर्दै आइरहेकोमा कोरोना महामारी पश्चात् भने त्यस्ता क्याम्पहरु कम मात्रै सञ्चालन हुदैँ आइरहेको छ । अस्पतालको शान्तपूर्ण वातावरण तथा यहाँका डाक्टरहरुको राम्रो व्यवहारले पनि अस्पतालले दिनप्रति दिन बिरामीको मन जित्दै गएको छ । त्यसकारण अस्पताल अधिकांश बिरामीहरुको रोजाइमा परेको डा. लिम्बु बताउँछन् ।