एजेन्सी । विश्वमा पछिल्लो २४ घण्टामा साढे २७ लाखभन्दा बढी कोरोना भाइरसका नयाँ बिरामी थपिएका छन्।
यो अवधिमा निको भएर कोरोनामुक्त हुनेको सङ्ख्या भने साढे १५ लाख हाराहारी मात्रै छ । निको हुनेको तुलनामा नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या अत्याधिक धेरै छ । एकै दिन विश्वमा २७ लाख ६७ हजार दुई सय ८८ जना नयाँ बिरामी थपिएका हुन् ।
उक्त समयमा १५ लाख ५६ हजार आठ सय १५ जना मात्रै निको भएर कोरोनामुक्त बने । नयाँ थपिनेको तुलनामा निको भएर सामान्य जीवनमा फर्किनको सङ्ख्या १२ लाख १० हजार चार सय ७३ ले कम छ । थपिने सङ्क्रमितको सङ्ख्या अत्याधिक धेरै हुनुले कोरोनाका कारण विश्वको अवस्था जटिल बन्ने सङ्केत गरिरहेको छ।
विश्वमा हालसम्म ३३ करोड ४६ लाख ६२ हजार सात सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये २७ करोड पाँच लाख ८७ हजार आठ सय ५३ जना उपचारपछि निको भइसकेका छन् ।
हाल विश्वमा पाँच करोड ८५ लाख दुई हजार छ सय ३५ जना सक्रिय सङ्क्रमित छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये ९६ हजार सात सय २७ जनाको अवस्था चिन्ताजनक छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभर सात हजार चार सय ६३ जनाको मृत्यु भयो। हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५५ लाख ७२ हजार दुई सय ९१ पुगेको छ।
अमेरिकामा एकै दिन तीन लाख ६९ हजार नौ सय ८४ जना नयाँ बिरामी थपिएका छन् । यो अवधिमा ९२ हजार एक सय ६५ जना मात्रै निको भए । हालसम्म छ करोड ८३ लाख ८६ हजार छ सय १९ जना अमेरिकी नागरिकमा कोरोना यकिन भइसकेको छ ।
सङ्क्रमितमध्ये चार करोड ३२ लाख ५७ हजार आठ सय ३२ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । अमेरिकामा दुई करोड ४२ लाख ५१ हजार नौ सय ९६ सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ । उपचाररतमध्ये २५ हजार आठ सय ५० जनाको अवस्था गम्भीर छ।
पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोनाका कारण एक हजार तीन सय एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने अमेरिकी नागरिकको सङ्ख्या आठ लाख ७६ हजार सात सय ९१ पुगेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो।
नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख ७७ हजार सात सय ४० जना नयाँ बिरामी भेटिएका छन् । यो अवधिमा एक लाख ७३ हजार सात सय ९१ जना कोरोनामुक्त बने । हालसम्म तीन करोड ७८ लाख ९६ हजार ११ जना भारतीय नागरिकमा कोरोना भइसकेको छ ।
सङ्क्रमितमध्ये तीन करोड ५५ लाख ६८ हजार छ सय ७३ जनाको उपचार सम्भव भएको छ । अहिले भारतमा १८ लाख ४० हजार एक सय १२ जना सक्रिय सङ्क्रमित छन् । उपचार गराइरहेका सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण चार सय ४२ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख ८७ हजार दुई सय २६ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो।