काठमाडौं । कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि विराटनगर महानगरपालिकाले सम्पूर्ण तयारी गरेको छ । महानगरपालिकाका मेयर भिम पराजुलीले संचारकर्मीसँग कुरा गर्दै सम्पूर्ण तयारी गरेको बताएका हुन्।
उनले भने, ‘ओमिक्रोन तथा कोभिड नियन्त्रण व्यवस्थापनका लागी अक्सिजन तथा आइसोलेसन वेड व्यवस्थापन तथा सिमा नाकामा एक दर्जन चिकित्सक परिचालन गरि एन्टिजेन परिक्षणको दायरा वढाउदै प्राइमरी हेल्थको व्यवस्था मिलाइएको छ ।’ उनका अनुसार विराटनगर रानी स्थित सिमा नाका भएर प्रवेश गर्ने सम्पूर्ण व्याक्तिको अनिवार्य एन्टिजोन परिक्षणको व्यवस्था मिलाइएको छ ।
त्यसवाहेक महानगरपालिकाका १९ वटै वर्डाहरुमा खोपकेन्द्र मार्फत् नियमित खोपको व्यवस्था मिलाउनुका साथै कोभिड विरुद्ध सचेतना फैलाउन मायकिङ पर्चा पम्लेट तथा माक्स वितरण लगायत विभिन्न जनचेतना मुलक कार्यक्रम समेत महानगरपालिकाले सञ्चालन गरिरहेको छ।
अहिले आएर खोप लगाउनेहरुको संख्या वढदै गएकाले खोपकेन्द्र विस्तार गर्ने तयारीमा महानगरपालिका रहेको मेयर पराजुलीको भनाई छ । यस अघि खोप लगाउनेको संख्यामा कमि हुने गरेकाले खोप केन्द्रमा भिडभाड नहुने गरेकोमा अहिले खोप लगाउनेको शख्या एक्कासी वढ्दा खोपकेन्द्रमा भिडभाड वढेकाले त्यसलाई व्यवस्थापन गर्न महानगरपालिका लागी रहेको उनले वताए ।
मेयर पराजुलीले नियमित खोपको व्यवस्थासँगै पिसिआर र स्वाव संकलनको कार्यलाई समेत महानगरपालिकाले निरन्तरता दिइृरहेको वताए । कोभिड रोकथाम व्यवस्थापनका लागी प्रदेस सरकारसँग समन्वय गरेर महानगरपालिका अघि वढेकाले कोभिडबाट आउने जुनसुकै जोखिमको सामना गर्न महानगरपालिका तयार रहेको उनको भनाई थियो ।
प्रदेस सरकार मन्त्री परिषदको वैठकले कोभिड व्यवस्थापन नियन्त्रण रोकथामका लागी कसले के गर्ने रु भन्ने विषयमा सवैलाई आ–आफनो जिम्मेवारी दिएकाले काम गर्न सहज भएको उनले वताए । कोभिड ओमिक्रोन प्रभावकारी रुपमा फैलिने भएकाले यसलाई सामान्य रुपमा नलिन सवैलाई उनले आग्रह गरे । यसलाई वेवास्ता गरे भोलीका दिनमा ओमिक्रोनको प्रभाव धेरै वढने भएकाले स्वास्थ्य सावधानी अपनाउर्दै अनिवार्य माक्सको प्रयोग गर्न उनले सवैलाई आग्रह गरे । खुला सिमाका कारण जोखिम वढेकाले प्रतेक सिमानाकामा एन्टिेजेन परिक्षणको व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए ।